नेपाल टेलिभिजनमा झट्का



नेपाल टेलिभिजनबाट हरेक बिहीबार राती प्रसारण भइरहेको हास्यव्यंग्य टेलिशृंखला झट्काले दर्शकको मन जित्दै गएको छ।

छोटो समयमै दर्शकको मनमा बस्न सफल झट्का समाजमा भएका विसंगति र विकृतिमाथि चोटिलो झट्का दिने टेलिशृंखलाको रूपमा दर्शकको रोजाइमा परेको हो। रामसार मिडियाको निर्माणमा डीएल फिल्मको प्रस्तुति रहेको टेलिशृंखला शिव शर्माको लेखन र निर्देशनमा बनेको हो। इन्द्र दोङ खम्बेद्वारा निर्मित झट्काले समसामयिक विषयवस्तुलाई समेट्दै आएको छ।

टेलिशृंखलामा विष्णु सापकोटा, सुरेन्द्र केसी, रमेश केसी महोर, मञ्जु श्रेष्ठ, कमला रेग्मी, इन्द्र दोङ खम्बे, शिव शर्मा, नवीन श्रेष्ठ, सुशीला निरौला, दिया श्रेष्ठ, सानु लुइँटेल, स्मृति बस्नेत, सुमित्रा लामिछाने, राजेन्द्र गिरी, धर्मराज जैसी, जनक बर्तौला, श्याम बुढाथोकीलगायतका कलाकारले अभिनय गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्