पूर्वगुप्तचर निकाय प्रमुखलाई आजीवन कारावास



बेइजिङ, (एजेन्सी)
चीनको राष्ट्रिय गुप्तचर निकायका पूर्वप्रमुखमा जियानलाई घुस खाएको र आफ्नो पदलाई दुरूपयोग गरी व्यापार व्यवसाय गरेको अभियोगमा बिहीबार आजीवन कारावास सजाय सुनाइएको एक अदालतले जनाएको छ। जियानमाथि सन् २०१५ देखि अनुसन्धान शुरू गरिएको थियो भने त्यसको एकवर्ष पछि उनलाई कम्युनिस्ट पार्टीबाट निष्कासन गरिएको थियो।

चीनको उत्तर पूर्वीलियाओनिंग प्रान्तको सो अदालतले उनलाई दोषी ठहर गरिएको र अपिल गर्ने मौका नदिइने पनि जनाएको छ। चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रष्टाचारविरुद्धको व्यापक अभियान दौरान थुपै्र उच्च पदस्थ सरकारी अधिकारीलाई बर्खास्त गरिइसकेको छ।

मा जियान विदेशी तथा गुप्तचरसम्बन्धी सुरक्षा मामिला हर्ने शक्तिशाली सुरक्षा मन्त्रालयका उपमन्त्री रहेका थिए। उनको मुद्दालाई चीनको अकुत सम्पत्ति लिएर विदेश पलायन भएका तथा चीनमा प्रहरीको अत्यधिक खोजीको सूचीमा परेका गुओ वेन्गुइसँग जोडेर हेरिएको छ।

गुओले चिनियाँ कम्युनिस्ट पार्टीकै थुप्रै उच्च पदस्थ सदस्यहरु भ्रष्टाचारमा लिप्त रहेको बताउँदै आएका थिए। दालिन पुनरावेदन अदालतले माले आफ्नो पदीय अधिकार दुरूपयोग गर्दै हाल अमेरिकाको न्युयोर्कमा बसोवास गर्दै आएका गुआलाई उनको व्यापार अघि बढाउन मद्दत गर्दै आएको जनाएको छ। माले १ करोड ४५ लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको तथा गोप्य रूपमा व्यापार गरी आर्थिक फाइदा लिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्