भूकम्प प्रतिरोधी विद्यालय भवन वन्दै



नेपाल समाचारपत्र, डोटी
डोटीमा पहिलो पटक प्रबलिकरण बिधिबाट बिद्यालयका भबन निमार्ण कार्य सुरु गरिएको छ । माटोको गारो लगाएर निर्माण गरिएका पुनर्निर्माण हुन सक्ने बिद्यालयका भबनलाई प्रबलिकरण (रेक्टो फिटिङ्ग) बिधिबाट सायल, आर्दश गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका बिभिन्न वडाका नौ बिद्यालयका २० वटा भबनलाई प्रबलिकरण बिधिबाट निर्माण गरिएको हो ।

भूकम्पको जोखिमबाट बच्न पुर्ब तयारी स्वरुप जापानी प्रबिधिबाट भबनको निमार्ण भएको हो । ७ रेक्टर स्केलसम्मको भूकम्प आउँदा लचकिने लचकदार उक्त भबन त्यो भन्दा माथी आएमा एकै पटक नभत्किने गरेर ग्याबीन जालीको प्रयोग गरेर न्यून जोखिम भएको भबन निर्माण गरिएको हो ।

वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको सहयोगमा सामुदायिक बिकास केन्द्र (सिडिसी) द्वारा सन्चालित सामुदाय तथा बिद्यालय बिपद् पुर्ब तयारी तथा उत्थानशिलता परियोजना अन्तरगत तीन करोड ७९ लाख २८ हजार ६ सय ८९ रकमको लागतमा २० वटा भबन निर्माण गरिएको सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक प्रयागराज कापडीले बताउनु भयो । प्राय जीर्ण भबन रहेका बिद्यालयमा उक्त परियोजना संचालन गरिएको हो ।

भूकम्पीय रुपमा बिद्यालयको सम्पूर्ण भबन जोखिममा रहेको बेला रेक्टो फिटिङ्ग बिधि मार्फत भबन निर्माण भएपछि निकै राहतको अनुभुति भएको आर्दश गाउँपालिका–५ पीडमा रहेको सरस्वती आधारभुत बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दलबहादुर धामीले बताउनु भयो । बिद्यालयका भबन निर्माण भएपछि अबिभावकमा पनि खुशी छाएको आदर्श गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नरेन्द्र रोकायाले बताउनु भयो ।

प्रबलीकरण बिधिमा ज्याकेट प्रबिधि प्रयोगमा ल्याएकाले भबनबाट हुने क्षेती न्यून हुने ईन्जिनियर हरी बुढाले बताउनु भयो । बुढाले भन्नुभयो–‘भित्र पर्खाल हुन्छ, बाहिर ग्याबिन तारले बनेको हुन्छ त्यस बाहिर प्लस्टर गरिएको हुन्छ ।’ सामुदायिक बिकास केन्द्र डोटीले अबलम्बन गरेको भूकम्प प्रतिरोधी घर निर्माणका लागी प्रबलिकरण बिधि गाउँपालिकाले पनि अबलम्बन गर्ने आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्