बंगलादेश आम चुनाव: इन्टरनेट बन्द, अल्पसंख्यक आक्रमणको निसानामा



ढाका (एजेन्सी)
बंगलादेशमा आम चुनावलाई ध्यानमा राखि करिब १० घण्टासम्म हाई स्पिड इन्टनेट सेवा बन्द गरिएपछि शुक्रबार विहान देखि पुन वहाल गरिएको छ ।

आइतबार हुन गइरहेको आम चुनावको तयारीका क्रममा दुरसन्चार नियमाकको आदेशपछि विहिबार राती मोबाइल अपरेटरले आफना ३जी र ४जी सेवा बन्द गरेका थिए । देशका संस्थापक नेता शेख मुजिबर रहमानकी ७१ बर्षिय छोरी प्रधानमन्त्री शेल हसिना किर्तिमान चौथो कार्यकालका लागि चुनाव लडिरहेकी छिन् ।

उनका प्रतिद्वन्द्वि ७३ बर्षिय खालिदा जिया ढाका जेलमा बन्द छिन् । उनको भविष्यमाथि अनिश्चितताको बाडल मंडराइरहेको छ ।

यसैबीच आइतबार हुने आम चुनाव अगाडी हिन्दु परिवारको एउटा घरमा आगो लगाइएको छ । देशमा हालैको धार्मिक अल्पसंख्यकहरुलाई निसाना बनाई भएको यो तेस्रो घटना हो । ठाकुरगाउँको सदर उपजिलाको झापरतलाई गाउँमा आनन्द चन्द्र बर्मको घरमा राती करिब १० आगजनीको घटना भएको दमकलका कर्मचारीहरुले बताए ।

आगलागी भइरहँदा पेट्रेलको गन्ध आइरहेको पाँच मिनेट मै घर जलेर ध्वस्त भएको बर्मनले बताए । हिन्दु समुदायलाई तर्साउन र आगामी चुनावमा आफुहरुलाई मतदानबाट टाढा राख्न आफ्नो घरमा आगो लगाउन पेट््र्रोलको प्रयोग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्