नामाङ्कन र राजधानीका विषयमा प्रदेश २ मा विवाद



कृष्णउदास खनाल, वीरगन्ज ।
प्रदेश २ को राजधानी र नामाकरणका लागि विवाद भएको छ जसका कारण प्रदेश सभाले यस बिषयमा निर्णय समेत लिन नसक्दा थप अन्यौलता थपिएको छ ।

यसबीचमा बिहीबार सुझाव संकलन गर्न गठन गरिएको अयोगले आफे काम सुरु गरेको छ ।४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन बुझाउने जिम्मा पाएको संवाद तथा सुझाव आयोगले गठन भएको ४० दिनपछि काम सुरु गरेको हो ।गत कात्तिक ११ बसेको मन्त्रिपरिषदको बैठकले नीति आयोगका उपाध्यक्ष समेत रहेका डा. हरिवंश झा संयोजक रहनेगरी तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा मोहनलाल चौधरी र राम प्रवेश बैठा सदस्य छन् ।

राजधानी र नामको विषयमा प्रदेश २ मा विवाद छ । जसका कारण प्रदेश सरकारले यसलाई टुंगो लगाउन सकेको छैन । वीरगन्जले राजधानीका लागि दावी गर्दै गर्दा संघीय सरकारले प्रदेश २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगन्ज असन्तुष्ट छ । नामांकनका विषयमा समेत मतभिन्ता देखिएको छ ।

सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र राजपा नेपाल प्रदेशको नाम ‘मधेश’ जोडेर राख्ने पक्षमा छन् भने तथा विपक्षी दलहरु नेकपा, कांग्रेसलगायत दलले ‘मिथिला भोजपुरा’ हुनुपर्ने धारणा राख्दै आएका छन् ।‘मिथिला’ नामाकरण गर्नुपर्ने भनी जनकपुरका केही अभियन्ताले अभियान समेत चलाएका थिए । मिथिला नाम राख्दा पर्सा, बारा, रौतहटलगायत भोजपुरी बाहुल्य क्षेत्रका बासिन्दाले असन्तुष्टी जनाएका छन् ।

आयोगले प्रदेशको राजधानी र नामांकनका विषयमा कार्यक्षेत्र भित्र विभिन्न राजनीतिक दल, नागरिक समाज, व्यक्ति, संघसंस्था तथा बढीभन्दा बढी व्यक्तिसँग सल्लाह र सुझाव सङ्कलन गर्ने आयोगका अध्यक्ष डा हरिबंश झा बताउँछन् ।‘सुझाव संकलन गरेर अयोगले प्रदेश सरकारलाई बुझाउँछ । आयोगले संकलन गरेको सुझावकै आधारमा सरकारले राजधानीको नाम र प्रदेशको नाम टुंगो लगाउँछ,’ उनले बिहीबार वीरगन्जमा आयोजित कार्यक्रममा भने, ‘पर्साबाट सुझाव संकलन सुरु गरेका छौं, ४५ दिनमा काम सक्नुपर्ने छ, आधा भन्दा बढी समय सकिसकेको छ । के सोध्ने, कसलाई सोध्ने भनेर पक्रियामा नै अलमल भयो ।’

यसैबीच वीरगन्जबाट प्रदेश नं २ को राजधानी वीरगन्ज र नाम मध्य मधेश प्रदेश हुनुपर्नेमा जोड दिइएको छ ।प्रदेश राजधानी र प्रदेशको नामाकरण सम्बन्धी सुझाव संकलन गर्न वीरगन्जमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले राजधानीका लागि वीरगन्जको विकल्प नभएको बताएका हुन् ।

कार्यक्रममा वक्ताहरुले मधेस प्रदेश, मध्य मेधश प्रदेश र मध्यमाञ्चल मधेश प्रदेश नाम राख्न सुझाव दिए ।सुझाव संकलन कार्यक्रममा बोल्दै सांसद प्रदीप यादवले राजधानीका लागि सुझाव संकलन आवश्यन नै नरहेको बताए ।उनले हरेक दृष्टिकोणले राजधानीका लागि वीरगन्ज उपयुक्त भएको बताउँदै बाँकी मधेसका जिल्ला समेत समटने गरी मधेश प्रदेश नामाकरण हुनुपर्नेमा जोड दिए ।

उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उद्योगी अशोक टेमानीले संघिय सरकारले आन्दोलनको केन्द्र बनेका कारण वीरगन्जसँग वैनश्यता साँध्न प्रदेशको अस्थायी राजधानी जनकपुर बनाएर विवाद सिर्जना गरेको आरोप लगाए ।प्रदेश सभासदहरु करिमा वेगम, भिमा यादव, जन्नत अन्सारी, रमेश पटेल, सिंहासन कलवार लगायतले प्रदेशको राजधानी वीरगञ्ज र नाम ‘मध्य मधेश प्रदेश’ हुनुपर्नेमा जोड दिए ।उनीहरुले जनकपुर राजधानीका लागि कुनैपनि हालतमा उपयुक्त सहर नरहेको बताउँदै वीरगञ्ज पूर्वाधार सम्पन्न, मधेस आन्दोलनको केन्द्र भएकोले राजधानीका लागि उपयुक्त रहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्