मेलम्ची खानेपानी आयोजनामा फेरि गोलमाल



सुरेस तामाङ, काठमाडौं ।
बहुचर्चित राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजना पछिल्लो चरण चर्चामा छ । तीन दशकदेखि निर्माणाधिन यस आयोजना सम्पन्न हुने अन्तिम चरणमा पनि अन्योय सृजना भएको छ ।

सुरुङ निर्माण गरेर काठमाडौंमा पानी ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसि दि रेभन्ना) का कर्मचारी स्वदेश फर्कने क्रममा पक्राउ परेको विषयले मेलम्चीको चर्चा झन चुलिएको हो ।

क्रिष्मस मनाउन जाने भन्दै स्वदेश फर्कन लागेका कम्पनीका म्यानेजर क्रिस्टिनयानो क्रुजोसहित आठ अधिकारीलाई आईतबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोकेर राहदानी जफत गरिएको थियो । त्यसपछि ठेकेदार र आयोजनाबीचको चुलिएको विवाद सबै सामु छताछुल्ल हुन पुग्यो । सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिए पनि चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई ठेक्का दिएको थियो ।

तीन वर्षभित्र सम्पन्न गरिसक्नेगरी सात अर्ब ७२ करोड लागतमा २०७० असार ३१ गते सम्झौता भएको थियो । तर तोकिएको समयभित्र बन्नुको साटो पटक– पटक आयोजना सम्पन्न भएर पानी काठमाडौं आईपुग्ने भाका तोकिए पनि त्यो भाकामै सीमित छ ।

पछिल्लो विवादसँगै मेलम्ची आयोजना अन्यौलमा परेको छ । अहिले लागत रकम बढेर ११ अर्ब पुगिसकेको छ भने ठेकेदार कम्पनीले मात्रै ९ अर्ब रुपियाँ लगिसकेको आयोजनाले जनाएको छ ।

२०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्प र नाकाबन्दीले काम प्रभावित भएको भन्दै ठेकेदार कम्पनीले सरकारसँग क्षतिपूर्ति मागेसँगै सुरु भएको विवादको कारण आयोजना नै अन्तिम चरणमा अल्योलमा बनेको छ ।

कम्पनीले सरकारसँग एक अर्ब ६५ करोड क्षतिपूर्ति दाबी गरेको थियो । भूकम्पले मेलम्ची आयोजना पुग्ने सडकमा र सुरुङमा पनि क्षति गरेको, महिनौँसम्म साइटमा काम गर्ने अबस्था नभएको भन्दै कम्पनीले क्षतिपूर्ति दाबी गरेको थियो । उसले दाबी गरेको सरकार सहमत नभएपछि डिस्प्युट बोर्डमा छलफल भएको थियो । बोर्डबाट ३५ करोड दाबी प्रमाणित भएको थियो ।

आफ्नो कर्मचारीको राहदनी जफत गरेपछि कम्पनीले मेलम्चीको ठेक्का छोडेको पत्र आयोजनालाई बुझाएको छ । यस विषयमा खानेपानी मन्त्रालयमा ठेकेदारपक्षको कुरामा छलफल गरिरहेको मन्त्रालयका प्रवक्त शंकर सुवेदीले बताउनुभयो । ‘अब कसरी जाने भन्ने विषयमा कुरा भईरहेको छ । मन्त्रालयमा छलफल चलिरहेको छ,’उहाँले बताउनुभयो ।

त्यस्तै ठेकेदारले एकतर्फी ठेक्का रद्द गरे कम्पनीले राखेको बैंक धरौटी जफत गरिने आयोजनाले जनाएको छ । त्यसका लागि आयोजनाले बैंकलाई पत्रचार गरिसकेको र ठेकेदारले ठेक्का तोडेको निश्चित हुने वित्तिकै जफत गर्ने तयार आयोजनाको छ । ‘ठेकेदार काम छोडेर भाग्न खोजेपछि सरकारले आफ्नो आर्थिक सुरक्षा त गर्नु प¥यो । त्यसकारण ठेकेदारको बैंक धरौटी जफत गर्न रोक्का राख्न लगाएको हो’, उहाँले भन्नुभयो ।

२७ किलोमिटर सुरुङ खण्ड मध्ये करिब १ किमी सुरुङ खण्डको ढलान र सपोर्टको काम बाँकी छ भने तीन ओटा भेन्टिलेसन साफ्ट (सुरुङको हावा फाल्न) निर्माण, टनेल गेट र हेडवोक्सको काम गर्नै बाँकी रहेको छ ।

आयोजनाका एक उच्च अधिकारीका अनुसार चैतभित्र सबै काम सम्पन्न गर्ने तयारी भएपनि हेडवोक्सको काम मात्रै १ वर्षभित्र बन्न सक्दैन । ‘हेडवोक्स स्थायी रुपमा बन्नै बाँकी छ । यो एक वर्षभित्र बन्ने कुरा होईन’आयोजनाका ती कर्मचारीले बताए ।

भुकम्प गएपछि सुरुङमा सुधारको काम (रेक्ट्रोफिकेशन) गर्नै बाँकी रहेको यसको लागि भर्खरै सर्भे गर्ने तयारी आयोजनाको छ । ठेकेदार काम छोडेर स्वदेश लाग्ने तयारी पछि साईटमा काम ठप्प रहेको अयोजना स्रोतको भनाई रहेको छ ।

यस अघि मंसिर १६मा संघीय संसदको विकास तथा प्रविधि समितिमा खानेपानी मन्त्रालयका सचिब गजेन्द्र ठाकुर एक पटक विश्वास गर्न आग्रह गर्दै ६० दिन भित्र आयोजनाको भौतिक काम सम्पन्न हुने बताउनुभएको थियो । उहाँले त्यसबेला बैठकमा भन्नुभएको थियो–‘म ठोकुवाका साथ भन्छु, अबको ६० दिनभित्र सबै काम सक्छ । एक पटक विश्वास गर्नुहोस् ।’

त्यसबेला समितिले मेलम्चीको काम यथाशीघ्र सम्पन्न गरी उपत्यकाबासीलाई विश्व श्वास्थ्य संगठनको मापदण्ड अनुसार उपलब्ध गर्न÷गराउन खानेपानी मन्त्रालयलाई निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्