मंगलग्रहमा मानव पठाउनु मुर्खतापुर्ण: अन्तरिक्षयात्री



वासिङटन (एजेन्सी)
पहिलो पटक चन्द्रमाको चक्कर लगाउने मध्यका एक अन्तरिक्षयात्रीले मंगलग्रहमा मानव पठाउने योजना मुर्खतापुर्ण भएको बताएका छन् ।
पृथ्वीको कक्ष छोड्ने पहिलो मानव अन्तरिक्ष यान अपोलो ८ का पाइलट बिल एन्डर्सले बीबीसी रेडियो ५ लाइभमा मंगलग्रहमा मानव पठाउनु ‘हास्यास्पद‘ भएको बताए । तर अहिलेलाई नासा चन्द्रमामा नै एक नयाँ दल पठाउने तयारी गरिरहेको उनले बताए ।

नासाका योजना अनुसार चन्द्रमामा एक दल पठाएर त्यहाँबाट अनुभव बटुल्ने र त्यसको अनुभवका आधारमा मंगलग्रहमा मानव पठाउनु हो । बिल एन्डर्सको दावीलाई लिएर नासा पक्षबाट कुनै प्रकारको प्रतिक्रिया दिएको छैन ।
८५ बर्षिय बिल एन्डर्सले आफु बिना मानवको अन्तरिक्ष यानका समर्थक रहेको बताए, किनभने त्यो सस्तो हुन्छ ।

उनले भने– किन आवस्यक छ ? हामीलाई मंगलग्रहमा जान कसले बाध्य पारिरहेको छ ? यसमा कसैको चासो छ भन्ने मलाई लाग्दैन ।

मंंगलग्रहमा कयौं रोबोट त्यहाँको स्थितिका बारेमा जनकारी हासिल गरिरहेका छन् । गत महिना नासाले इन्साइट नामका रोबोट मंगलग्रहमा पठाएको थियो, त्यसले पनि त्यहाँको स्थितिको अध्ययन गरिरहेको छ ।

सन् १९६८ डिसेम्बरमा बिल एन्डर्स आफना सहयोगी फ्रान्क बोरम्यान र जिम लोवेलसँग चन्द्रमा पुगेका थिए । अपोलो ८ मा सहभागी सदस्यहरुले पृथ्वीमा फर्कनु अगाडी चन्द्रमाको कक्षमा २० घण्टा विताएका थिए ।

उनीहरु डिसेम्बर २७ मा फर्कने क्रममा प्रशान्त महासागरमा उतारिएको थियो र त्यहाँबाट उनीहरुलाई फर्काइएको थियो । पृथ्वीबाट सबैभन्दा टाढा दुरीसम्मको अन्तरिक्ष यात्रा गरेको यो पहिलो घटना थियो । यसको सफलताले नै अपोलो ११ को मार्ग खोलिदिएको थियो र मात्र ७ महिना पछि नै त्यसलाई चन्द्रमामा अवतरण गराइएको थियो ।

पुर्व अन्तरिक्षयात्रीले नासामाथि प्रश्न उठाउँदै भेन, उसको प्रतिबद्धता के भयो, जब पुर्व राष्टपति जोन एफ केनेडीले सन् १९६० को दशकको अन्त सम्म चन्द्रमामा मानव पठाउने प्रतिज्ञा लिएका थिए ।

‘नासाले अहिले सम्म चन्द्रमामा मानव पठाउन सकेको छैन, त्यो एक प्रकारको जिद्दी जस्तै भएको छ । नासा जागिर खाने अवसर बनेको छ । उसले मानिसहरुको समर्थन पाइरहेको छैन ‘ उनले भने ।


बिल एन्डर्स सन् १९७० को दशकमा अपोलो कार्यक्रम पुरा भएपछि पृथ्वी नजिको कक्षको अनुसन्धान गर्ने निर्णयलाई लिएर पनि असन्तुष्ट देखिए । उनले भने– अन्तरिक्ष यान एक गम्भिर गल्ती थियो भन्ने मलाई लाग्छ । यसले रोमान्चक सुरुवाट बाहेक केही गरेको छैन । यो आफनो प्रतिबद्धतामा खरो उत्रन सकेको छैन ।

त्यसोभए अहिलेसम्म नासाले हासिल गरेको के हो त? भन्ने प्रश्नको जवाफमा उनले भने– मलाई लाग्छ नासा भाग्यशाली हो, जुन उसले पाएको छ त्यो कठिन हो । म नासाको लोकप्रिय मान्छे होइन तर म यसतै नै सोच्छु ।
अपोलो ८ मा एन्डर्सका पुर्व सहकर्मी फ्रान्क बोरम्यान उनको कुरासँग सहमत देखिँदैनन् । बोरम्यानले भने– म बिल एन्डर्स जस्तो नासाका आलोचक होइन । मेरो दृढ विश्वास के हो भने , हामीले आफनो र सौर्य मण्डलको राम्रो अनुसन्धान गर्नु पर्छ ।

स्पेस एक्स र अमेजोनको मंगल ग्रहमा निजि अभियान सुरु गर्ने योजनाका विषयमा फ्रान्क बोरम्यान अत्यन्त उत्साहित देखिएको छैनन् । उनले भने– मलाई लाग्छ मंगलग्रहलाई लिएर चाहिने भन्दा धेरै प्रचार भइरहेको छ । जुन बकवास हो । कम्पनीहरु मंगलमा आफनो कोलोनी बासाल्न चाहन्छ, यो एक पागलपन बाहेक केही होइन ।

प्रतिक्रिया दिनुहोस्