साप्ताहिक राशिफल: पुस २८ देखि माघ ४ गतेसम्म



मेष
तापाईंका लागि साताको शुरु शुभ फलदायक छैन । राज्य सञ्चालकको भय, मान–प्रतिष्ठामा आघात, व्यापारिक असफलता, कष्टदायक यात्राको सम्भावना छ । तर सोमबारबाट भने दिनहरु शुभ छन् । स्वस्थताको महसुस हुने, आफ्नो व्यवसायबाट पर्याप्त आम्दानी हुने, गुम्न लागेको धन हात लाग्ने सम्भावना छ । त्यस्तै रोजगारीको अवसर मिल्ने, परीक्षामा सफलता हासिल हुने देखिन्छ

वृष
तपाईंका लागि साताको शुरु र अन्त्यका दिनहरु उत्तम फलदायक देखिन्छन् भने मध्यदिनहरु उपलब्धिमूलक छैनन् । सोम, मंगल र बुधबार स्वास्थ्य समस्या, विवाद, हानि–नोक्सानी, चोटपटकको सम्भावना देखिन्छ । अधिक खर्च र कष्ट बेहोर्नुपर्ला । तर बाँकी दिनमा भने धन, खाद्यपदार्थ, कोसेली–उपहार आदि प्राप्त होला । गरिरहेको पेसा व्यवसायबाट आशातीत लाभ होला । पढाइमा प्रगति होला ।

मिथुन
तपाईंका लागि साताका शुरुका दिनहरु धेरै उत्तम फलदायक छन् । धन लाभ, स्वस्थता, रोमान्टिक जमघट, रमाइलो वातावरण होला । उत्तम भोजन प्राप्ति, पुरस्कारको सम्भावना, सानो बोलीले ठूलो काम बन्ने देखिन्छ । आर्थिक उन्नति एवम् मान–सम्मान बढ्ला । व्यापारीलाई विशेष लाभ हुने सम्भावना छ । साताको अन्त्यमा भने व्यर्थमा खर्च, दौडधुप, दिनचर्या अस्तव्यस्त होला ।

कर्कट
तपाईंका लागि यो साता उत्तम फलदायक छ । शुभ मांगलिक कामको थालनी हुने, हरेक कार्य सफल हुनेछ । वैदेशिक यात्रा, बढुवा, अचल सम्पत्ति वृद्धिको सम्भावना छ । साथीभाइ–इष्टमित्रबाट ठूलै सहयोग पाइएला । आफ्नो व्यापार व्यवसाय वा पेसाबाट राम्रै आर्थिक लाभ हुने देखिन्छ । उन्नति–प्रगतिका लागि गरेका प्रयासहरु खेर जानेछैनन् । बोली बिक्नेछ ।

सिंह
तपाईंका लागि साताको अधिकांश समय राम्रो फल दिनेवाला देखिन्छ । आइतबारसम्म उदरजन्य रोगको सम्भावना, दिनचर्या अस्तव्यस्त, पारिवारिक विवादको सम्भावना छ । तर त्यसपछिका दिनहरु धेरै उपलब्धिमूलक छन् । कहीँबाट आफू र आफ्नो परिवारको अनुकूल शुभ समाचार सुनिने, गरेको काम सफल हुने, आर्थिक लाभ हुने, प्रतिस्पर्धी वा शत्रुमाथि विजय हासिल हुनेछ । आँटेको काम पूरा हुनसक्छ ।

कन्या
तपाईंका लागि साताको शुरु र अन्त्यका दिनहरु उत्तम फलदायक देखिन्छन् । साथीभाइहरुबाट सहयोग, धन, खाद्यपदार्थ, उपहार, मिष्ठान्न भोजन प्राप्ति होला । व्यापार व्यवसायमा सफलता हासिल हुनुका साथै हर्षोल्लास बढ्ला । पढाइ, लेखाइमा प्रगति होला । तर साताको बीचभाग सोम, मंगल र बुधबार भने रोगव्याधिको भय, विवाद, चोटपटकको सम्भावना देखिन्छ । अधिक खर्च, तनाव, कष्ट बेहोर्नुपर्ला ।

तुला
तपाईंका लागि यो साताका धेरैजसो दिन उपलब्धिमूलक नै देखिन्छन् । भाग्योदय हुनेछ । उपहारादि वस्तु प्राप्ति, कार्य सफल हुने सम्भावना छ । खेलकुदजस्ता प्रतियोगितात्मक कार्यमा विजयको सम्भावना छ । धनलाभ, यश वृद्धि, प्रेमसम्बन्ध बलियो हुनेछ । अधुरा कार्यहरु पूरा होलान् । साताको अन्त्य बिहीबार र शुक्रबार भने आर्थिक नोक्सानी, व्यवधान आउला । सतर्कता अपनाउनुपर्ला ।

वृश्चिक
तपाईंका लागि यो साता उत्तम फल दिनेवाला छ ।सामान्य प्रयासले पनि धेरै काम बन्नेछन् । शुभ समाचार सुनिनेछ । गरेका कामहरु सफल हुनेछन् । आम्दानीको स्रोत बढ्नेछ । साथीभाइ वा इष्टमित्रको सहयोगले राम्रै काम बन्नेछ । व्यापारबाट राम्रो आम्दानी हुने, पठनपाठनमा सक्रियता बढ्ने, गरिरहेको रोजगारी वा व्यवसायबाट आत्मसन्तुष्टि मिल्नेछ । धन, उपहारादि वस्तु प्राप्तिको सम्भावना छ ।

धनु
तपाईंका लागि साताको शुरुका दुई दिन शुभ देखिँदैन । शोक–सन्ताप बढ्ने, कार्य असफल हुने, ग्यास्टिक, अपचजस्ता समस्याले सताउला । सोमबारदेखि समय उत्तम फलदायक छ । पढाइ, प्रतियोगिता, खेलकुद, मुद्दामामिला आदिमा विजय हुनेछ । अधुरा कार्यहरु पूरा हुनेछन् । प्रेमप्रसंग सफल हुनेछ । आफ्नो जीवनसाथीबाट धेरै सहयोग मिल्नेछ । कतैबाट पुरस्कृत भइने सम्भावना छ ।

मकर
यो साता तपाईंका लागि मिश्रित फलदायक छ । साताको शुरुमा केही शुभ संकेत देखा परे पनि सोमबारबाट काममा बाधा–व्यवधान आउने, पढाइ–लेखाइमा रुचि कम हुने, आकस्मिक खर्च हुने देखिन्छ । यो अवधिमा शारीरिक एवम् बौद्धिक कसरत गर्नुपर्ला । बिहीबारबाट भने शुभ फलदायक छ । काममा रुचि जाग्नाले सफलता प्राप्त हुनेछ । सुख–सन्तोष हुनेछ । रोमान्टिक यात्राको सम्भावना देखिन्छ ।

कुम्भ
तपाईंका लागि यो साताका धेरैजसो दिनहरु फलदायक नै देखिन्छन् । कार्य सफल, स्वस्थता, भाग्योदय, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ । प्रतियोगितात्मक कार्यमा विजयको संकेत देखिन्छ । धनलाभ, यश वृद्धि, वाहन लाभको सम्भावना छ । समस्याको समाधान एवम् अधुरा कार्य पूरा होला । तर बिहीबार र शुक्रबार भने काममा व्यवधान, स्वास्थ्य समस्या, आर्थिक नोक्सानी नहोला भन्न सकिन्न ।

मीन
तपाईंका लागि यो साता शुभ फलदायक छ । शुभ मांगलिक काम हुनेछ । आँटेका र गरेका कार्यहरु सफल हुनेछन् । रोजगार, वैदेशिक यात्रा, बढुवा, सम्पत्ति वृद्धिको सम्भावना छ । परिवार, साथीभाइ, इष्टमित्रबाट सहयोग पाइएला । व्यापार व्यवसाय वा गरिरहेको पेसाबाट राम्रै आम्दानी हुने देखिन्छ । समय शुभ भएकाले सबैको वाहवाही भइनेछ भने मान–सम्मानमा वृद्धि होला ।

प्रतिक्रिया दिनुहोस्