‘वडाअध्यक्षले काम गर्न जानेन भने कर्मचारी हावी हुन खोज्छ नै’



श्रीगोपाल महर्जन
वडाअध्यक्ष
ललितपुर महानगरपालिका –३
ललितपुर महानगरपालिका वडा–३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनलाई महानगरपालिकामा नेकपाका तर्फबाट निर्वाचित वडाअध्यक्षहरुका ‘लिडर’ का रुपमा लिईन्छ।महर्जन २०४९ सालको स्थानीय निकायको निर्वाचनमा  वडाअध्यक्षमा पराजित हुनुभएको थियो ।दुई पटकको प्रयासपछि २०५४ सालमा महर्जन वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

स्थानीय निकायमा जनप्रतिनिधिविहीन हुँदा सर्वदलीय संयन्त्रमा रहेर काम गरेको अनुभवले पनि १ देखि २९ वडाका वडा मध्ये पाको वडाअध्यक्षको रुपमा महर्जनलाई लिने गरेको छ । वडाअध्यक्ष महर्जनसंग वडाको विकास निर्माणसंगै स्थानीय तहको अभ्यासबारे नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित विवरणः

अहिले के मा बढी केन्द्रीत हुनुहुन्छ ?
बाटोघाटो नभएको पीर लिनुपरेको छैन ।ढलको भने केही काम रहेको छ ।भौतिक पँर्वाधारतर्फ खासै समस्या छैन भनेपनि हुन्छ ।यसले गर्दा वडावासीलाई फोहोरमैला, वडाको सेवा प्रवाहबारे सचेत तुल्याउने बढी काममा ध्यान केन्द्रीत गरिररहेको छु।

भौतिक पूर्वाधारतर्फ गर्नुपर्ने बाँकी केही काम नै छैन त ?
अरु वडामा जस्तै यहाँ पनि खानेपानीको हाहाकार भने हुने नै भई हाल्यो ।ढल मर्मत, ढुंङ्गा छाप्ने जस्ता भौतिक पँर्वाधारको व्यवस्थापन त नियमित कार्य नै हो । वडाको विकासमा जनताको सहभागितामालाई जोड दिँदै आएको छु । जनताले आफ्नो घरदैलोमा वडाअध्यक्ष र वडाको काम अनुभँति गर्नुपर्ने मेरो मुख्य ध्येय रहेको छ ।

विगतमा वडाअध्यक्ष हुँदा र अहिले के फरक अनुभुत गर्नुभएको छ ?
यस अघि वडाअध्यक्ष हुँदा जनताले योजना माग गर्न जानेको थिएन । वडाअध्यक्षले जे जे गर्ने इच्छा राख्यो, त्यही मात्र हुन्थ्यो । अहिले अवस्था फेरिएको छ । जनताले आफ्नो आवश्यकता ठम्याएर माग गर्न सिकिसकेका छन् ।माग गर्ने पक्ष बलियो हुँदै गएको छ ।

यसबीचमा ठँलठँला आन्दोलनहरु भए।सामाजिक गतिविधिहरुले गति लिन थाले।ती आन्दोलन र सामाजिक क्रियाकलापले जनताको चेतना ह्वातै बढाईदिएको छ ।यसले गर्दा योजना माग गर्ने मात्र नभई योजनाको वर्गीकरण समेत गरेर समेत माग गर्न थालेको छन् । २०५४ सालमा वडाअध्यक्ष हुँदा यस्तो अनुभव गर्न पाएको थिएन ।चेतनासंगै व्यक्ति केन्द्रीत सोच पनि बढेको जस्तो लाग्दछ, जुन सुधार गर्नुपर्ने पक्ष हो ।

तत्काल के कार्य गर्ने तयारीमा हुनुहुन्छ ?
शान्ति सुरक्षाको लागि बाटामो सिसिटिभी राख्ने काम ग¥यौं । अब फोहोरमैला बारे सचेतना अभियान चलाउने तयारी गरिरहेका छौं ।

यो कस्तो अभियान हुने छ ?
प्लास्टिक झोलाको प्रयोगलाई निरुत्साहित गर्ने छौं ।यसका लागि वडाका प्रत्येक व्यक्तिको घरमा गएर कपडाको झोला दिने छौं । संगसंगै कुहिने र नकुहिने फोहोर राख्ने हरियो र रातो बाल्टिन दिने छौं ।अनि कुहिने फोहोरलाई मल बनाउने विधि उल्लेख गरिएको पर्चा र पम्पलेट वितरण गर्ने छौं ।

कला संस्कृतिको संरक्षणमा के–के गर्नुभयो त ?
वडामा परम्परा बस्ती भनेको पुल्चोक र केही हदसम्म धोबिघाट नै हो ।परम्परागत बस्तीमा खानेपानी, बत्तीको व्यवस्थापनसंगै विशेषतः कला, संस्कृति र सम्पदाको संरक्षण सवालमा उठ्ने गरेको छ । रजकहरुलाई पनि धिमे बाजा सिकाउने व्यवस्था गरेको छु ।

पुल्चोकको तःधं मंका खलः, चीधं मंका खलःमा धिमे बाजा सिकाउन वर्षेनी दुई लाख रुपैयाँ वडाबाट दिँदै आएको छु । यसका लागि ५ लाखको अक्षयकोष स्थापना गर्ने सोच रहेको छ । त्यसपछि यहाँका अमँर्त संस्कृतिको संरक्षणको दिगोपना रहने छ । वडामा रहेका पुरात्तात्विक महत्वको सम्पदा , नेपाल भाषा लिपिको संरक्षण गर्ने पनि कार्यक्रम अघि सार्ने छु ।

संविधानले स्थानीय तहलाई बलियो बनाए पनि केन्द्र सरकारले नियन्त्रण गरेको तर्क गर्नेहरु पनि छन् । यसलाई कसरी लिनुभएको छ ?
अहिलेको संविधान, त्यसलाई कार्यान्वयन गर्न बनेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले जनप्रतिनिधिहरु नीति निर्माणतर्फ बढी केन्द्रीत हउन् भन्ने परिकल्पना गरेको जस्तो छ ।साना तिना सिफारिशको काम वडा सचिवलाई नै सुम्पिएको छ । यसलाई जनप्रतिनिधिहरु भन्दा कर्मचारी संयन्त्रलाई बलियो बनाएको रुपमा लिने वडाअध्यक्षहरु पनि संख्यामा कम छैनन् ।

वडाअध्यक्षहरुमा प्रशासकीय, ऐन कानून सम्बन्धी ज्ञान, जनतासंग संवाद गरेर नीति बनाउने तरिका जानेनन् भने घुलमिल कर्मचारी हावी हुने सम्भावना रहन्छ ।
राम्रो काम जति सबै मैले गरेको र गर्न नसकेको काम जम्मै विपक्षी दलका वडाअध्यक्षहरुको असहयोगले भएको भनेर मयेरले सार्वजनिक कार्यक्रममा सुनाउँछन् ।के यो अभिव्यक्ति तर्कसंगत छ र ? मेयरको प्रत्येक काममा अवरोध पु¥याउने विपक्षीहरुको नियत भईदिएको भए आफँले गरेको भनेर मयेरले दाबी गर्नुभएको काम पनि नहुनुपर्ने होइन र ?

हिजो भन्दा अहिलेको वडा समिति अधिकार सम्पन्न छ । हो, वडाअध्यक्षहरुमा प्रश्ाँसकीय, ऐन कानँन सम्बन्धी ज्ञान, जनतासंग संवाद गरेर नीति बनाउने तरिका जानेनन् भने घुलमिल कर्मचारी हावी हुने सम्भावना रहन्छ । वडालाई दिएको अधिकार कार्यान्वयन गर्न वडाअध्यक्ष दिमागी रुपमा बलियो हुनुपर्दछ । वडाअध्यक्षले काम गर्न जानेन् भने भएको अधिकार प्रयोग गर्न सक्दैन ।

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कार्यपालिकामा आफ्नो बहुमत नभएको र विपक्षी दलका वडाअध्यक्षको असहयोगले ठोस काम गर्न नसकेको भनेर सार्वनजिक रुपमा नै बारम्बार भनिरहनुभएको छ । के सत्य यही हो?
राम्रो काम जति सबै मैले गरेको र गर्न नसकेको काम जम्मै विपक्षी दलका वडाअध्यक्षहरुको असहयोगले भएको भनेर मयेरले सार्वजनिक कार्यक्रममा सुनाउँछन् ।के यो अभिव्यक्ति तर्कसंगत छ र ? मेयरको प्रत्येक काममा अवरोध पु¥याउने विपक्षीहरुको नियत भईदिएको भए आफँले गरेको भनेर मयेरले दाबी गर्नुभएको काम पनि नहुनुपर्ने होइन र ? मान्छा आए दुलो भित्र हात, भ्यागुता आए हात निकाल्ने प्रवृति राजनीतिक चरित्र अनुकँल भएन । नगरवासीको हित हुने काममा हामीले सहयोग गर्दै आएको छु । सधैं सहयोग गर्ने छु ।


त्यसो भए मयेरले यस्तो आरोप किन लगाएको जस्तो लाग्दछ त ?
स्पष्ट नै छ, आफ्नो असफलता लुकाउन र विपक्षीहरुलाई बदनाम गराउन ।मयेरले सबैसंग समन्वय गरेर सामँहिक विवेकको आधारमा चल्नुपर्दछ । महानगरपालिकामा काम गर्ने भनेको ‘टिम वर्क’ले हो ।म एक्लै पेलेर हिड्छु, म भन्दा जान्ने बुझ्ने अरु कोही छैनन् भन्ने भावनाले कहिँ पनि पुगिन्न ।
मेयरले तपाईहरुसंग समन्वय गरेर अघि बढ्ने प्रयास गर्नुभएको छैन त ?
समन्वय गर्न खोज्नु भएको जस्तो अनुभँति गर्न सकेको छैन ।सबैलाई चित्त बुझाएर निर्णय गर्ने सीप उहाँमा देखिएन ।

बरु मयेरमा बहुमतको भावनालाई कुल्चेर जाने स्वभाव पो देखियो त।उदाहरणका लागि महानगरपालिका अन्तर्गतका विभिन्न पसल कवलहरुमा करिब तीन दशक अघिदेखि पसल राख्दै आएकाहरुको सम्बन्धमा मयेरले देखाएको रवैयालाई नै लिऔं । ती पसलेहरुलाई विगतमा झै वर्षेनी नवीकरण गर्ने कि बोलपत्र आहवान गर्ने विषयमा निर्णय गर्न कार्यपालिकाको बैठकले मेरो संयोजकत्वमा एउटा समिति गठन गरेकोे थियो।समितिले एउटा प्रतिवेदन पनि दिएको थियो ।

ती पसलहरु अधिकाशं मर्मत सम्भार गर्नुपर्ने अवस्थामा छन् । फेरी पसलेहरुको यकिन तथ्यांक र विवरण पनि छैन । त्यस बारे महानगरपालिकाले कानुन बनाउन बाँकी नै छ ।यस्तो अवस्थामा समितिले ३०, ३५ वर्ष अघि आफँहरुले नै पँर्वाधार बनाएर बसेका ती पसलेहरुलाई हठात हटाउन उचित नहुने भन्दै एक वर्ष सम्म समय दिनुपर्ने सुझाव दिएको थियो ।

प्रतिवेदनले बोलपत्र आहवान गर्नुपर्र्नेे अवस्था आइपरेको खण्डमा पनि ९० दिनको समय दिएर प्रक्रिया शुरु गर्नुपर्ने भनेको थियो ।नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु गरी अधिकाशंको यसप्रति समर्थन थियो । प्रतिवेदनले दिएको रायसुझावप्रति कार्यपालिकामा स्पष्ट बहुमत हुँदाहुँदै बहुमतको भावनालाई कुल्चिएर मयेर अघि बढ्नुभयो ।म (समितिको संयोजक)

अनुपस्थिति भएको बेला अख्तियारको एउटा पत्रको आधारमा बोलपत्र आहवान गर्ने निर्णय हठात ढंङ्गले गर्नुभयो । अब भन्नुहोस पेल्ने स्वभाव कसको छ त?

प्रतिक्रिया दिनुहोस्