मोजाम्विकमा नक्कली कामदारको विगविगी



मापुटो,(एजेन्सी)
मोजाम्विक सरकारले निजामती सेवामा तलव खाँदै गरेका ३० हजार भन्दा बढि नक्कली कामदार फेलापारेको छ । निजामती सेवा मन्त्रीले केहिलाई कामै नगरे वापत पनि तलव ख्वाइएको र अन्य मृतक तथा काल्पनिक व्यक्तिहरुका नाममा पनि तलव काटिने गरेको बताएका छन् ।

मन्त्री कार्मेलिता नामासुलुवाले सन् २०१५ देखि २०१७ सम्म यस जालसाजीको कारण सरकारको करिव २५ करोड अमेरिकी डलर खर्च भएको बताएकी छिन् । साथै उनले विश्वकै सबैभन्दा गरिव देश मध्ये एक मानिने मोजाम्विकमा सरकारी स्तरमा हुने भ्रष्टाचार अर्को ठूलो समस्या भएको खुलासा गरेकी छिन् ।

विश्वव्यापी रुपमा भ्रष्टाचरको अनुगमन गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा जारी गरिएको सुचिमा यस दक्षिण कोरियाली मुलुक १ सय ८० राष्ट्र मध्ये १ सय ५३ औं स्थानमा रहेको छ । सरकारी निकायले कूल ३ लाख ४८ हजार कामदार माथि यस सम्बन्धमा दुई वर्ष लगाएर छानविन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्