समृद्धिलाई उपाधि



काठमाडौं, (नेस)
समृद्धि गोरिल्लाजले तेश्रो बुम महिला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा समृद्धिले डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीलाई ३६–२९ ले पराजित गर्दै च्याम्पियन बन्यो । समृद्धिका लागि मुना महर्जनले १६ अंक योगदान गरिन् । पहिलो संस्करणको उपाधि प्राइमले जितेको थियो ।

फाइनलसहित समृद्धि र साइपालको प्रतियोगितामा तेश्रो भेट हो । अघिल्ला दुवै भेटमा साइपालले समृद्धिलाई हराएको थियो । साइपालले समृद्धिलाई राउन्ड रोविन लिगमा ४३–३६ तथा क्वालिफायरमा ५४–३२ ले हराएको थियो ।

समृद्धिकी मुना महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । समृतिकै प्रेडिना महर्जन ‘डेरिङ सिक्स म्यान’ बनिन् भने काठमाडौं नर्थ पोल बास्केटबल क्लबकी अस्मिता केसीले ‘मोस्ट इम्प्रुभ प्लेयर’ को उपाधि जितिन् । चण्डोलस्थित आयोजक मध्येको एक बीएमकेको कोर्टमा आठदिनसम्म चलेको प्रतियोगितामा ५ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्