बालबालिकालाई उपहारको पोको बोकेर हिँडे पूर्वराष्ट्रपति ओबामा



एजेन्सी,
मेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका छन्। शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस्पताल पुगेका थिए। ओबामालाई यस्तो अवस्थामा देखेर अधिकांश मानिसहरु आश्चर्यमा परेका छन् ।

त्यसपछि उनले अस्पतालमा रहेका बिरामी बालबालिकालाई उपहार दिनुका साथै तस्वीरसमेत खिचाएको सार्वजनिक भएको छ। बासिंटन पोस्टका अनुसार उनले अस्पतालमा करिब डेढ घन्टा बिताएका थिए। उनले अस्पतालमा बालबालिकासँगै चिकित्सक तथा नर्ससँगसमेत भलाकुसारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्