शान्तिवार्तामा ल्याउन तालिबान लडाकूलाई रोजगारको योजना



इस्लामावाद, (एजेन्सी)
अफगानिस्तानमा तालिवानलाई शान्ति प्रक्रियामा सहभागी गराउन उक्त कट्टरपन्थी समूहका लडाकूलाई रोजगारको अवसर उपलब्ध गराउने अमेरिकाको योजना रहेको जनाइएको छ।

पाकिस्तान, रुस र अन्य विश्व शक्तिहरु तालिवानलाई अफगान शान्ति प्रक्रियामा संलग्न गराउने प्रयास तिव्र पाररहेको बेला अमेरिकी रक्षा मन्त्रालयले पनि नयाँ अफगानिस्तानमा विद्रोहीहरुको पुनर्वासका लागि रूप रेखा तयार पार्ने योजना बनाइरहेका पाकिस्तानको समाचार पत्र डनले जनाएको छ।

यसै हप्ता कांग्रेसले पठाएको पेन्टागनको योजनाको उल्लेख गर्दै समाचारमा भनिएको छ– तालिवानका केही सदस्य लडाइ छोडेर हतियार समर्पण गर्न तयार छन्, उनीहरु आफ्ना परिवारको सुरक्षाको ग्यारेन्टी लिन्छ र परिवार चलाउनका लागि पर्याप्त पैसा कमाउने अवसर प्राप्त भएमा समाजमा फर्कन तयार छ।
पेन्टागनका अनुसार स्थानीय नेता शान्तिको मार्गमा फर्कन सक्ने वातावरणका लागि विकास कार्यक्रम चलाइरहेका छन् तर अफगान सरकारले राष्ट्रिय स्तरमा पुन एकीकरणको कार्यक्रम चलाएको छैन। ट्रम्प प्रशासन अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्न चाहन्छ। तर रक्षा मन्त्रालयका अनुसार तालिवानमाथि शान्ति वार्तामा सामेल हुन दबाबका लागि पर्याप्त सैनिकको आवश्यक छ।

विगत १६ महिनाका क्रममा अमेरिका र उसका सहयोगीहरुले तालिवानमाथि लामो र समावेसी राजनीतिक सम्झौताका लागि सैन्य शक्तिको प्रयोग गरेको समाचारमा जनाएको छ। पेन्टागनको उक्त योजनाका कारण तालिवान जुनमा ईद उल फितरमा संघर्ष विराम स्वीकार गर्न बाध्य भएको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्