अपवाददेखि गरुड पुराणसम्म



रश्मी थापा
प्रदर्शनको संघारमा रहेको फिल्म गरुड पुराणका निर्देशक हुन् सुवास कोइराला। अपवाद, आवरण, पुन्टे परेड, पलासजस्ता फिल्म निर्देशन गरेपश्चात केही समयको अन्तरालमा फिल्म गरुड पुराणमार्फत उनी फेरि दर्शकमाझ आउँदैछन्।

‘गरुड पुराण क्यारेक्टर बेस्ड फिल्म हो। यसमा समाजमा हुने विभिन्न पात्रको कथा समावेश छ। जे ट्रेलरमा छ, त्यो फिल्म होइन। फिल्म त्योभन्दा फरक छ’, कोइराला भन्छन्– ‘रंगमञ्चबाट खारिएका आर्टिस्टहरू फिल्ममा छन्। म फिल्म बनाउदा कस्तो जनरा चलेको छ भन्दा पनि कुन कथाले कस्तो जनारा खोज्छ, त्यही जनरामा बनाउने गर्छ। अहिलेसम्म बनाएका फिल्ममा कुन चल्छ भनेर बनाएको छैन।’ उनले सुनाए ‘पहिलो फिल्म अपवाद बनाउने बेला लुटजस्ता फिल्म चलिरहेको थियो। तर मेरो फिल्म लुटभन्दा आकाश जमिनको फरक थियो। त्यस्तै मनोरञ्जनका लागि बनाइएको गरुड पुराणको कथाले कमेडी मागेकाले यसमा सिचुयसन बेस्ड कमेडी रहेको छ।’

पहिलो फिल्म अपवादबाट मिलेको खुसी पछिल्लो फिल्म गरुड पुराणबाट मिल्नेमा भने सुवास ढुक्क छन्। ‘फिल्म अपवाद बनाउने बेलामा पनि म एकदमै खुसी थिए र गरुड पुराण बनाउदा पनि खुसी छु। गरुड पुराण मान्छेको निधन भएपछि सुन्ने कथा हो। जसले मानिस स्वर्ग कसरी जान्छ, नर्क कसरी जान्छ भन्ने बुझाउछ। तर गरुड पुराण पात्रहरू जिउदै हुदाको कथा हो। हाम्रो समाजमा कसैले थोरै पैसा कमाउनेबित्तिकै नबुझिकन आइस्योस् गइस्योस्लाई आफ्नै तरिकाले एडप्ट गरेर लैजाने चलन छ। त्यसलाई लुभिना तुलाधर दिदीले निभाउनुभएको छ’, सुवास सुनाउदै थिए– ‘मेरो काम गर्ने तरिका फरक छ। यो अरूलाई चाहि मन पर्दैन तर एक्टरहरूलाई मन पर्छ। म दुई दिन या तीन दिनका लागि रिडिङ प्रोगाम राख्छु। त्योभन्दा एक हप्ताअघि स्क्रिप्ट दिन्छु र कलाकारलाई मैले खोजेको कुरा के हो र मेरो भिजन के हो, सबै बुझाएपछि उहाहरूको इनपुट खोज्छु। गरुड पुराणमा पनि त्यही गरेको छु। सबै कलाकारलाई राखेर हरेक सिन वाइज मैले आफ्नो भिजन बताउने र यदि गलत बुझ्नुभएको रहेछ भने फेरि डिटेलमा बुझाउछु।’

काठमाडांैको पुरानो बानेश्वरमा २०४० सालमा जन्मेका सुवासकोे पुरानो घर सिन्धुली दुम्जा हो। पढाइमा सामान्य सुवासको कमजोरी भनेको टेलिभिजन रहेछ। अभिनेता निर शाहद्वारा त्यस समयमा सञ्चालित फिल्म कलेजले उनको पढाइको विषय पनि फेरिदिएछ। बीबीएस पढिरहेका उनी अचानक फिल्म पढ्न थालेछन्।

फिल्म पलासमा धेरै प्रोब्लम भएका कारण छोडिदिए। नामचाहि उहाहरूले मेरो युज गर्नुभयो। मलाई धेरै कुरा नराम्रो पनि भन्नुभयो। काम शुरू गर्न फिल्डमा गइयो, त्योबेला ठूल्ठूला कुरा भयो। सोचेजस्तो नै होला भनें। फस्ट हाफसम्म काम राम्रैसग भयो तर सेकेन्ड हाफ शुरू भएपछि चाहि हरेक कुरामा प्रोब्लम हुन थाल्यो। तीनचोटी त सेटमै पनि ब्याक आउट गरेर गए।

‘म पढाइमा राम्रो विद्यार्थी थिइन। ब्याक बेन्चर थिए। त्यसैले मेरो घरमा एसएलसी नै पास गर्दैन यसले भन्नुहुन्थ्यो। मेरो कमजोरी भनेको टेलिभिजन थियो। दिनको १९ घण्टासम्म टिभी हेर्थें। स्कुल, कलेज नै नगई नगई टिभी हेर्थें’, उनी विगतमा फर्किए– ‘२०५५ सालमा म पहिलोपटकमै एसएलसी पास भए र ११÷१२ रेगुलर पास गरें। बुबा टीयुको ह्युम्यानिटिज डिपार्टमेन्टमा सहसचिव हुनुहुन्थ्यो। निर शाह सरचाहि फिल्म कलेज खोल्न भनेर टीयुमा एफिलसन लिन आउनुभएछ। मेरो बुबाको डिपार्ट पनि त्यहीं थियो। जब कलेज खोलियो त्यो बेला म बीबीएस थर्ड इएर पुगिसकेको थिए तर मेरो फस्ट इएर र सेकेन्ड इएर क्लिएर थिएन। एकदिन बुबाले मलाई त जहिले टिभी हेर्छस्। फिल्म पढ्छस् त भनेर सोध्नुभयो। मैले पनि यसो सोचें मेरो इन्ट्रेस्ट नै त्यही होला भन्ने लाग्यो र बीबीएस पढ्न पनि मन छैन ट्राई गर्छु भनेर कलेज अफ फिल्म स्टडिजमा पढ्न थालें। जुन अहिले ओस्कार कलेज भएको छ।’

पहिलो वर्ष सकिएपछि उनमा फिल्म निर्देशन पढ्ने विचार आयो रे। ‘म अलि अल्छी भएकाले एडिटिङचाहि ठीक हुन्छ कि जस्तो लागेको थियो। तर फस्ट इएरमा डिरेक्सन, एडिटिङ, एक्टिङ सबैको बेसिक कुरा पढ्नुपथ्र्यो। त्यहाका साथीहरूभन्दा मैले धेरै फिल्म हेरेको रहेछु र यही कारण मैले धेरै कुरा बुझ्छु कि भन्ने मोटिभेसन पनि आयो र डिरेक्सनचाहि ठीक हुन्छ भन्ने पोइन्टमा पुगें’ –उनले सुनाए। फिल्म अध्ययनपछि निर्देशक रामराजा दाहालसग ४÷५ वटा फिल्ममा एसिस्टेन्ट डिरेक्टरको काम गरेका सुवास त्यसपछि भने नेपाली र हिन्दी सिनेमाको काम गर्ने तरिकाको बारेमा बुझ्ने उद्देश्यले मुम्बई हानिए। त्यहाको करिब डेढ वर्षको बसाइमा उनले धेरै कुरा सिक्ने र बुझ्ने मौका पाए रे।

‘मुम्बई बस्दा धेरै कुराहरू सिकें। प्रसिद्ध लेखक हिमांशी जोशीको एसिस्टेन्ट जस्तो भएर फिल्म कसरी लेख्ने भन्ने कुरा सिकें। केही समय त्यहा काम गरेपछि मैले फिल्म गजनीको एसिस्टेन्ट डिरेक्टरदेखि लिएर भर्खरका एक्टरहरूसग पनि काम गरें। नेपालको काम गर्ने तरिका त पहिले नै थाहा पाइसकेको थिए। तर त्यहा फिल्म मेकिङको प्रोसेस, याड गर्ने तरिका, स्टोरी लेख्न दिने समय आदि कुराको बारेमा सिक्ने र थाहा पाउने मौका पाए’, उनी गफिए– ‘नेपाल आएपछि साथी सुसन प्रजापतीसग एउटा स्टोरी छ गर्ने भनेपछि छलफल भयो र मलाई लेख्न ८÷९ महिना लाग्यो। मैले पहिलोपटक २०६८ सालमा अपवाद भन्ने फिल्म डिरेक्सन गरें। पैसा पनि थिएन, कोही डिस्ट्रिब्युटरले पनि विश्वास गर्नुभएन। त्योबेला एडी (असिसटेन्ट डिरेक्सन) गरेर आएको मान्छेलाई त्यति भ्यालु पनि हुन्नथ्यो। पढेर आएको मान्छेलाई एडीमा पनि नलिने चलन थियो। सुसन र मैले चल्ला नचल्ला जेहोस्, तर आफूले जानेको कुरामा कसरी काम गर्ने भनेर देखाउनका लागि भए पनि काम गर्ने निधो ग¥यौं। एकदमै थोरै जम्मा १२ लाख रुपियामा त्यो फिल्म कम्प्लिट ग¥यौं। जम्मा १२ वटा हलमा रिलिज भयो। बाहिर मान्छेको डिमान्ड भएका कारण धेरै शो भयो। १२ लाखमा बनाएको फिल्मले ३५÷४० लाख रुपिया रिटर्न दियो। हामीले सोचेका पनि थिएनौं कि फिल्मले त्यति नाफा दिन्छ भनेर।’
अपवादको २ वर्षपछि सुवासलवे हरर जनराको आवरण नामक फिल्म बनाए। तर पहिलो फिल्मजस्तो दोस्रो फिल्म भएन। ‘मलाई हरर जनराको फिल्म बनाउन आउदो रहेनछ भन्ने कुरा फिल्म फेलिएर भएपछि मात्र रियलाइज गरें। मैले त्योबेला सक्दिन भनेर प्याकअप गर्नुपथ्र्यो कि जस्तो लाग्छ। फिल्म फेलिएर हुनुमा म आफैंलाई दोष दिन्छुु’ –सुवास भन्छन्। तेस्रो फिल्मका रूपमा पुन्टे परेड निर्देशन गरेका सुवासले त्यो फिल्मबाट पनि सफलता चाख्न पाएनन्।

‘पहिलो फिल्मले पाएको सफलता र त्यसबाट मिलेको जोश जागर कायमै थियो। त्यसैले पुन्टे परेड बनाए। तर प्रोड्युसरसग समस्या आएपछि फिल्म छोड्नुपर्ने अवस्था आयो। तर यति धेरै आर्टिस्ट र टेक्निसियनहरू सबैले विश्वास गरेर आउनुभाछ, त्यसकारण मैले फिल्म जसरी पनि सकाउनैपर्छ भनेर बजेटमा कम्प्रोमाइज गरेर जसरी हुन्छ फिल्म सक्नतिर मात्र लागें। त्यसैले त्यो फिल्म पनि फेलियर भयो अनि मात्र मलाई रियलाइज भयो कि कुनै पनि काम गर्नुहुदैन भनेपछि गर्न नहुने रहेछ’, सुवासले सुनाए– ‘दुई फिल्म फ्लप भएपछि लगभग २ वर्षसम्म घरभित्रै बसिरहें। डिप्रेसनको शिकार हुनु पुगें।’ केही समयअघि फिल्म पलासबाट फेरि निर्देशन शुरू गरेका उनी उक्त फिल्ममा पनि समस्या आएका कारण बीचमै छोड्नुपरेको बताउछन्। ‘त्यो फिल्ममा धेरै प्रोब्लम भएका कारण छोडिदिए। नामचाहि उहाहरूले मेरो युज गर्नुभयो। मलाई धेरै कुरा नराम्रो पनि भन्नुभयो। काम शुरू गर्न फिल्डमा गइयो, त्योबेला ठूल्ठूला कुरा भयो। सोचेजस्तो नै होला भनें। फस्ट हाफसम्म काम राम्रैसग भयो तर सेकेन्ड हाफ शुरू भएपछि चाहि हरेक कुरामा प्रोब्लम हुन थाल्यो। तीनचोटी त सेटमै पनि ब्याक आउट गरेर गए। ६५ पर्सेन्ट काम पूरा भएपछि चाहि फिल्म प्याकअप नै गरें। प्रोड्युसरले टिजरसम्म बनाएपछि फिल्मको पैसा जेनरेट हुन्छ र तिमीले भनेजस्तो हुन्छ भन्नुभएको थियो। टिजर पनि बनाए। तर त्योभन्दा पछाडि प्रोड्युसरले भनेको कुरा केही पनि पूरा भएन। जसरी रिसुट गर्छु, नमिलेको मिलाउछु भनिएको थियो, त्यस्तो केही भएन। त्यसपछि फिल्म नै छोडिदिए। उहाहरूले आफ्नै तरिकाले बनाएर रिलिज गर्नुभयो’ –उनले दुखेसो पोख्दै सुनाए।

कलेज अफ फिल्म स्टडिजबाट ब्याचलर गरेका सुवासलाई अभिनयमा खासै रुचि छैन। रुचि नभए पनि काम भने गरेका छन्। ‘मैले कुनै बेला फिल्ममा मान्छे नपुगेर सानोतिनो रोल गरेको छु। फिल्म नेपथ्यमा सुवास कोइराला भन्ने क्यारेक्टर थियो, त्यसमा अलि लामो रोल गरें। तर मलाई एक्टिङको रहर छैन र आउदा पनि आउदैन, म निर्देशनमै फिट छु’ –सुवास भन्छन्।

 

प्रतिक्रिया दिनुहोस्