कोटेश्वर–कलंकी सडक विस्तारः माल पाएर चाल नपाएको जस्तो



sf7df8f}sf] sf]6]Zj/‰ÛÒsnÌ?L rqmky ;8s v08 lkr ug]{ qmd k’/f eO;s]kl5sf] b[Zo . tl:j/ M lah’ dxh{gÌásflGtk’/

सुन्दर रिङरोडभित्रको कहाली लाग्दो कथा

सुरेश तामाङ, काठमाडौं
फा, सुन्दर र चिटिक्क परेको फराकिलो सडक। यात्रु चढाउन र ओराल्न मिल्ने सडक, आफ्नै वेगमा हिँड्न मिल्ने छुट्टै सडक। पैदल मार्ग त्यसमा पनि दृष्टिविहीनलाई प्राथमिकतामा राखेर बनाइएको पैदल मार्ग। अग्लो घरबाट हेर्दा कुनै विकसित देशको सडकभन्दा कम छैन। यस्तै सडकको दृश्य कोटेश्वर–कलंकी ९१० किमि० सडक खण्डमा देख्न पाइन्छ।

कुल २७ किलोमिटर सडक रहेको चक्रपथमध्ये कोटेश्वर–कलंकी सडक खण्ड साँच्चै मनमोहक छ। टेलिभिजनको स्क्रिनमा मात्रै देख्न पाइने यस्तो सडक नेपालमै देख्न र पाइला टेकेर यात्रा गर्न पाइएपछि सबै दंग छन् तर यस्तै चिटिक्क र सुन्दर सडकभित्रको कहाली लाग्दो कथा भने लुकेएको छ।

सुरक्षाको दृष्टिमा नागरिकले प्रश्न उठाउँदै आइरहेका छन्। फुटपाथ, साइकल लेन, मिडियन, हरित क्षेत्र, पर्याप्त बस स्टेसन बनेकै छैन। सुरक्षाका दृष्टिकोणले अपनाउनुपर्ने ट्राफिक चि≈न, लाइट, सडकको दायाँबायाँ बार र रोड डिभाइर पनि यस सडकमा नहुँदा यात्रुदेखि सवारी चालकसम्म अन्योल छन्।

सातदोबाटो, चापागाउँ दोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना, बागडोललगायत पायक पर्ने स्थानमा बस स्टेसन नहुँदा यात्रु सडकबाटै सवारी चढ्न र ओर्लन बाध्य छन्।

त्यस्तै चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा विस्तार सम्पन्न यस सडक केहीका लागि भने माल पाएर चाल नपाएको जस्तो भएको छ। जेब्रा क्रस, आकाशे पुल भए पनि त्यसको प्रयोग नगरीकन जहाँ पायो त्यहीँबाट सडक पार गर्ने परिपाटी पनि यस सडक खण्डमा विद्यमान समस्याका रूपमा देखिएको छ। यसले गर्दा दुर्घटनाको उच्च जोखिम बढिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यस सडकमा मात्रै सडक दुर्घटनामा परी ९ जनाले ज्यान गुमाइसकेका छन्।

आकाशे पुल र जेब्र क्रसहरू उचितरूपमा नबन्दा यस सडकमा दुर्घटना घटिरहेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जयराम सापकोटाले बताउनुभयो। सुरक्षाका उपायहरूका बारेमा सडक विभागसँग छलफल भइरहेको उहाँले बताउनुभयो।

यस सडक विस्तारको शुरूमा केही अवरोध नआए पनि बीचतिर भने केहीले सडकको पूरै डिजाइन नै गलत भएको भन्दै सडक विस्तार रोक्नुपर्ने भन्दै दबाब आइर≈यो। तर अहिले यस सडक पुरानै डिजाइनमा सम्पन्न भइसकेको छ।

एक्सप्रेस वेमा डिजाइन भएको यस सडक सिटी रोडको कन्सेप्टमा विकास नभएको भन्दै केहीले विरोध गरेका थिए।
यातायात विज्ञ आशिष गजुरेलले सडक जस्तो बने पनि सुरक्षालाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो– ‘शुरूमै ध्यान दिएर हेर्नुपथ्र्यो। अब बनिसक्यो। जेजस्तो बने पनि सुरक्षालाई विशेष ध्यान दिनतिर लाग्नुपर्छ।’

यसलाई सडक विभागले जिम्मा लिइसकेपछि सुरक्षालाई ध्यान दिएर काम गर्नुपर्ने उहाँको भनाइ रहेको छ।
यो सडक ८ लेनको हो। फराकिलो सडकमा विनाअवरोध सवारी सरर्र गुड्नुपर्ने हो। तर यहाँ विभिन्न कारणले गर्दा सवारी जामको पुरानै समस्या देखापरिसकेको छ।

यस सडकमा अरू समय सवारी आवागमन सामान्य देखिए पनि पिक आवरमा भने जाम खुलाउन ट्राफिक प्रहरीलाई समेत हम्मेहम्मे पर्छ। यहाँ पिक आवरमा २० देखि ३५ मिनेटसम्म सवारी साधन जाममा पर्छन्। यसलाई ट्राफिक प्रहरी सवारीले पालो कुरेको भन्छन् तर पालो कुर्नुपर्ने समयले नै यात्रुलाई दिक्क पारेको छ।
यस सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, बल्खु मुख्य चोक हुँदै शहर भित्रिने र बाहिरिने गर्दछ। यी चोकहरू हुँदै शहर भित्रिने र बाहिरिने सडक साँघुरो छ। जसले गर्दा यी चोकहरूमा बढी सवारी साधन जाम पर्छन्। यी चोकलगायत अन्य स–साना चोकहरू पनि छन्, जुन एक लेनको मात्रै छ। त्यसमा पनि पिक आवरमा गाईजात्रा नै देखिन्छ।साँघुरो सडकका कारणले मात्रै सवारी जाममा पर्दैनन्। फराकिलो र व्यवस्थित सडकमा पनि सवारी जाममा पर्छन् भन्ने यथार्थ खोज्न हामी कहीँ जानुपर्दैन। यही सडकले यथार्थ बताउँछ।

काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्माले चक्रपथमा निर्माण भएको गल्तीहरू सुधार्न नसक्ने बताउनुभयो। ‘जे जति भयो, यो सुधार्ने कुरा भएन। सुधार्न योजनाले सक्दैन। यो सडक विभागले जिम्मा लिएपछि मात्रै सक्ने कुरा हो।’ –उहाँले भन्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्