समुदायकै अगुवाईमा पुनःनिर्माण



सुनील महर्जन,ललितपुर
समुदायको अग्रसरतामा नै जावलाखेलस्थित उग्रचण्डी मन्दिर(तमकंद्यः) को पुनःनिर्माण भएको छ ।

धार्मिक तथा पुरात्तात्विक महत्वको सो मन्दिर बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको थियो ।सो मन्दिर ललितपुरका नेवार समुदायभित्र पर्ने ताम्रकारहरुको कुल देवता रहेको छ । भूकम्पले क्षति भएको तीन वर्ष बितिसक्दा पनि सरकार र ललितपुर महानगरपालिकाले चासो नदिएकाले समुदायकै सहयोगमा मन्दिर पुननिर्माण गरिएको हो ।


टेको लगाएर राखिएको मन्दिर जुनसुकै बेला भत्किन सक्ने भएपछि समाजकै सदस्यले चासो देखाएकाले पुनःनिर्माण थालिएको हो । ‘यो मन्दिरलाई हामीले कुल देवताका रूपमा पुज्छौ,’ ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज तामकारले भन्नुभयो ‘त्यसैले समुदायले मन्दिर पुनःनिर्माण गरेको हो ।’

मन्दिर पुनःनिर्माणका लागि ४ सय ५० ताम्रकार परिवारबाट प्रति परिवार रु २ हजार उठाइएको थियो । करिब २२ लाख को लागतमा तीन तल्ले मन्दिर पुनःनिर्माण गरिएको हो । सो कार्यमा समाजका सदस्यहरुले हरेक दिन पालैपालो श्रमदान गर्ने प्रबन्ध मिलाइएको थियो ।

सो मन्दिर सातौं शताब्दीमा बनेको हो । मन्दिरको यसअघि पनि पा“चौं पटकको जीर्णाेद्धार भएको थियो । विगतमा पनि मन्दिरमा राखिएका काठका टु“डालहरु लगायत सुन जलप तामाका सामग्रीहरु पुरानै हुन । मन्दिर जिर्णोद्वार गर्न पुरातत्व विभाग तथा काठमाडौं उपत्यका संरक्षण कोषका निर्देशक रोहित रञ्जितकारले प्राविधिकसमुदाय स्तरबाटै मन्दिर पुनःनिर्माण हु“दै आएको थियो । ०७२ को भूकम्पले ताम्रकार समाज भवन परिसरमा रहेको सो मन्दिरको माथिल्लो तलालाई नराम्रोस“ग क्षति पु¥याएको थियो ।

भूकम्पले क्षति भएको तीन वर्ष बितिसक्दा पनि अन्य निकायले चासो नदिएकाले समुदायकै सहयोगमा मन्दिर पुननिर्माण गरिएको हो । टेको लगाएर राखिएको मन्दिर जुनसुकै बेला भत्किन सक्ने भएपछि समाजकै सदस्यले चासो देखाएकाले पुनःनिर्माण थालिएको हो ।

मन्दिर पुनःनिर्माणका लागि समाजको मूल कार्यसमितिका तर्फबाट एकजना, समाजमा सदस्य रहेका प्राविधिक इन्जिनियरका तर्फबाट एकजना, जीर्णोद्धारका लागि समाजका कालिगढका तर्फबाट एकजना गरी समिति बनाइएको थियो ।काशीनाथ टमोटको संयोजकत्वमा केही समयअगाडि नै मन्दिरको सबै अभिलेख संग्रह गरिएको थियो । यस अघि २०३८ साल समेत गरी चारपटक मन्दिरको जीर्णोद्धार भइसकेको छ ।

‘राज्यले वास्ता नगर्दैमा समुदायले पनि जिम्मेवारी बिर्सिनुहुन्न’


रवीन्द्रराज ताम्रकार
अध्यक्ष ताम्रकार समाज, ललितपुर
संस्कृति, सम्पदा जोगाउने पहिलो दायित्व स्थानीय सरकारको हो ।सम्पदा जोगाउने कार्यमा स्थानीय सरकारको भूमिका प्रभावकारी हुनुपर्दछ ।सम्पदासंग सभ्यता र इतिहास जोडिएर रहेको हुन्छ ।बैशाख १२ गतेको विनाशकारीबाट विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्रसंगै थुप्रै सम्पदाहरु क्षतिग्रस्त भएका छन् । विभिन्न देशको सहयोगमा विश्वसम्पदा सूचीकृत सम्पदाहरु पुनःनिर्माण हुने क्रम जारी छ । अरु सम्पदाहरु पुनःनिर्माण गर्ने कार्य अघि बढीरहेको छैन ।

राज्यको मुख ताकेर टेकोको भरमा सम्पदालाई कहिलेसम्म राखिरहने ? संस्कृति, सम्पदा जोगाउने दायित्व राज्य, स्थानीय तहसंगै समुदायको पनि हो ।राज्यले बेवास्ता गर्दागर्दै पनि समुदायको पहलमा थुप्रै गुठी, नाचहरु सञ्चालन भइरहेका छन्।समुदायै आफैले सम्पदा पुनःनिर्माण गर्दा सडक निर्माण, पुल निर्माणको कार्यमा ठेक्कामा दिए जस्तै कम गुणस्तर सामग्री प्रयोग हुने, कमिशन दिनुपर्ने अवस्था हुन्न । ठेकेदारहरू नाफा मात्र हेर्छन्।सभ्यतालाई मुनाफासंग जोड्नु हुन्न । अहिले त हामीलाई मौका छ, सम्पदा संरक्षण गर्ने।

हामीले यो अवसर सदुपयोग गरेर पहिलेभन्दा राम्रो बनाउनुपर्छ। हिजो बनेका संरचना हेरेर आज हामी गर्व गर्छौं, हाम्रो आजको काम देखेर भावी सन्तानले गर्व गर्न सकून् । यही उद्देश्यले काम अघि बढाएको हो । समुदायले गर्दा शुद्ध सेवाभावले कार्य हुने गरेको छ । यस्तो उदाहरण पेश गर्ने इच्छाले पनि मन्दिर पुनःनिर्माणको जिम्मेवारी समुदायले लिएको हो । समुदायकोतर्फबाट हुने प्रयासमा सरकार, स्थानीय तह सबैको सहयोग पाए समुदायको हौसला अझ बढ्ने स्वभाविक नै हो ।

सम्पदा संरक्षणमा समुदायको अगुवाईको खाँचो


सत्यमोहन जोशी
वरिष्ठ संस्कृतिविद् एवं वाङमय शताब्दी पुरुष

ललितपुरको सभ्यता, प्राचीन शहर एक दिनमा बनेको होइन । यसको महत्वलाई जोगाएर शहरीकरणलाई व्यवस्थित गर्नुपर्दछ । कला संस्कृतिको संरक्षण गर्न नसके इतिहासिले धिकार्ने छ ।यसमा सरकार, स्थानीय तह सबै जिम्मेवार भएर लाग्नुपर्दछ । यसमा समुदायको भूमिका पनि महत्वपूर्ण रहेको छ । मूर्त र अमूर्त सम्पदा संरक्षणमा सरोकारवाला समुदायको जागरुकताको महत्वपूर्ण भूमिका रहन्छ ।

समुदायको साथ बिना मूर्त र अमूर्त सांस्कृतिक सम्पदा संरक्षण हुन सक्दैन । जुन समुदायको आफ्नो सम्पदा हो, त्यही समुदाय नै जागरुक नभई संरक्षणमा लाग्न कठिन हुने छ । सिर्जना जसले गर्छ, संरक्षण पनि त्यसैले गर्नुपर्छ । ताम्रकार समाजले भूकम्पबाट लडेको सम्पदा पुनःनिर्माण गरेर एउटा उदाहरणीय कार्य गरेको छ ।यसबाट सबैले सिकून ,सम्पदा संरक्षणमा सहकार्य गरेर अघि बढ्न सकोेस् ।

प्रतिक्रिया दिनुहोस्