अपाङ्गहरुको सहज जीवनका लागि प्रयासरत दृष्टिविहिन वैज्ञानिक



सिंगापुर,
चौध वर्षको उमेरमा स्विमिङपुलमा भएको एउटा दुर्घटनामा चिएको आसाकावा दृष्टिविहिन हुन पुगेकी थिइन्। विगत तीन दशकदेखि उनी दृष्टिविहिनहरूलाई जीवन प्रदान गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) माथि केन्द्रित प्रविधि निर्माणका लागि अनुसन्धानरत रहँदै आएकी छिन्।

जापानमा जन्मेकी डा. आसाकावा भन्छिन्– ‘मैले त्यहाँ काम शुरू गर्दा कुनै सहयोगी प्रविधि नै थिएन। मैले कुनै पनि सूचना आफैं पढ्न सक्तिनथें। म कतै एक्लै जान सक्तिनथें।’ यस्ता बाध्यात्मक पीडाका कारण उनले अन्धा मानिसका लागि कम्प्युटर कोर्स गरेर आईबीएममा काम गर्न थालिन्। उनले आईबीएम कम्पनीमा गरेको आविष्कारजन्य कामका लागि उनलाई सम्मानस्वरूप विद्यावारिधि पनि प्रदान गरिएको थियो।

डा. आसाकावाको डिजिटल ब्रेल आविष्कारमा ठूलो योगदान रहेको छ। साथै उनले विश्वकै पहिलो वेब–टू–स्पिच ब्राउजर पनि विकास गरेकी छिन्। यस्ता ब्राउजर अहिले सामान्य भए पनि २० वर्षअघि उनले जापानमा दृष्टिविहिनहरूका लागि इन्टरनेट सुविधा प्रदान गरी तिनीहरूलाई थप सूचनाको पहुँचमा पु¥याएकी थिइन्। अहिले उनी र उनका अन्य प्रविधि सहयोगी दृष्टिविहिनहरूका लागि एआई प्रयोग गराउन सक्ने उपकरण तयार पार्न लागिपरेका छन्।

उदाहरणका लागि डा. आसाकावाले दृष्टिविहिनरूलाई घरभित्रका जटिल स्थान पत्ता लगाउन सहयोग पु¥याउने उद्देश्यले नाभकोग नामक आवाजबाट नियन्त्रित हुने स्मार्टफोन एप विकास गरेकी छिन्। इन्डो म्याप तयार गर्न झण्डै प्रत्येक १० मिटरको दूरीमा लो–इनर्जी ब्ल्युटुथ जडान गरिएका छन्। निश्चित स्थानको फिंगरप्रिन्ट निर्माण गर्न ती ब्ल्युटुथबाट स्याम्पलिङ डाटा कलेक्सन गरिएका छन्। उनका अनुसार गुगल म्यापले घरभित्रका स्थान देखाउन र अन्धाहरूलाई आवश्यक मात्रामा विस्तृत विवरण दिन नसक्ने बताएकी छिन्।

अहिले पाँचजना नोबेल पुरस्कार विजयी व्यक्तित्व जन्माइसकेको प्रतिष्ठित समूह आईबीएम फेलोसँग आबद्ध डा। आसाकावाले यो अन्धाहरूका लागि निकै उपयोगी भए पनि यसलै ठ्याक्कै सही स्थान पत्ता लगाउन नसक्ने बताउँछिन्।

आईबीएमका अनुसार टोक्योको एउटा र अमेरिकाको थुप्रै साइटमा राखिएको नाभकोग अहिले प्रारम्भिक चरणमै रहे पनि चाँडै नै सर्वसाधारणका लागि पनि यो एप बन्ने भएको छ। पिटर्सवर्गनिवासी अन्धा दम्पती ७० वर्षीया क्रिस्टिन हन्सिंगर र ६५ डोगलस हन्सिंगरले आफ्नो शहरको एउटा होटेलमा अन्धाहरुका लागि सम्मेलन आयोजना हुँदा नाभकोगको परीक्षण प्रयोग गरेका थिए।

४० वर्षसम्म सरकारी कर्मचारीको नोकरीपछि अवकाश प्राप्त गरेकी श्रीमती हन्सिंगरले नाभकोग प्रयोग गर्दा सम्पूर्ण परिस्थिति आफ्नै नियन्त्रणमा रहेको अनुभव बताएकी छिन्। डा. आसाकावाले विमानस्थलमा एक्लै यात्रा तय गर्न दृष्टिविहिनरूलाई मद्दत पु¥याउने उद्देश्यले बाटो ठम्याउने हलुंगो रोवोट ‘एआई सुटकेस’ बनाउने क्रममा रहेकी छिन्।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्