डा. उपाध्यायका ८ कृति एकसाथ सार्वजनिक



गीतकार डा. डीआर उपाध्यायका सात गीति अडियो एल्बम र एक उपन्यास गरी ८ कृति एकैपटक सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक समारोहबीच उपाध्यायका गीति अडियो एल्बम जोहो, अन्तराप, जखम, नशालु नजर, सहेली, प्रतिनाद र हिमाली लय तथा उपन्यास दगाबाज एकैसाथ सार्वजनिक भएको हो।

उपाध्यायका गीतहरूमा संगीतकारत्रय बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारीले संगीत दिएका छन्। यी एल्बमका गीतहरू दीप श्रेष्ठ, दीपक खरेल, राजेशपायल राई, मनोजराज, रामचन्द्र काप्mले, प्रकाश तिमिल्सिना, शिव परियार, दुर्गा परियार, मेलिना राई, श्रेयसी चेमजोङ, निशा देशार, आनन्द कार्की, बानिका प्रधान, सन्तोष लामा, शशी रावल, दीपक लिम्बु, टीका प्रसाईं, विश्व नेपाली, उदय सोताङ, मेछु धिमाल, सुनिता थेगिम, सीडी विजय अधिकारी, निखिता थापा, दिलिप लामा, सनुप पौडेल, प्रताप दास, रीता केसी, योगेश काजी, शृंखला जोशी, सागर अधिकारी, मीना निरौला, यम बराल र प्रविशा अधिकारीले गाएका छन्।

विमोचन समारोहमा एल्बममा संगृहित १० गीत प्रत्यक्षरूपमा गाएर सुनाइएको थियो। ६ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।

विमोचन समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नगद ५१ हजार रुपियाँसहित अभिनन्दन गरिएको थियो। यसैबिच पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा हेटौंडामा पनि यी एल्बम र उपन्यास सार्वजनिक गरिएको छ। चलचित्र विकास बोर्ड सदस्य नरेन्द्र महर्जन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, लेखक डा. उपाध्याय र साहित्यकार आरसी रिजालले यी कृति सयुंक्तरूपमा विमोचन गरेका हुन्। कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, गायिका निशा देशार र गायक सागर अधिकारी शरद्ले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्