सन्राइज बैंकले ६ वटा प्रदेशमा प्रादेशिक खोल्यो



नेपाल समाचारपत्र
काठमाडौं
सन्राइज बैंकले छ वटा प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले प्रदेश नम्बर १ को प्रादेशिक कार्यालय ईटहरी , प्रदेश नम्बर २ को लाहान , प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को बुटवल , प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को अत्तरियामा प्रादेशिक कार्यालयहरु स्थापना गरेको छ ।

प्रादेशिक कार्यालयहरुले आफ्नो मातहतमा रहेका शाखाहरुको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा, संस्थागत सुशासन, साथै व्यापार विस्तारका कार्य छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्नेछ ।
प्रादेशिक कार्यालयहरुको सामँहिक समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, सञ्चालक बच्छराज तातेड, सञ्चालक ज्योतिकुमार बेगानी, सञ्चालक ओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गर्नुभयो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले १०२ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटीएममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्