जुरिच हैन जिरी



चिरञ्जीवी मास्के
जिरी, उहिले सगरमाथाको प्रवेशद्वार थियो। स्वीटजरल्यान्डको जुरिच कहलिन्थ्यो। तर अहिले समय फेरिएको छ, जिरी फेरिएको छ। पर्यटकलाई जिरीमा देख्न मुस्किल पर्न थालेको छ।

भँकम्पपछि जिरीमा पर्यटक आगमनमा कमी आएको स्थानीय ग्याविला होटलका सञ्चालक केशर जिरेल बताउँछन्। केही वर्षदेखि लामोसाँगु जिरी सडक विस्तारको कामले यातायात सञ्चालनमा असहजता देखिएपछि जिरीमा पर्यटक आगमनमा झन् कमी आएको केशरको भनाइ छ।

जिरीलाई स्वीटजरल्यान्डका नागरिकले भौगोलिकरूपमा जुरिचजस्तै देखेपछि स्वीस सरकारको सहयोगमा एकीकृत विकास योजना शुरू भएको थियो। यसले लामोसाँगु जिरी सडक, शिक्षाअन्तर्गत जिरी प्राविधिक शिक्षालय, स्वास्थ्यअन्तर्गत जिरी अस्पताल, जिरी चिज उद्योग, कृषि फार्मलगायत सञ्चालन गरेको थियो। स्वीसको प्रत्यक्ष सहभागितामा अस्पताल सञ्चालन हुँदा नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारतको दार्जिलिङबाट समेत उपचारका लागि मानिस आउने गरेको स्थानीय वृद्धाहरूको भनाइ छ।

जिरी प्राविधिक शिक्षालयमा अहिले पनि देशको विभिन्न जिल्लाबाट अनमी, सवओभरसियर र कृषि प्राविधिक शिक्षा पढ्न विद्यार्थीहरू आउने गरेका छन्।

जिरीमा पर्यटक आगमनमा कमी आउनुको कारण सडकको समस्यामात्र भने पक्कै होइन। विगतमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, रामेछापको समेत व्यापारिक केन्द्र रहेको जिरीमा पर्यटक आगमनमा कमी हुनुको एउटा कारण सडक सञ्जालको विस्तार पनि हो। सडकको विस्तारसँगै हरेक क्षेत्रमा बजार विस्तार भएपछि जिरीमा क्रेता पर्यटकको कमी भएको स्थानीयको भनाइ छ। सगरमाथा आरोहणमा जानेहरू पनि हवाई मार्गबाट सीधै सोलुखुम्बुको आधार शिविर पुग्न सक्ने भएपछि प्रवेशमार्ग लगभग शँन्य जस्तै बनेको छ।

जिरीका समाजसेवी टेकबहादुर जिरेल उहिले जिरीको चौरहरू विदेशीको टेन्टले ढपक्कै हुने गरेकामा अहिले त गोरो छाला देख्न पनि रहर भइसकेको बताउँछन्। काठमाडौंबाट १ सय ८८ किलोमिटर र सदरमुकाम चरिकोटबाट ५५ किलोमिटरको दँरीमा पुग्न सकिने जिरीले स्थानीय तहको निर्वाचनलगतै भौतिक तथा सामाजिक विकासमा भने फड्को मार्दै गएको छ। सफा, व्यवस्थित र फराकिलो सडक, आकर्षक र सुविधा सम्पन्न होटलहरू, शिक्षा, स्वास्थ्य र सञ्चारको सुविधा विगतको भन्दा उत्कृष्ट र पर्याप्त भएको छ। जिरीलाई भौतिकरूपमा समेत स्वीट्जरल्यान्डको जुरिच शहरको तुलनामा पु¥याउन जिरी नगरपालिकाले विभिन्न योजनाहरू अघि सारेको छ।
अहिले जिरीमा सञ्चालित होटलहरू आर्थिकरूपमा मितव्ययी र सुविधा सम्पन्न रहेको होटल व्यवसायी केशर बताउँछन्। सबैखाले सुविधा रहेको होटलमा १ हजारदेखि ३ हजारसम्मका कोठा पाउन सकिन्छ। जिरीमा रहेका होटलहरूमा एकरूपता कायम गराउन जिरी नगरपालिकाले समेत चासो दिएको छ।

क्लिन, ग्रिन र अर्गानिक जिरी अभियान
जिरी नगरपालिकाले जिरीलाई नामले मात्र होइन, कामले नै जुरिचजस्तै बनाउन विभिन्न योजना अघि सारेको छ। जुरिच अभियानमा अग्रसर जिरीलाई क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरी बनाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। क्लिन जिरीका लागि नियमित सरसफाई अभियान शुरू गरेको जिरी नगरपालिकाले डिभिजन सडक कार्यालयको समन्वयमा बजार क्षेत्रमा सडक विस्तार, पेटी निर्माण र रेलिङ निर्माण गरेको छ। त्यसैगरी ग्रिन जिरीका लागि हरियाली पार्कको निर्माण, वृक्षरोपण अभियानलगायतका कार्यक्रम शुरू गरेको छ भने अर्गानिक जिरी अभियानका लागि चिया, आलु, किवी, डल्ले खुर्सानीलगायतका कृषि उत्पादनलाई अर्गानिक बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

जिरीलाई क्लिन, ग्रिन र अर्गानिक बनाउन दोलखाका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले पनि सघाइरहेका छन्। उनको समन्वय तथा एनसाव नेपालको आर्थिक सहयोगमा जिरी नगरपालिकाले हालसालै प्लानिङ वर्कसप सकेको छ। उक्त वर्कसपमा चीन, जर्मन, यँएसए र नेपालका अर्गानिक अभियन्ताहरू सहभागी रहेका थिए।

एक वडा, एक पार्क
जिरी नगरपालिकाले आन्तरिक तथा बा≈य पर्यटकलाई आकर्षित गर्न एक वडा एक पार्कको अवधारणासमेत ल्याएको छ। जिरी नगरपालिकाका वडामा पिकनिक पार्क, हरियाली पार्क, धार्मिक एवं सांस्कृतिक पार्क निर्माणको अभियान शुरू भएको नगरपालिकाले जनाएको छ। पर्यटक आउँदा कम्तीमा १÷२ दिन जिरीका विभिन्न ठाउँमा घुमेर बिताउन सकँन् भनेर पार्क निर्माणको कार्य शुरू गरिएको नगरपालिकाले जनाएको छ।

जिरेलहरूको भाषा र संस्कार, संस्कृति
जिरीको अर्को विशेषता भनेको जिरेल जाति पनि हो। नगरपालिकाले जिरेल जातिको भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न सहयोग गरेको छ। नेपाल सरकारकै सहयोगमा जिरेल संग्रहालयको निर्माणसमेत भइरहेको छ। आफँहरूलाई किरातको सन्तान मान्ने जिरेलहरूको चिन्ता भाषा लोप हुँदै जाने हो कि भन्ने छ। समाजसेवी टेकबहादुर जिरेल जिरीको अस्तित्व जिरेल जातिको विकास र संरक्षणबाट मात्र हुने भएकाले जिरेलको भाषा, संस्कार र संस्कृतिको रक्षाका लागि सबै क्षेत्रबाट पहल हुनुपर्ने बताउँछन्। जिरेल भाषा, संस्कृतिबारे पुस्तक प्रकाशन गरिसकेका सुमन जिरेल जातीय पहिचान र संरक्षणका लागि जातीय, भाषिक र सांस्कृतिक अध्ययन अझै आवश्यक रहेको बताउँछन्।

दोलखाको दोस्रो प्रमुख बजार तथा पर्यटकीय केन्द्र जिरीले प्राकृतिक, धार्मिक, सांस्कृतिक, सामाजिक र भौतिक विकासका कारण अब विगतको भन्दा बढी पर्यटकलाई नियमितरूपमा भिœयाउन सक्ने स्थानीयको अपेक्षा रहेको छ। भँकम्पपछि पुनर्निर्माणको क्रममा जिरीका घरलाई आधुनिक प्रविधिसहित जिरेल संस्कृतिको झल्को दिने परम्परागत शैलीका निर्माण गर्न सकिएको भए अझ उपयुक्त हुने टेकबहादुर जिरेलको भनाइ छ। यो कुरामा भने नगरपालिका र स्थानीय चुकेको उनले बताए।

पँर्वसांसद, शिक्षाविद् एवं समाजसेवी इन्द्रबहादुर खड्काले बुद्धधर्मसम्बन्धी अध्ययन केन्द्र सञ्चालन गरेकाले जिरी शैक्षिक पर्यटकहरूको समेत केन्द्र बन्दै गएको छ। विगतमा सञ्चालनमा रहेको जिरी एयरपोर्टलाई पुनः सञ्चालन गर्ने, हाई अल्टिच्युटको खेल मैदान निर्माण गर्नेजस्ता योजना पनि जिरी नगरपालिकाको प्रमुख प्राथामिकतामा रहेको नगरपालिकाले जनाएको छ।

जिरी दोलखाको सान हो। जिरीमा धेरै प्रकारका कृषि उत्पादनहरूको सम्भावना रहेको छ। चिया, किवी, डल्ले खुर्सानी, आलुलगायतका कृषि उत्पादन जिरीको प्रमुख सम्भाव्यताभित्र पर्छन्। यी उत्पादनलाई अर्गानिक बनाउन सकियो भने यसले विदेशमा समेत राम्रो बजार पाउन सक्छ र यसले आर्थिक विकासमा टेवा पुग्न सक्छ।

नेपालमा अर्गानिक उत्पादन क्षेत्र छैन। त्यसैले सम्भाव्यताको हिसाबले जिरीलाई अर्गानिक क्षेत्रका रूपमा विकास गर्न सकिने भएकाले मैले विशेष प्राथमिकता दिएको छु। भोलिका दिनमा अर्गानिक कृषि उत्पादनको खोजीमा मानिसहरू जिरी आउने वातावरण बन्नेछ।
दोलखाको पर्यटकीय नगरी जिरीलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन जिरी नगरपालिकाले अघि सारेको क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरी अभियान महŒवपँर्ण छ। यो अभियानलाई सफल बनाउन प्रतिनिधिसभा सदस्यको हैसियतले मैले गर्नुपर्ने सबैखाले सहयोग उपलब्ध हुनेछ। जिरीलाई अर्गानिक क्षेत्र बनाउन विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्ने र सरकारका तर्फबाट सहयोग उपलब्ध गराउने कुरामा पनि मेरो भँमिका रहनेछ।

पार्वत गुरुङ
सांसद, प्रतिनिधिसभा

जिरीलाई हामीले विगतदेखि नै स्वीट्रजरल्यान्डको जुरिच शहरसँग तुलना ग¥यौं तर भौतिक विकासको हिसाबले बनाउन सकेका छैनौं। त्यसैले जिरी नगरपालिकाले जुरिचजस्तै सम्पन्न शहर बनाउन विभिन्न कार्यक्रम अघि सारेको छ।
जिरीलाई जुरिचजस्तै बनाउन पहिलो कुरा भनेको ताल निर्माण नै हो। त्यसैले नगरपालिकाले ताल निर्माणलाई प्राथमिकता दिएको छ। अहिले ताल निर्माणका लागि डीपीआर तयारीको चरणमा रहेको छ। ताल निर्माणपछि त्यसमा बोटिङ गर्ने, माछा पाल्ने, हाइड्रो पावर सञ्चालन गर्न योजना पनि हुनेछन्। त्यसैगरी प्रत्येक वडामा विभिन्न खालको पार्क निर्माण, जिरेल संग्रहालय निर्माण, जिरेल जातिको भाषा, संस्कार, संस्कृतिको जगेर्ना पनि नगरपालिकाको प्रमुख कार्ययोजनाभित्र रहेका छन्।
जिरीलाई देशभरिकै नमुना नगरपालिका बनाउन क्लिन, ग्रिन र अर्गानिक जिरीको अवधारणाअनुसार पनि काम भइरहेको छ। यसले जिरीमा अर्गानिक कृषि उत्पादनमा वृद्धि गर्ने, पर्यावरणीय पर्यटक भिœयाउने, सुन्दर, सफा र सम्पन्न शहर बनाउने विश्वास नगरपालिकाले लिएको छ।
टंक जिरेल
प्रमुख जिरी नगरपालिका

प्रतिक्रिया दिनुहोस्