भुकम्प प्रभावित विद्यालयमा पक्की भवन निर्माण



चिरञ्जीवी मास्के, दोलखा । दोलखाको गौरीशङ्कर गाँउपालिका– १ जुँगुमा रहेको चार वटा र बैतेश्वर गाँउपालिका वडा नम्बर ८ यवोमा रहेको एक गरी पाँच वटा विद्यालयको सेभ द चिल्ड्रेनले पक्की भवन निर्माण गरेको छ ।

भुकम्प पछि टहरामा पढाई हुदै आएको बैतेश्वर गाँउपालिका ८ को यवो आधारभुत विद्यालय तथा गौरीशङ्कर गाँउपालिका१ जुँगुको नव कन्चन आधारभुत विद्यालय र यार्सा आधारभुत विद्यालयमा आठ आठ कोठे तथा गौरीशङ्कर गाँउपालिका १ जुँगुकै चेत्पु आधारभुत विद्यालय र मारिओव आधारभुत विद्यालयमा चार चार कोठे पक्कि भवन निर्माण गरेको हो ।

ग्रामीण विकास टुकी संघको प्राविधिक सहयोगमा निर्माण भएको विद्यालय भवनको स्वामित्व प्रदेश सांसद विशाल खड्का र सेभ द चिल्ड्रेनका कन्ट्री डाइरेक्टरले संयुक्त रुपमा समुदायलाई हस्ताणतरण गरेका थिए ।

दोलखाको वैत्येश्वर गाँउपालिका ८ मा रहेको यवो आधारभुत विद्यालयमा एक करोड ३७ लाख ४९ हजार ४९ रुपैयाको लागतमा आठ कोठे पक्की भवन निर्माण गरी विद्यालयलाई स्वामित्व हस्तान्तरण गरेको छ भने गौरीशंकर गाँउपालिका १ मा रहेको यार्सा आधारभुत विद्यालयमा १ करोड ३५ लाख १३ हजार छ सय २२ को लागतमा आठ कोठे भवन, नव कन्चन आधारभुत विद्यालयमा १ करोड ३८ लाख ९८ हजार ९ सय ५३ को लागतमा निर्माण भएको हो ।

त्यस्तै आठ कोठे भवन, मारिवन आधारभुत विद्यालयमा ९२ लाख ६० हजार ५ सय ३१ को लागतमा चार कोठे भवन र चेत्पु आधारभुत विद्यालयमा ९८ लाख ३० हजार ४९ को लागतमा ४ कोठे भवन निर्माण सम्पन्न भएको हो । पाँच वटै विद्यालयलाई आवश्यक शौचालय, फर्निचर लगाएतका सामग्री समेत संस्थाले उपलब्ध गराएको जनाईएको छ ।

विद्यालयलाई आवश्यक कक्षाकोठा व्यवस्थापन गर्नको लागि समेत संस्थाले थप रकम उपलव्ध गराएको ग्रामिण विकास टुकि संघका अध्यक्ष रोजकुमारी चौलागाईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्