सफल – असफल दाजुभाइ र दिदीबहिनी



रश्मी थापा
बलिउड फिल्म उद्योगमा एकै परिवारबाट सिनेमा क्षेत्रमा काम गर्ने धेरै कलाकार छन्, जसमा केही सफल छन् भने केहीले सफलताको स्वाद थाहा पाएका छैनन्।

शिल्पा सेट्ठी र समिता सेट्ठी
अभिनयबाट मात्र होइन, बिग ब्रदर जस्तो रियालिटी शोमा भाग लिएर दुनियाँको मन जितेकी अभिनेतृ हुन् शिल्पा सेट्ठी। तर, आफ्नो तुलनामा आफ्नी बहिनी समिताले बलिउडमा राम्रो मौका पाइनन् भन्ने गुनासो बेला–बेलामा गरिरहन्छिन् उनी। यस मामलामा कति के सत्यता छ, त्यो त उनैलाई थाहा होला। तर, बलिउडमा शिल्पाले एकपछि अर्को सफलता हासिल गरिरहँदा समिता भने दिदीको छेउसम्म पुग्न सकिनन्। सन् २००० मा फिल्म मोहब्बतेबाट बलिउडमा इन्ट्री गरेकी समिताको पहिलो फिल्म सुपर हिट भए पनि यसपछि भने उनको करिअर लगातार ओरालो लागेपछि फिल्मबाट टाढा भइन्।

सलमान खान र अरवाज खान
द्ममा बलिउड डेब्यु गरेका थिए। यसपछि मैने प्यार किया फिल्म गरेपछि उक्त फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्यो। यसरी बलिउडमा उनले आफ्नो छुट्टै स्थान बनाए। तर, उनको भाइ अरवाजले भने सलमान जस्तो दाइको साथ पाउँदासमेत सफलता पाउन सकेनन्। उनले सन् १९९६ मा बलिउड फिल्म उद्योगमा पाइला राखेका थिए। तर, लगातार असफलता मात्र हात लागेपछि उनमा सवार फिल्मी भूत विस्तारै हराउँदै गयो।

शनि देवल र बबि देवल
बलिउडमा शनि देवल ती अभिनेतामा गनिन्छन्, जसको अभिनय दर्शकका लागि सदा यादगार रहिरहन्छ। शनिले सन् १९८३ मा रोमान्टिक फिल्म बेतारकबाट बलिउडको यात्रा तय गरेका थिए। यसपछिका फिल्महरूले उनलाई दर्शकमाझ परिचित गरायो। तर, उनको भाइ बबिले फिल्ममा अभिनय गरे पनि सफल हुन सकेनन्।

ट्विङ्कल खन्ना र रिङ्की खन्ना
विभिन्न बयानका कारण चर्चामा रहने अभिनेतृ ट्विकङ्ल खन्ना आफ्नो जमानाको हिट अभिनेतृ हुन्। उनको फिल्महरू बक्स अफिसमा धुम मचाउन सफल थिए। जबकि उनकी बहिनी रिङ्कीले फिल्म खेले पनि यसबाट कसैको नजरमा नपरेपछि छिट्टै फिल्मबाट दूरी बनाइन्।

 

काजोल र तनिषा
अभिनेतृ काजोलले बाजिगर फिल्मबाट सफलता हासिल गरेकी थिइन् तर उनकी कान्छी बहिनी तनिषाले भने फिल्मबाट सफलता हात पार्न सकिनन्। तनिषाले एक हरर फिल्मबाट बलिउडमा इन्ट्री गरेकी थिइन्। तर, उक्त फिल्म सुफर फ्लप सावित भयो। यसपछि पनि उनी केही फिल्मको साथ आइन्। तर, उनको फिल्मी करिअर निकै छिटो सकियो। उनी सन् २००५ मा सरकार फिल्ममा देखिएकी थिइन्।

 

अनिल कपुर र सञ्जय कपुर
बलिउड अभिनेता अनिल कपुरले आफ्नो करिअरको दौरान यस्तो भूमिका निर्वाह गरेका छन्, जुन अहिले पनि मानिसको सम्झनामा ताजा छ। केवल अभिनय मात्र होइन, व्यक्तित्वका कारण पनि उनले मानिसको दिलमा गहिरो छाप बनाएका छन्। ६१ वर्षीया अनिललाई अहिले पनि फिल्मको कमी छैन। तर, उनको भाइ सञ्जयको भाग्य अनिलको जसरी चम्किन सकेन। सञ्जयले सन् १९९५ मा फिल्म प्रेमबाट आफ्नो करिअर शुरुआत गरेका थिए, तर फिल्मले खास कमाल देखाउन सकेन।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्