दुई केजी सुनसहित सिराहामा ४ जना पक्राउ



सिरहा  । सिरहामा अवैध सुनसहित शनिबार बिहान सशस्त्र प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत घुर्मीखोला भन्ने ठाउँबाट २ किलो सुनसहित सशस्त्र प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा प्रहरीले सुन गोलबजार र मिर्चैया नगरपालिको सीमाबाट भारतीय नम्बर प्लेटको स्कारपियोसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका एसपी सोमबहादुर गुरुङको टोलीले नियन्त्रणमा लिएको उनीहरूलाई आजै पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी दिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्