रामेछापमा ६० प्रतिशतले तेस्रो किस्ता रकम पाए



रामेछाप, (नेस)
भूकम्प अति प्रभावित रामेछाप जिल्लामा निजी आवास निर्माणका लागि ६० प्रतिशतले तेस्रो किस्ताको रकम लिएका छन्। निजी आवासका लागि रामेछापका ४५ हजार २ सय ३४ जनाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेका थिए। उनीहरूलाई मापदण्डअनुसारको काम सम्पन्न गरेको प्रतिवेदनका आधारमा रकम उपलब्ध गराइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भूकम्पीय आवास पुनर्निर्माण शाखा रामेछापका प्रमुख कृष्णलाल पियाले जानकारी दिए।
त्यस्तै जिल्लामा प्रवलीकरणमा परेका ६ हजार ५ सय ९५ जना लाभग्राहीमध्ये ५ प्रतिशतले प्रथम किस्ताबापतको रकम पनि बुझेको प्रमुख पियाले जानकारी दिए। निजी आवासका लागि प्रथम किस्ता रकम बुझेका १३ प्रतिशत लाभग्राहीले अझै पनि दोस्रो किस्ताबापतको रकम बुझेका छैनन्।

प्रतिक्रिया दिनुहोस्