सार्वजनिक खरिद अनुगमनको प्रतिवेदन सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौं
वाईडबडी खरिदको विषयमा छानबीन गर्न सार्वजनिक लेखा समितिले राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । विमान खरिदमा अनियमिता भएको भन्दै समितिले उपसमिति गठन गरेको हो । उपसमितिमा ७ सदस्य रहेका छन् ।

समितिका सदस्यहरु प्रेम आले, धर्मशीला चापागाई“ मीना पुन, कृष्णलाल महर्जन, प्रदिप यादव, चन्दा चौधरी हुनुहुन्छ ।

उपसमितिले १५ दिनभित्र समितिलाई प्रतिवेदन पेस गर्ने छ । २४ अर्ब रुपिया“मा निगमले असार १४ र साउन १० गते भित्र्याएको खरिद गरेको थियो । वाइडबडी भित्रिएस“गै विमान खरिदमा अनियमितता भएको भन्दै छानबीन अगाडि बढाइएको थियो ।

यता सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत जहाज खरिद गर्दा टेन्डर प्रक्रियादेखि नै अनियमितता भएको भन्दै कार्यालयले अनुगमन प्रतिवेदन लेखा समितिलाई बुझाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अनुगमन प्रतिवेदनले सार्वजनिक खरिद ऐन २०६३को नियम विपरीत गरिद गरेको बताएको छ ।

कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भनेको ‘स्पेसिफिकेसन तयार गर्दा कुनै उपाय नभएको अवस्थामा बाहेक कुनै खास ब्राण्ड, ट्रेडमार्क, नाम, पेटेन्ट डिजाइन प्रकार उत्पति वा उत्पादक उल्लेख गर्न नपाइनेमा रोल्स रोयस ट्रेण्ड ७७२ बी इन्जिन सहितको एयरबस को ए ३३०–२०० निर्धारण गरी आरएफपी जारी गरेको’ जनाएको छ । ‘लागत अनुमान तयार गर्दा एयरबस को बर्तमान मूल्यलाई नलिई ८ बर्ष अघिको मूल्यमा समायोजन गरी निर्धारण गरेको र १ हजार घण्टा सम्म उडान गरेको विधान खरिद गर्न खोजिएको विषयलाई लागत अनुमान गर्दा समायोजन गरिएको छैन’ प्रतिवेदनमा भनेको छ ।

वाईडबडी खरिदको छानबीन गर्न उपसमिति गठन

‘विमान खरिद गर्ने सम्बन्धमा निर्णय गर्दा सो सरह भन्ने नभई ए३३०–२०० नै किटान गरिसकेपछि सो विमान निर्माता कम्पनी एयरबस बाहेक अन्य नरहेको स्पष्ट भैसकेको अवस्थामा विमान खरिद गर्ने सम्बन्धमा विभिन्न विकल्प विश्लेषण र सार्वजनिक खरिद ऐनका प्रावधानहरुको विश्लेषण समेत नगरिएको’ पनि प्रतिवेदनमा भनिएको छ ।

यसैगरी ‘सार्वजनिक खरिद ऐन २०६३ को दफा–२ को खण्ड ‘ग’ मा परिभाषित गरिएको मालसामानको परिभाषामा विमानपनि पर्ने उल्लेख गर्दै प्रतिवेदनमा ‘आरइपी’ मार्फत् सामान खरिद गर्ने प्रक्रिया ऐनमा छैन्’ भने अन्तर्राष्ट्रिय खुला वोलपत्र संग ‘आएफपी’ मेल खादैन भनिएको छ । ‘आरएफपी ऐनमा व्यवस्था भए बमोजिमको बोलपत्रलाई भनिएको हो वा अन्य छुट्टै विधि–प्रक्रिया निर्धारण गरिएको हो ।’ भनिएको छ ।

कार्यालयले भनेको छ –‘सार्वजनिक खरिद ऐन २०६३ को दफा १३ को उपदफा २ को बोलपत्रमार्फत् सामान खरिद गर्दा उल्लेख हुनुपर्ने ९ ओटा बु“दा समेत ‘आरएफपी’ मा नरहेको देखिएको भनेको छ
यसैगरी खरिद सम्झौताको प्रतिवेदनका अनुसार, सार्वजनिक खरिद ऐन २०६३ को दफा ५२ मा खरिद सम्झौता र सोका शर्तहरु तय गर्दा उल्लेख हुनुपर्ने बोलपत्र सम्बन्धि कागजातमा उल्लेख हुनुपर्नेमा,आपूर्ति समय,खरिद सम्झौताको रकम,विदेशी मुद्राको भुक्तानी, मूल्य समायोजन गर्न सकिने भए सो को व्यवस्था, विमा आवस्यक भए सो सम्बन्धी व्यवस्था आवश्यक पर्ने जमानत’ नरहेको जनाएको छ ।

नेपाल वायु सेवा निगमको आर्थिक विनियमावली–२०६५ को विनियम–२०३६ को विनियमको उपविनियम १ को खण्ड ‘ग’ मा प्राप्त प्रस्तावहरुलाई खोलिसकेपछि ‘सम्बन्धित कम्पनीहरुसँग आवस्यक वार्ता गरी’ भन्ने व्यवस्था भएको, तर एउटा प्रस्तावकसँग मात्र वार्ता गरी ‘एमओयू’ गरेको र पूर्व निर्धारित गरिएको नदेखिएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘सार्वजनिक खरिद ऐन–२०६३ को दफा ६७ को उपदफा १ खण्ड (ग) मा सार्वजनिक निकायले खरिद गर्दा अपनाउनु पर्ने बाध्यात्मक व्यवस्था रहेको, खण्ड (च) मा विमान उपकरण खरिदमा फरक विधि हुनसक्ने प्रावधान रहेको र विमान खरिद विशिष्टीकृत प्रक्रिया हो भने उपदफा ३ बमोजिमको कार्य्विधि समावेश गरी विमान खरिद गरिएको हुनुपर्ने, सो नभएको’ ठहर गदै कार्यालयले प्रतिवेदन समितिमा बुझाएको छ ।

 

 

 

कार्यक्षेत्रमै बैंक खाता र योजना सम्झौता
हेटौंडा,(नेस)÷मकवानपुरको भीमफेदी गाउँपालिकाले आव २०७५÷०७६ का विकास योजना कार्यक्षेत्रमा सम्झौता गरी कार्यान्वयन गर्न थालनी गरेको छ ।
गाउँपालिकाका बिकट स्थानको विकास योजना सम्झौता तथा बंैक खाता सञ्चालन गर्न पालिका कार्यालय आउन, योजना सम्झौता कार्यान्वयन सम्पन्न गर्न कठिनाई तथा कागजी अप्ठेराले बिगतका दिनमा दुःख झेल्नुपरेको स्मरण गर्दै गाउँपालिका–७ का अध्यक्ष बुद्धिबहादुर सिञ्जालीले योजनाहरुको सफल कार्यान्वयन थालिएको बताउनुभयो ।
गाउँपालिका जनप्रतिनिधिसहित कार्यालय प्रमुख, योजना अधिकृत, प्राविधिक इञ्जिनियर, स्वास्थ्य संयोजकको टोलीसहित बैंक खाता सञ्चालन गर्न वडा–९ को नामटारमा परीक्षण शिविरका रुपमा कार्यक्षेत्रमा उपभोक्ता समिति गठन गरी योजनास्थलमा लागत इष्टिमेट तयार गरी योजना सम्झौतासहित योजनाको बैंक खाता खोल्ने कार्य भएको छ ।
यसबाट जनताले राहत महसुस गरेको र वडाबासीले अनावश्यक झन्झट ब्यहोर्नु नपरेकाले यस कार्यलाई निरन्तरता प्रदान गर्दै वडा–७ को कोगटेमा शिविर सञ्चालन गरिएको छ ।
शिविरमा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, कार्यपालिका प्रमुख जीवन कुँवर, ७ नम्बर वडा अध्यक्ष सिञ्जाली, सामाजिक विकास संयोजक वडा–८ का अध्यक्ष जगतमान घिसिङ, योजना अधिकृत बद्री सापकोटा, स्वास्थ्य संयोजक ध्रुवप्रसाद लामिछाने, प्राविधिक इञ्जिनियर नवीन यादब, जयराम चौलागार्इं, खरिदार अशेष लामिछाने, वडा सचिव सीताराम रिमाल, एनआईसी एसिया बैंकका प्रतिनिधि अमित पुडासैनीसहित टोली सहभागी थियो ।
गाउँपालिकाको कार्यक्षेत्रबाट वडा तहमा पुगी योजना सम्झौता कार्यान्वयन गर्दा जनताले राहत महसुस गरेको तथा योजना पनि द्रुतगतिमा बढेको स्थानीयको बुझाइ छ । हाल पहिलो चौमासिकका सबै पाँच करोड सत्ताइस लाखको योजना सम्झौता भएर कार्य अघिबढेको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो ।
योजना अधिकृत बद्रि सापकोटाका अनुसार आव २०७५÷०७६ को विकास योजनामा ७ नम्बर वडामा ठूलासाना गरी पहिलो चौमासिकका सत्र वटा योजना रहेको र उक्त योजनालाई पचपन्न लाख बजेट बिनियोजन गरिएको बताउनुभयो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्