एभरेष्ट बैंकमा खाता खोल्दा बीमा सुविधा



काठमाडाैं ।

एभरेष्ट बैंकले बीमा सुविधा प्रदान गर्न द ओराइन्टल इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेको छ । बैंकले मातृभँमि बचत खाता र कर्पोरेट स्यालरी खाता खोल्ने ग्राहकका लागी इन्स्योरेन्स सेवा प्रदान गर्न द ओराइन्टल इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ ।

त्यस अवसरमा बैंकले ५ लाख बीमा र अन्य सुविधा सहितको दुईवटा प्रोडक्ट लञ्च गरेको छ । बैंकले मातृभँमि बचत खातामा ‘विदेशको मिहेनतको कमाई, स्वदेशमै गरौं सुनिश्चित बचत ’ नारासहित ५ लाख बीमा र अन्य आकर्षक सुविधाको योजना ल्याएको छ । त्यस्तै कर्पोरेट स्यालरी खातामा इन्स्योरेन्स र अग्रिम स्यालरी सुविधा योजना ल्याएको छ ।

एभरेष्ट बैंकले आफँले दुःख गरेर कमाएको पैसालाई सुनिश्चित एवम् राम्रो प्र्रतिफल प्रदान गर्ने लक्ष्यले मातृभँमि बचत खाता योजना ल्याएको जनाएको छ । यस योजनामार्फत खातावालाले ५ लाख रुपियाँसम्मको बीमा सुविधाको पाउनेछन् । साथै कर्पोरेट खातावालाले ५ लाख बीमा र अग्रिम स्यालरी सुविधाको लाभ लिन सक्नेछन् । यसबाट कर्मचारी र रोजगारदाता दुवै लाभान्वित हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्