किशोरमा आत्महत्या सोच आउने खतरा बढी



लन्डन, (एजेन्सी)
बेवास्ता, अपराध, दुव्र्यवहार, पारिवारिक हिंसा तथा यौन शोषणजस्ता चिजबाट पीडित किशोर किशोरीमा आफैंलाई चोट पु¥याउने तथा आत्महत्याको सोच आउने सम्भावना धेरै रहेको बेलायतको राजधानी किंग्स कलेजले हालै गरेको एक अनुसन्धानले पत्ता लगाएको छ।

सो अनुसन्धानको प्रतिवेदनमा हीन भावनाग्रस्त वा घरपरिवारबाट कुनै समर्थन र सहयोग प्राप्त नभएका किशोरहरू पनि यस खतराको सूचीभित्र परेको उल्लेख गरिएको छ।
तर यस अध्ययन प्रतिवेदनमा किशोरलाई पीडित हुनबाट रोकेर यस्तो खतरा न्यूनीकरण गर्न सक्ने योजना र उपाय पनि सुझाइएको छ। विश्वभरि नै कलिला किशोरहरूको मृत्युको प्रमुख कारण आत्महत्या र नियतवशको आत्महानी रहेको छ।

गतवर्ष विश्व स्वास्थ संगठन ९डब्ल्यूएचओ० ले सार्वजनिक गरेको तथ्यांकअनुसार आत्महत्या र नियतवश दुर्घटनाका कारण विश्वभरी ६७ हजारको मृत्यु भएको छ। सन् २०१५ मा सडक दुर्घटना, श्वासप्रश्वास संक्रमण तथा गर्भाधारणको जटिलताका कारण पछि अधिकांश किशोरको यस्तै कारणले मृत्यु भएको बताइएको छ। युरोप र दक्षिण एसियामा यस्तो समस्या बढिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्