चन्दालाई रिबनको बधाइ



केहीअघि सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनसनल २०१८ मा मिसेस एसिया प्यासफिक इन्टरनेसनल २०१८ को उपाधि चुमेकी मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरीलाई शनिबार रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार राजधानीमा एक कार्यक्रम गरी बधाइ दिएको छ।

रिबन इन्टरटेनमेन्टको आयोजनामा केहीअघि राजधानीमा सम्पन्न मिसेस नेपाल इन्टरनेसनल २०१८ कि विजेता गिरीले सिंगापुरमा सम्पन्न विवाहित महिलाबीचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा यो सफलता हात पारेकी थिइन्। सिंगापुरको आर्केड कन्ट्रि क्लबमा सम्पन्न मिसेस इन्टरनेसनल २०१८ मा गिरीले मिसेस पे्रmन्डली इन्टरनेसनल उपउपाधि पनि चुमेकी थिइन््।

कार्यक्रममा बोल्दै चन्दाले फेसबुक चलाइरहेको बेला आफूले यस प्रतियोगिताको बारेमा थाहा पाएको र परिवारको स्वीकृति लिएर प्रतिस्पर्धामा भाग लिएको बताइन्। ‘नेपालमा ४५ दिनको तालिम लिएर ३६ जनाबाट छानिएर सिंगापुरमा आफ्नो प्रतिभा देखाउने अवसर पाएँ। त्यहाँ निकै बलिया महिला हुनुहुन्थ्यो।

त्यहाँ गएर नेपालललाई चिनाउन पाउँदा निकै गौरवान्वित महसुस गरेकी छुु।’ चीनको सान्यामा ६८औं मिस वल्र्ड प्रतियोगिता चलिरहँदा उनी तीनकुनेको रोयल पार्टी प्यालेसमा आयोजित बधाइ ज्ञापन कार्यक्रममा भन्दै थिइन्– ‘विवाहपछि आफ्नो जीवनलाई कसरी अगाडि लान सकिन्छ भन्ने कुरा पनि मैले सिंगापुर गएर धेरै जानें।’

चन्दालाई बधाइ दिँदै नायक तथा मिसेस नेपाल इन्टरनसनल २०१८ को निर्णायकमध्येका आर्यन सिग्देलले आफूहरूले नाचघरमा आयोजित प्रतियोगितामा चन्दालाई विजयी बनाएर सही निर्णय गरेको महसुस भएको बताए। ‘हामीले त्योबेला सही निर्णय ग¥यौं जस्तो अहिले लागेको छ। उनले सिंगापुर पुगेर उपाधि मात्र जितिनन्, नेपाललाई पनि चिनाइन्’ –आर्यनले भने। सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नेपालको नाम उच्च बनाएको भन्दै चन्दालाई बधाइ दिए।

प्रतियोगिताका निर्णायक, अभिनेता तथा रंगकर्मी वीरेन्द्र हमालले चन्दाले यस्तो सफलता हासिल गर्नेमा आफू पहिले नै विश्वस्त भएको दाबी गरे। चन्दाका पति उपेन्द्र गिरीले चन्दामा धेरै प्रतिभा छ भन्ने कुरा थाहा भएको तर देशकै नाम राख्न सक्ने प्रतिभाको बारेमा चाहिँ थाहा नभएको भन्दै बधाइ दिए।

प्रतिक्रिया दिनुहोस्