रामपुरमा भुकम्पछि छाएको खुसी



रामचन्द्र वि.क, रामेछाप
२०७२ सालको विनाशकारी भूकम्पको कारण देशमा हजारौ मानिसको ज्यान गयो । लाखौँ मानिस घरविहिन भए । त्यो दिनको कहाली लाग्दो घटना सम्झने हो भने अझै पनि हाम्रो जिउँ काम्न थाल्छ । विनकाशकारी भूकम्पले घरबिहीन भएका लाखौँ नागरिकहरु निजी आवासको काम नहुँदा अझै पनि खुल्ला आकाशमुनि नै बस्न बाँध्य हुँदै आएका छन् । तर रामेछापको रामेछाप नगरपालिका–५ रामपुरका स्थानीयलाई भने भूकम्पले खुशी दिलाएको छ ।

रामपुरवासीमा त्यो खुसी भने त्यतिकै आएको होइन । भूकम्पपछि पीडामा परेको रामपुरबासीको लागि खुशी थप्न सहयात्री बन्यो नेपाल रेडक्रस सोसाइटी रामेछाप । भुकम्पको कारण अन्यौलमा परेका रामपुरवासीको लागि सहारा बन्न पुग्यो रेडक्रस । विपद्को समयमा सहयोग गर्दै आएको रेडक्रसकै कारण रामेछापको रामपुरवासीको जीवनशैलीमा नै परिवर्तन ल्याइदिएको छ । भूकम्पबाट पीडामा परेका रामपुरबासीलाई निजी आवसमा सहयोग गर्न २०७२ साल पुसमा रामपुर पुगेको नेपाल रेडक्रस सोसाइटी रामेछापले भुकम्प पीडितहरुको घर मत्रैै बनाएन, खानेपानी, स्वास्थ्य, जीविकोपार्जन लगायतका काममा सहयोग गरेर जीवनशैली बदलिदिएको छ ।

नेपाल रेडक्रसले भूकम्प पश्चात ल्याएको भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत रामपुरका ६ सय ३७ घरपरिवार मध्ये अधिकाश लाभग्राहीले भूकम्प प्रतिरोधी निजी आवसको काम सम्पन्न गरी नयाँ घरमा बसोबास गर्न थाली सकेका छन् । रेडक्रसले आर्थिक सहयोग सँगै घर बनाउनको लागि प्राविधिक सहयोग गरी उनिहरुलाई समयमै जस्ताको टहरोमा बस्नु पर्ने बाध्यताबाट मूक्त गराएको छ । ‘हामी आफैले बनाउनु परेको भए यतिबेला पनि घर बन्ने थिएन’ रामपुरका सुर्ज बहादुर श्रेष्ठले भन्नुभयो ‘ भूकम्पले तहसनहस बनाएको रामपुर पचास बर्षमा पनि उठ्दैन जस्तो लाग्थ्यो, यहाँको बस्तीनै बसाइँ सरेर जाने स्थितिमा पुगेको थियो तर हाम्रा लागि रेडक्रस देउता बनेर आए जस्तै भएको छ ।, उहाँहरुलाई खुशी दिने शब्द नै छैन ।’

रामेछापमा साविकका १८ वटा गाविस अति सुख्खाग्रस्त गाविसहरु पर्दछन् । ती मध्ये रामपुर पनि एक हो । भूकम्प आए सँगै पानीका मुहान पनि धमाधम सुक्न थालेको विगतको तितो अनुभव सुनाउँदै रामपुरका कोमलदाश श्रेष्ठले भन्नुभयो,‘ घर भत्केर उत्तिकै पीडामा थियौँ, त्यस पछि भएका स–साना पानीका मुहानहरु पनि सुक्न थाले । खाने पानी त नभएको बेला कसरी घर बनाउने ? पानी अभावको पीडालाई खप्न नसकेर गाउँका धेरै मानिसहरु गाउँनै छाडेर हिँडेका थिए, तर अहिले बस्नको लागि घर, घर सँगै शौचालय र पानीको धारा पनि नियमित भए पछि खुशी मात्रै हैन, गाउँ छोडेर अन्तै गएका पनि आफ्नै घर आएर आनन्द सँग बस्न पाएका छन् ।’


रामेछाप नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्थानीयको संयुक्त प्रयासमा अहिले रामेछाप नगरपालिका–५ रामपुरका अधिकाशं स्थानीयको घरमा बालमैत्री खानेपानीको धारा बनेका छन् । त्यसैगरी भूकम्प अघि रामपुरको केही ठाउँमा मात्र विद्युत थियो । भूकम्पले गर्दा पानीका मुहान सुक्दै जान थालेपछि गाउँमा पानी ल्याउने योजनासँगै विजुली पनि आउने निश्चित भएको खुसी सुनाउँदै रामपुरका गोपाल मगरले भन्नुभयो ‘रामपुरमा पानी ल्याउने कुरा भयो, तर बिजुली नभए पानी आउने रहेनछ, त्यसको लागि नगरपालिकाको पहलमा बिद्युत ल्याउनको लागि काम सुरु ग¥यो अहिले सबैको घरघरको छेउमा बत्तीको पोल आइसकेका छन्, अब छिट्टै बत्ति पनि बल्छ , अनि हामी सधै भरी उज्यालोमा बस्न पाउने छौँ ।’

भूकम्प अघि केही मुख्य ठाउँमा सडक पुगेको रामपुरमा यतिबेला प्राय ः सबैको घर–घरमा मोटर बाटो समेत पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय देखि धेरै टाढा र कच्ची सडक भएको रामपुरका धेरै महिलाहरुले सुत्केरी हुने बेला धेरैले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था थियो । भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत नै रामपुरका महिलाले भोग्दै आएका पीडालाई कम गर्न पुनःस्थापित भवन तथा वर्थिङ्ग सेन्टर बनाएर आफूहरुलाई सहयोग गरेकामा सहयोगी संस्थालाई धन्यबाद दिँदै रामपुरकी कुमारी श्रेष्ठले भन्नुभयो,‘रामपुरबाट रामेछाप पुग्ने धेरै समय लाग्छ, भनेको बेला सवारी साधन पनि पाइदँैन, अनि महिलाले बच्चा जन्माउन नसक्दा अकालमै ज्यान गुमाउनु परेको छ, अहिले त्यो समस्या हटेको छ ।, हामीलाई ठुलो राहात मिलेको छ ।’ रेडक्रसको सहयोगमा निर्माण सम्पन्न भई बर्थिङ्ग सेन्टर वडालाई हस्तान्त्ररण भइसकेको छ ।

निजी आवास निर्माण, खानेपानी, स्वास्थ्य सरफाइ लगायतको काम गर्दै आएको रेडक्रसले आफूहरुलाई जीविकोपार्जनको बाटो पनि देखाइदिए पछि खुसीले दंग हुँदै रामपुरका केदारमान श्रेष्ठले भन्नुभयो, ‘ भूकम्प नगएको हुन्थ्यो त हामीले यतिबेला केहि पनि पाउने थिएनौँ ।, मलाई लाग्छ भूकम्प नै हाम्रो लागि सबै थोक भएको छ ।, बेरोजगार भएर बिदेसिनु पर्ने बाध्यता थियो, अहिले घरमै बाख्राको खोर अनि खोरमा बाख्रा पनि छन् ।, त्यस्तै धाराबाट खेर गएको पानीलाई प्रयोग गरेर तरकारी लगाउन पाइएको छ ।, आफैले पालेका खसी बोका अनि आफैले उत्पादन गरेको तरकारी बेचेरै आम्दानी लिन थाली सकेका छौँ । यो सबै रेक्रसको देन हो ।’ रेडक्रसले रामपुरका स्थानीयलाई जीविकोपार्जनमा थप टेवा पु¥याउने गरी आयआर्जनमूलक कार्यक्रममा समेत सहयोग गरेको छ ।

रामेछापको रामपुरमा २०७२ सालको पौष महिनाबाट सुरु भएको कार्यक्रमको कार्यक्रम अबधी भने अन्तिम चरणमा पुगेको छ । ‘योजना गरिएका अधिकांश क्रियाकलापहरु सम्पन्न भैसकेको छ’ भुकम्प प्रतिकार्य कार्यक्रम रामेछापका जिल्ला कार्यक्रम संयोजक जयराम बस्नेतले भन्नुभयो ‘आवास निर्माण, खानेपानी तथा सरसफाई, स्वास्थ्य र जिविकोपार्जन लगायतका समुदायले प्रत्यक्ष परोक्ष रुपमा फाइदा उठाउने योजना तथा क्षमता बिकाश र सचेतनाका क्रियाकलापहरु सम्पन्न भएका छन् ’ । बस्नतेका अनुसार रेडक्रसले रामपुरमा ६३७ व्याक्तिगत शौचालय सहित निजी आवास, तीन ठुला लिफ्टिङ्ग खानेपानी योजना सहित ७ वटा खानेपानी योजना, २ वटा सिंचाई योजना, १ वटा स्वास्थ्य संस्था भवन, ५ वटा लैङ्गिक, बाल तथा अपांग मैत्री बिद्यालय शौचालय, ५ सय १० परिवारलाई तालिम सहित बाख्राको सुधारिएको खोर तथा नश्ल सुधारका लागि १० वटा बोयर जातका बोका समेत सहयोग गरेको छ । त्यस्तै आयआर्जनमा थप सहयोग पुराउन १५० घरपरिवारलाई तरकारी खेती तालिम सहित व्यावसाय संचालनका लागि बिउ पुँजी समेत उपलब्ध गराएको कार्यक्रम संयोजक बस्नेतले बताउनुभयो ।

‘घर निर्माणसँगै आत्मनिर्भर बनाउने योजना अगाडि बढाएका छौं’


शिव कार्की
सभापति नेपाल, रेडक्रस सोसाइटी जिल्ला शाखा, रामेछाप
नेपालमा २०७२ मा विनकासकारी भूकम्पपछि रेडक्रसको अन्तर्रराष्ट्रिय फेडेरेशनले पनि नेपालमा भूकम्पबाट पीडामा परेका नागरिकहरुलाई सहयोग गर्ने गरी निर्णय ग¥यो । सोही अनुसार हामीले पनि त्यो काम गर्ने अबर पायौँ । रेडक्रसले फोर प्लस वान भन्ने एउटा नीति ल्यायो जसमा नीजि आवस र्निर्माण, खानेपानीको समस्या, स्वास्थ्य, कृषि लगायत जिवीकोपार्जनसँग जोडिएका कुराहरुलाई समाबेस गर्नु पर्ने भएकाले भूकम्प अघि देखि नै त्यसको अत्यन्त पीडिामा रहेको रामपुर भएको र त्यसै अनुरुप हामीले ठाउँहरु छनौट गरेका हौँ ।

फोर प्लस वान भन्ने एउटा नीति भित्र रहेर हामीले मुख्य गरी, निजी आवस पुनर्निमाणमा प्राविधिक सहयोग, स्वास्थ्य, खानेपानी, शौचालय निर्माण गर्ने, सडक बनाउँन सहयोग गर्ने, जीविको पार्जनको लागि तालिमसँगै आधुनिक तरिकाले बाख्रा पानलको लागि खोर निर्माण, उन्नात जातको बोका वितरण लगायतका धेरै कामहरु गरेका छौँ । हामीले काम गर्नुको मुख्य उद्देश्य पनि यहि हो छिटो भन्दा छिटो घरविहिन भएका नागरिकलाई छाना मुनी ल्याउने ।

हामीले नीजि आवसको काम मात्रै गर्ने हो भने त छिट्टै सक्थ्यौँ त्यो सँगै अरु योजनाहरु जोडिएकाले यतिबेला सम्म लाग्यो र यी सबै काम सक्नको लागि त्यहाँका स्थानीयबासी, स्थानीय सरकार लागयत विभिन्न संघसस्थाले सहयोग गर्नुभयो र हामीसँग हुनुभएका प्राविधिक लगायत सम्पुर्णको सहयोगमा छिटै गर्न सकेका हौँ ।

प्रतिक्रिया दिनुहोस्