मोदीको हत्या षड्यन्त्रको चर्चा: माओवादी आरोपमा पाँच दलित कार्यकर्ता गिरफ्तार



नयाँ दिल्ली, (एजेन्सी)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्रको चर्चा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक भइरहेको भए पनि त्यसको पुष्टि गर्ने, आधिकारिक तथा प्रामाणिक मान्ने जानकारी अत्यन्त कम रहेको बताइएको छ।

यस मामिलामा केही व्यक्ति पक्राउ परेका छन् र उनीहरुबाट एक पत्र बरामद भएको बताइएको छ। जसबारे नक्सलवादीहरु प्रधानमन्त्री मोदीको हत्या गर्ने षड्यन्त्र रचिरहेको थाहा भएको बताइएको छ।

यस मुद्दालाई लिएर भाजपा र विपक्षी पार्टीहरुका नेता एकअर्कामाथि राजनीति गरिरहेको आरोप लगाइरहेका छन्। तर आधिकारिक रूपमा अत्यन्त न्यु जानकारी दिइरहेका छन्।

दिल्लीमा सोमबार प्रधानमन्त्रीमाथि माओवादी हमलाको षड्यन्त्रलाई लिएर गृह मन्त्रालयले आन्तरिक सुरक्षाको समीक्षा गरेको बताइएको छ। गिरफ्तारीमा परेकाहरु माओवादीको सम्पर्क सूत्र र उनको शहरी नेटवर्कको हिस्सा भएको बताइएको छ। उनीहरुलाई तह लगाउन एक योजना पनि तयार गरिएको जनाइएको छ।

यसबीच गृहमन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, गृह सचिव र इन्टेलिजेन्स ब्युरोका निर्देशकलगायत माओवादी प्रभावित राज्यका प्रहरी अधिकारीहरुसँग सोमबार लामो बैठक गरेका थिए। उक्त बैठकले नयाँ स्वरूपबाट नक्सलविरोधी अभियान चलाउने योजना तयार गरेको छ।

प्रहरीले एक मेलका आधारमा राजिव गान्धी हत्याकाण्डजस्तै प्रधानमन्त्री मोदीमाथि हमला गर्ने उल्लेख गरिएको दाबी गरेको छ। पुणे प्रहरीको आधिकारिक बयानमा कोरेगाउँ–भिमामा पेशवाकोपराजयको २००औं वर्षगाँठको ओयोजनामा माओवादीले नै आर्थिक मद्दत गरेको उल्लेख गरेको छ। उक्त कार्यक्रम दलितले आयोजना गरेको थियो।

यस प्रकरणमा ५ जनालाई विभिन्न स्थानमा छापामारी पक्राउ गरिएको छ। दिल्ली, मुम्बई, पुणे र नागपुरमा भएका ती छापामारीपछि माओवादी शहरी नेटवर्कको पत्ता लगाउनमा सफल भएकोप्रहरीले दाबी गरेको छ।

दलित नेताहरुको गिरफ्तारीलाई लिएर रिपब्लिकन पार्टी अफ इन्डियाका नेता तथा केन्द्रीय मन्त्री रामदास अठावलेले दलित कार्यकर्तालाई माओवादीका नाममा गिरफ्तार गर्नु गलत भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीसँग यस मामिलामा हस्तक्षेप गर्न माग गरेका छन्।

कांग्रेस पार्टीका प्रवक्रा रणदीप सिंह सुरजेवालाले अठावले गलत भनिरहेको हो भने उनीमाथि कारबाही हुनुपर्ने अन्यथा प्रहरीले उसको आरोपको आधार के हो खुलस्त पार्नुपर्ने बताए। त्यसै गरी राष्ट्रवादी कांग्रेस पार्टीका नेता शरद पवारले पुणे समारोहमा बोल्दै प्रगतिशील कार्यकर्ताहरुलाई माओवादीका नाममा फसाइरहेको आरोप लगाए। भारतीय जनता पार्टी माओवादीको नाममा भोट संकलन गर्न र सहानुभूति लिन चाल चलिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्