पुटिनलाई अर्को कार्यकालसम्म निरन्तरता दिने तयारी



मस्को, (एजेन्सी)
रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको वर्तमान कार्यकाल अन्त्य भएपछि पनि उनलाई यो पदमा कायमै राख्ने तयारी शुरु भएको छ।
रुसी संसद् सभामुखले संविधानमा संशोधनको सम्भावना उल्लेख गरेपछि उक्त अनुमानलाई बल पुगेको ब्लुमबर्गले एक समाचारमा जनाएको छ। पुटिनको वर्तमान कार्यकाल सन् २०१४ मा समाप्त हुनेछ र विद्यमान प्रावधानअनुसार त्यसपछि उनी राष्ट्रपति बन्न पाउनेछैन।

रुसी संसद् सभामुख ब्याचेसवालले मंगलबार पुटिनसँग भेटेको ब्लुमबर्गले जनाएको छ। त्यसपछि उनले संविधानमा सम्भावित संशोधनको मुद्दा उठाए। विज्ञहरुले सन् २०१४ मा पुटिनको वर्तमान कार्यकाल अन्त्य हुुनु अगाडि नै उनको कार्यकाल विस्तारका लागि आवश्यक प्रावधान ल्याउने तयारी अधिकारीहरुले शुरु गरेको बताएका छन्।

रुसको वर्तमान संविधान २५ वर्ष अगाडि बनाइएको थियो। भोलोदिनले भने– त्यो एक अत्यन्त कठिन समय थियो। त्यतिबेला देश विखण्डनको संघारमा उभिएको थियो। हाम्रा नागरिकहरुमा अधिकारीहरुप्रति विश्वास समाप्त भइसहेको थियो।

संवैधानिक अदालतका न्यायाधीश र कानुन विशेषज्ञहरुले संविधानमा परिवर्तन गर्ने विषयमा सोच्नुपर्ने उनले बताए। पुटिन यसै वर्षको मार्चमा पुनः रुसी राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यतिबेला उनले कुनै प्रकारको संवैधानिक सुधारको आफ्नो कुनै योजना नभएको बताएका थिए। यसबीच यसै महिना पुटिनले संविधान कुनै जड बस्तु नभई निरन्तर जीवन्त र विकासशील हुने बताएका थिए। यसबाट पनि संविधान संशोधनको अनुमानलाई बल पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्