सरकारले तोकेको मुल्यमा सुगर मिलले उखु लिन नमान्दा किसान मर्कामा



सरोज यादव, विराटनगर ।
एक नम्बर प्रदेशको एक मात्रै इस्टर्न सुगर मिलले सरकारले तोके अन्ुसारको उखुको मुल्य दिन नसक्ने बताएको छ । प्रति क्वीन्टल पाँच सय ३० रुपैयाँ गत वर्ष नै सरकारले तोकेको मुल्य हो । गत वर्ष पनि सरकारले तोकेको भन्दा कम मुल्य पाएका झापा, मोरङ र सुनसरीका उखु किसानहरु मिलले यस पटक पनि उचित मुल्य दिन नसक्ने बताए पछि आक्रोसित भएका छन् ।

सरकारले उखुको समर्थन मुल्य प्रतिक्वीन्टल ५ सय ३० रुपैयाँ तोकेको छ । यो मुल्य सरकारले गत वर्ष नै तोकिदिएको हो । इस्टर्न सुगर मिलले गत वर्ष मिल घाटामा गएका कारण संचालन नै गर्न नसक्ने भन्दै सरकारले तोकेको मुल्य भन्दा ३० रुपैयाँ कम ५ सय प्रतीक्वीन्टलमा किसानको उखु खरीद गरेको थियो । मोरङ, सुनसरी र झापाका २ हजार ४ सय कृषकले सुनसरीको बुर्ज गाउँपालिकास्थित ईष्टन सुगर मिललाई गत वर्ष उखु विक्री गरे । तर, यस वर्ष गत वर्षको मुल्यमा पनि खरिद गर्न नसक्ने भन्दै संचालकहरुले मिल बन्द गरेर बसेका छन् । सरकारले तोकेको मुल्य अनुसार किसानलाई मुल्य दिन नसक्ने मिलको भनाइ छ ।

सरकारले चिनि आयातमा रोक लगाएको भएपनि व्यापारीले गत वर्ष नै भारत र पाकिस्तानबाट चिनि आयात गरेर भण्डारण गरेका कारण आफुहरुको चिनि गोदाममा थन्किरहेको इस्टर्न सुगर मिल सुनसरीका संचालक हितेश गोल्छाले बताए । यो वर्ष किसानहरुले प्रति क्वीन्टल ३ सय ८५ रुपैयाँमा उखु दिए मात्रै खरिद गर्ने मिल संचालकको भनाइ छ । यता कृषकहरूले भने सरकारले तोकेको मुल्य अनुसार नै उखु खरीद गर्नुपर्ने बताउँछन् ।

गत वर्षपनि आफुहरु मिल घाटामा गएको भन्दै सरकारले तोकेको भन्दा प्रतिक्वन्टल तिस रुपैयाँ छुट गरेको उनिहरुको भनाइ छ । मिलले भने अनुसार आफुहरुले उखु बिक्रि गर्दा लागत खर्च समेत नउठ्ने किसानहरुको भनाइ छ । उखु किसान उमानाथ दंगालले भने लागत नै हाम्रो झन्डै ५ सयको हाराहरीमा छ तर मिल सन्चालकले प्रति क्वीन्टल ३ सय ८५ मा उखु किन्न माग गरिरहेका छन । यस्तो स्थितीमा घाटा खाएर कसरी उखु दिन सकिन्छ, उनले भने सरकारले तोकेभन्दा पनि अझै ३० रुपैया त हामीले कमी नै गरिदिएका छौ । अर्का किसान बल्लव श्रेष्ठको दुखेसो पनि यस्तै छ ।

वर्षभरि केही नाफा हुन्छ कि भनेर मेहनत गरो तर प्रतिफल लिने बेलामा हरेक वर्ष मूल्यका लागि हामीसँग र्बागेनिङ गरिन्छ उनले भने अब प्रति क्वीन्टल ४ समय दिन नसकिने मिलले बताएपछि हामी बिचल्लीमा परेका छौ। यो उखु दिएर अब हामी कहाँ जानु, सरकारले यस विषयमा बद बोलिदिनु पर्याे । इष्टन सुगर मिलले शुक्रबार सुनसरी र मोरङका केहि उखु किसानलाई विराटनरमा छलफलका लागि बोलाएको थियो । किसानहरुले मुल्य नघटाए मिल संचालन गर्न नसकिने भन्दै मिल संचालकले किसानहरुलाई दबाब दिएको छ ।

प्रतिक्रिया दिनुहोस्