आर्थिक समृद्धितर्फ अग्रसर मुलुकहरू



Malaysia’s largest shopping mall Suria KLCC opened its doors to the public 08 May in Kuala Lumpur. The six-storey shopping mall boasts one million square feet of retail space which is adjoining to the world’s tallest building, the Kuala Lumpur City Centre (KLCC), the country’s newest landmark. AFP PHOTO

ओमशंकर श्रेष्ठ

 

 

 

 

मलेसियाको अर्थतन्त्र

मलेसियाका अर्थमन्त्री लिम गुआन एन्गले त्यहाँको चौधौं आम निर्वाचनपछि व्यापार व्यवसाय र उपभोक्ताहरूको भावनामा अप्रत्याशितरूपमा सकारात्मक परिवर्तन देखापरेको बताएका छन्।

विश्वव्यापीरूपमा आर्थिक अनिश्चितता मडारिरहेको अवस्थामा बलियो आर्थिक नीति नियम, सुशासन र आर्थिक जिम्मेवारी बोधले मात्र मलेसियाको अर्थतन्त्रलाई उकास्न सक्ने उनको भनाइ रहेको छ। विश्वको आर्थिक वृद्धिमा नवोदित बजारका कारण खतराको स्थिति उत्पन्न भए पनि अहिलेसम्म मलेसिया क्वालालम्पुर कम्पोजिट इन्डेक्स एसिया प्रशान्त क्षेत्रमा उत्कृष्टमध्ये एक बनेको छ।

लिमका अनुसार सिंगापुर स्ट्रेट्स टाइम्स इन्डेक्स र निक्केइ इन्डेक्सको ओरालो झरेको तुलनामा मलेसियाको इन्डेक्स गत सेप्टेम्बरसम्ममा ० दशमलव १३ प्रतिशतले बढिरहेको छ। यसै गरी मलेसियाली रिंगिट अन्य क्षेत्रीय मुद्राहरूको तुलनामा अमेरिकी डलरसँग सबैभन्दा बढी प्रतिस्पर्धा गर्न सक्षम देखिएको लिमकै भनाइ छ। लिम भन्छन्– ‘मलेसियाली अर्थतन्त्र बलियो रहनुका यी ८ कारण छन्ः

स्थिर आर्थिक वृद्धि, अति नै विविधतापूर्ण अर्थतन्त्र, वृद्धिलाई सहयोग पुर्याउने खालको सहज श्रमबजारको अवस्था, स्वस्थ बैंक खाताको अवस्था, लचकदार सतही दर, यथेष्ट बा≈य सुरक्षा, न्यून मुद्रास्फीति तथा अमेरिका र चीनबीचको व्यापार द्वन्द्वका कारण सिर्जना भएको उपयुक्त लगानी अवसर।

यो वर्ष मलेसियाको आर्थिक वृद्धिदर सकारात्मक पथमा अघि बढेर ५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। लिमकै अनुसार कुल गार्हस्थ उत्पादन ५४ दशमलव ५ प्रतिशत र कुल आयात वस्तुका लागि ८० प्रतिशतभन्दा बढी आयातजन्य वस्तु उत्पादन हुने लक्ष्य राखिएको छ।

हाल मलेसियाको बेरोजगारदर झरेर ३ दशमलव ४ प्रतिशतमा सीमित हुनुले पनि त्यहाँको बजारको अवस्थामा उल्लेखनीय सुधार आएको प्रमाणित हुन आउँछ। यसै वर्षको पूर्वाद्र्धमा निजी क्षेत्रका कम्पनीमा कार्यरत कामदारहरूको तलबमा ६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ।

सन् १९९७ मा एसियाली वित्तीय समस्या देखा परे यता मलेसियाली मुद्रा रिंगिट पूर्णरूपमा लचकदार अवस्थामा रहँदै आएको छ। अहिले मलेसियासँग १ सय ४ दशमलव ४ अर्ब अमेरिकी डलर रिजर्भ रहेको छ। जुन रकम अन्तर्राष्ट्रिय आर्थिक कारोबारका लागि यथेष्ट रहेको बताइएको छ।

देशको आर्थिक पक्षको विश्लेषणातमकरूपमा लिभ भन्छन्– ‘हाम्रा आर्थिक प्रतिस्पर्धी छिमेकी राष्ट्र थाइल्यान्ड, भियतनाम र इन्डोनेसियाको तुलनामा मलेसियाको स्थिति बलियो नै देखिन्छ।

अंगे्रजी र चिनियाँ भाषाको दख्खल, शैक्षिक स्तर, विविध पूर्वाधारका गुणस्तरजस्ता हाम्रा सबल पक्ष हुन्। साथै सिंगापुर र हङकङको तुलनामा मलेसिया निकै सस्तो लगानी गन्तव्य पनि हो। साथै सरकारले भ्रष्टाचार नियन्त्रण तथा अन्य आर्थिक चुहावट र अनियमितता हटाउन महत्वपूर्ण भूमिका निभाउँदै आएको छ।’

जापानको अर्थतन्त्रबाट
सिक्नु पर्ने पाठ

अर्थतन्त्रको आत्मविश्वास अहिले जापानका साना तथा ठूला व्यापार व्यवसायमा देखिँदै गइरहेको छ। बैंक अफ जापानको डिसेम्बर तान्कान (व्यापारको अल्पकालीन आर्थिक सर्भेक्षण) अनुसार ठूला उत्पादन कम्पनीहरूको लगातार पाँचौं त्रैमासिक व्यापार अवस्थामा सुधार आएको छ।

फलतः ११ वर्षपछि पहिलोपटक उच्च धनात्मक २५ लाई छोएको छ। यसै गरी साना तथा मझौला व्यापार व्यवसायको आत्मविश्वास सूची बढेर धनात्मक १५ पुगेको छ। यस स्तरलाई सन् १९९१, अगस्टयताकै सर्वोच्च मानिएको छ। जापानी अर्थतन्त्र सुधार हुनुका केही राम्रा कारण छन्।

जुलाईदेखि सेप्टेम्बरसम्मको जापानको कुल गार्हस्थ उत्पादनमा वार्षिक वृद्धिदर २ दशमलव ५ प्रतिशत पुगेर वास्तविक आर्थिक वृद्धिमा टेवा पुर्याएको छ। यसबाट लगातार सातौं त्रैमासिक अर्थतन्त्र विस्तार भएको छ। सरकारले सन् १९९४ मा तुलनात्मक आर्थिक तथ्यांकहरू संकलन गर्न शुरू गरेयताको यो जापानको सबैभन्दा लामो त्रैमासिक आर्थिक वृद्धि कीर्तिमान हो।

सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा जापानले अर्थतन्त्रको प्राविधिक मन्दिलाई छिचोलेको छ। जापानको अर्थतन्त्र पुनः शक्तिशाली वृद्धितर्फ फर्केको छ। कुल गार्हस्थ उत्पादन दोस्रो त्रैमासिकमा वार्षिक १ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ।

रोयटर्सले अर्थशास्त्रीमार्फत गराएको सर्वेक्षणले सो अवधिमा १ दशमलव ४ प्रतिशतले मात्र वृद्धि हुने भविष्यवाणी गरेको थियो। यस वृद्धिदरले श्रमिकका अभाव र विश्वव्यापी व्यापार युद्धको खतराको बावजुद पनि जापानी अर्थतन्त्र अझै पनि दिगो आर्थिक विस्तारको चरणमा रहेको देखाएको छ।

टोक्योस्थित आईएचएस मार्किटका अर्थशास्त्री हारुमी तागुची भन्छन्– ‘अहिले केही सुधार देखिए तापनि हामीले जापानको वास्तविक कुल गार्हस्थ उत्पादन (जीडीपी) विस्तारै घट्ने अनुमान गरेका छौं। विश्वव्यापी व्यापार तनावका कारण वस्तुहरूको नयाँ अर्डर लिन कम्पनीहरूले थप सोच्नुपर्ने हुन्छ।

जसले गर्दा पुँजी खर्चमा ढिलाइ हुन जान्छ। जापानका अर्थमन्त्री तोसिमित्सु मोतेगीले अमेरिकाको वासिङ्टनमा स्पष्टरूपमा विचार आदानप्रदान गर्दै वार्ता गरिरहेका छन् तर अमेरिकी ट्यारिफ खतराको समाधान देखापरेको छैन। यसले जापानको निर्यात अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्छ।’

सन् २०१९ मा जापानको उपभोक्ता कर पनि ८ बाट १० प्रतिशत पुर्याउन लागेको छ। सन् २०१४ मा पनि यसरी कर वृद्धि गरिँदा अर्थतन्त्रमा मन्दी आएको थियो।

चीनको चामत्कारिक विकास
वर्तमान स्थितिमा अमेरिकाको ठूलो चिन्ताको विषय भनेकै त्यसको कमजोर हुँदै गइरहेको आर्थिक वृद्धि हो। अब सायद धेरै लामो समयसम्म अमेरिका विश्वको ठूलो अर्थतन्त्रका रूपमा रहने छैन र अमेरिकीहरूले अहिलेसम्म गर्व गर्दै आएको यो विषय बाँकी रहने छैन।

प्राइस वाटर हाउस कुपर्स नामक संस्थाले गरेको नयाँ अध्ययनअनुसार सन् २०३० भन्दा अगाडि नै चीन अमेरिका भन्दा ठूलो अर्थतन्त्र बनिसक्ने भविष्यवाणी गरेको छ। साथै भारत पनि सन् २०५० अगाडि नै एउटा ठूलै अर्थतन्त्र बनिसक्ने पनि भविष्यवाणी गरिएको छ।

त्यसै गरी तेस्रो स्थानमा अमेरिका र चौथो स्थानमा इन्डोनेसिया पुग्ने पनि अनुसन्धानकर्ताले बताएका छन्। भोलि कुल गार्हस्थ उत्पादनमा माथिल्लो दर्जामा पुग्ने राष्ट्र चीन र भारत अहिले भने जनसंख्याका आधारमा अग्रपंक्तिमा रहेका छन्।

विश्वको जनसंख्याका आधारमा तेस्रो स्थानमा रहेका अमेरिका भने अर्थतन्त्रमा लामो समयदेखि पहिलो स्थानमा रहँदै आएको छ। चीन र भारतको तुलनामा श्रम र पुँजीको उत्पादकत्व निकै राम्रो भएकाले पनि अमेरिकाले सो स्थान ओगटिरहन सकेको हो।

तर वास्तवमा अन्य राष्ट्रहरूले अमेरिकाको उत्पादकत्वलाई पछ्याउँदै आएका छन्। चीन र भारतको जनसंख्याका आधारमा पनि अमेरिकाको कुल गार्हस्थ उत्पादन नाघ्न सजिलो हुने अर्थविदहरूको भनाइ रहेको छ। तर अन्य राष्ट्रको अर्थतन्त्रलाई उकास्ने काममा महत्वपूर्ण भूमिका निभाएका कारणले पनि अझै अमेरिका गौरवान्वित रहेको छ। माओत्सेतुङले कम्युनिस्ट क्रान्ति सम्पन्न गरेयता सन् १९५० मा चीनको अर्थतन्त्र जापानको भन्दा ४९ प्रतिशत ठूलो थियो।

तर सन् १९७७ तिर देङ सियाओ पिङले चीनमा खुला बजारनीति अपनाउनु अघिसम्म जापानको अर्थतन्त्र अकासिएर चीनको भन्दा ६३ प्रतिशत ठूलो भयो। तर अमेरिकाका दुवै राजनीतिक पार्टीका सरकारले भने चीनलाई आफ्नो अर्थतन्त्रलाई उदाहरणीकरण गर्न प्रोत्साहित गरिरहे। अमेरिकाले यसबाट आफूलाई पनि फाइदा हुने सोचेको थियो र भयो पनि। विश्व बैंकका अनुसार चीनको व्यापार बजारमा आधारित सुधारका कारण ८० करोड चिनियाँ जनताले गरिबीबाट मुक्ति पाएको जनाएको छ।
यसै गरी भारतको अर्थतन्त्रलाई त्यहाँको समाजवादले अठ्याइरहेको थियो। सन् १९९१ मा अन्ततः त्या बन्धन फुक्यो। विश्व बैंकका अनुसार पुनः अमेरिकाको प्रोत्साहनमा भारतका करोडौं गरिब जनताले फाइदा लिन सफल भए। त्यो अर्थतन्त्रको रूपान्तरण अवश्य पनि अमेरिकी नीति मात्र पनि जिम्मेवार थिएन। किनभने भारत र चीन स्वयंले पनि त्यसका लागि आवश्यक कसरत गरेका थिए।

सिंगापुरको आर्थिक समृद्धिका पिता ली कुआन यू

पृथ्वीको भूमध्यरेखादेखि १ डिग्री उत्तरमा परेको उष्ण तापक्रम रहेको सिंगापुर ७० को दशकदेखि आर्थिक समृद्धिको पथमा दू्रत गतिले अघि बढ्न थालेको हो। आफ्नो भौतिक पूर्वाधारका लागि चर्चित दक्षिण पूर्वी एसियाली मुलुक सिंगापुर रूफटप बार, चिली क्रायब फमुर्ला १ रेसिङ क्यालेन्डरमा नाइट रेसका लागि पनि विश्वमाझ लोकप्र्रिय रहेको छ।

‘पूर्वको मोनाको’ उपनाम समेत पाएको यस मुलुकको आर्थिक समृद्धिको पिताका रूपमा त्यहाँका पूर्व तथा प्रथम प्रधानमन्त्री ली कुआन यू चिनिन्छन्। सन् १९५९ देखि १९९० सम्म सिंगापुरको प्रधानमन्त्रीको कुर्सीमा रहेका लीको एकल परिकल्पनामा आधुनिक सिंगापुरको निर्माण भएको हो। साथै उनी विश्वको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने व्यक्तित्वका रूपमा पनि चिनिन्छन्। छिमेकी मुलुक मलेसियाबाट छुट्टिएर सिंगापुरले सन् १९६५ मा स्वाधिनता हासिल गरेको हो।
करिब आधा शताब्दीसम्म सिंगापुर आफ्नो कुनै प्राकृतिक स्रोत नभएको टापुका रूपमा रहेको थियो। त्यसपछि आफूलाई नाटकीयरूपमा रूपान्तरण गरेको सिंगापुरका दुईवटा क्यासिनो रिसोर्ट र अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै उत्कृष्ट ठहरिएका छन्। साथै गगनचुम्बी भवनहरूको भीडका कारण सिंगापुरलाई मानिसहरू प्रतिस्पर्धी छिमेकी हङकङ र अमेरिकाको न्युयोर्कस्थित म्यान≈याटनसँग तुलना गर्दछन्।

लीले सिंगापुरले हासिल गरेको आर्थिक र भौतिक उपलब्धिलाई आफ्नो स्मरण पुस्तक ‘फ्रम थर्ड वल्र्ड टू फस्र्ट ः दी सिंगापुर स्टोरी ः १९६५ –२०००’ मा राम्ररी उल्लेख गरेका छन्। लीले सिंगापुरलाई विश्वकै आकर्षित लगानीको गन्तव्यका रूपमा विकास गर्न र देशको भौतिक पूर्वाधारको बेजोड र उदाहरणीय ढंगले निर्माणका लागि कुशल र सीपालु जनशक्ति उत्पादनमा विशेष जोड दिएका थिए।

जसले गर्दा उनी राष्ट्रको हवाइ र जलीय सम्पर्कलाई पनि उत्कृष्ट ढंगले विस्तार गर्न सफल भए। उनले देशमा न्यून र पारदर्शी करयुक्त शासन प्रणाली र कडा नियम कानुन तथा तटस्थ कुटनीतिको माध्यमबाट सफा र हरियो शहर विकास गरेका थिए। सशक्त कर्मचारीतन्त्रका कारणले पनि छोटो समयभित्रै उल्लेखनीय आर्थिक समृद्धि हासिल गरेको सिंगापुरले आफूलाई संयुक्त राज्य अमेरिका र चीनको गठबन्धन समूहमा राख्न सकेको हो।

परिणमस्वरूप हेर्दा हेर्दै सिंगापुर विश्वकै शक्तिशाली र धनी वित्तीय केन्द्रका रूपमा देखापर्यो। धार्मिक र जातीय विविधता भएको सिंगापुरमा समयसापेक्ष, आधुनिक, व्यावहारिक र वैज्ञानिक शिक्षाको कार्यान्वयनमा पनि लीले महत्वपूर्ण भूमिका निभाएका थिए।

अनिवार्य शिक्षा र हरेक तहका जनतामा शिक्षाको पहुँच पुर्याएर लीले आर्थिक समृद्धिका लागि आधारशीला तयार पारेका थिए। भ्रष्टाचारविरुद्ध न्यून सहिष्णुता नीतिका कारण पनि सिंगापुरको व्यापार व्यवसाय प्रवद्र्धनमा कुनै अवरोध आउने गरेको छैन।

ली कुआनले ६० को दशकमा विश्वकै सबैभन्दा गरिब मुलुकमध्ये एकमा गनिने सिंगापुरलाई अहिलको अति संमृद्ध राष्ट्रको दर्जामा पुर्याएको हो। उनले यसका लागि गतिशील आर्थिक नीतिको आवश्यक रहेको महसुस गरेका थिए। यसका साथै उनले कानुनी राज्य, सशक्त, सरकारी संरचना भ्रष्टाचारविरुद्धको निरन्तर संघर्ष र समष्टिगत स्थिरताले पनि लीलाई आफ्नो महत्वकांक्षा साकार पार्न सहयोग पुर्याएका थिए। ली कुआनले भावी पिढीका लागि राष्ट्रमा बलियो आर्थिक पूर्वाधार खडा गर्ने लक्ष्य लिएका थिए। अहिले सिंगापुरमा प्रत्येक व्यक्तिको आर्थिक मूल्य अमेरिकीहरूकै जति उच्च रहेको छ।

त्यतिबेला करिब २० लाख मात्र जनसंख्या रहेकाले लीले आफ्नो आर्थिक समृद्धिको सपना पूरा गर्न आप्रपवासीलाई मुलुकमा भित्याउनुपर्ने आवश्यकतामा ध्यान दिएका थिए। त्यसमाथि पनि उनले प्रतिभावान र सीपयुक्त मानिसलाई आप्रवासीको उच्च प्राथमिकताभित्र राखे। ली कुआनकै यस सकारात्मक परिकल्पनाका कारण ५० वर्षअघिजस्तै आज पनि सिंगापुरमा बसाइ सर्ने आप्रवासीलाई खुला हृदयले स्वागत गरिने गरिएको छ।

विदेशी र घरेलु जनशक्तिको एकताकै बलमा सिंगापुरले दशकौंसम्म आर्थिक वृद्धि गर्न सकेको हो। मलेसियाबाट छुटिएयता लीले सिंगापुरमा उच्च प्राविधिक सरकार विकास गरे। जसले प्रतिस्पर्धी, गुणमा आधारित र परिणाममुखी आर्थिक नीतिको सफल नेतृत्व वहन गर्यो। सिंगापुरको पुरानो पाया लेवार विमानस्थल साँघुरो महसुस गरिएपछि क्षेत्रीय पारवहन केन्द्रका रूपमा चांगी विमानस्थलको विकास गरिनु लीको महत्वपूर्ण निर्णयमध्ये एक हुन्। सिंगापुरको सुशासन प्रणाली र प्रविधिमा आधारित पारदर्शिता एवं जलीय यातायातको रातारात विकासका कारण यसलाई एसियामा बहुराष्ट्रिय व्यवसायका लागि पायक पर्ने स्थानको विकास गरिएको छ।

साथै केन्द्रीय संचयकोषको व्यवस्था, आवास विकास बोर्डअन्तर्गतको फ्ल्याट स्वामित्व र एकीकृत शिक्षाजस्ता सकारात्मक महत्वपूर्ण आर्थिक नीतिका कारण पनि सिंगापुरलाई ग्रामीण परिवेशबाट आफूलाई छोटो समयमै शहरी स्थितिमा पुर्याउन सजिलो भएको थियो। तर युरोपमा आर्थिक विचलन आइरहेको वर्तमान परिप्रेक्षमा सिंगापुरसामू दिगो विकासको चुनौतीको सामना गर्न सक्षम बनाउनुपर्ने परिस्थिति सिर्जना भएको छ। चुनौतीपूर्ण परिवर्तित आर्थिक नीतिमा समयानुकूल आफूलाई ढाल्दै लैजान बढ्दो तलबलाई सन्तुलनमा राख्ने, जनताको जीवनशैलीलाई सुधार ल्याउने तथा निरन्तर आर्थिक वृद्धिदर कायम राख्दै आफूलाई उच्च र गुणस्तरीय उत्पादनशील मुलुकको दर्जामा राख्न सिंगापुर अझै प्रयत्नशील रहेको छ।

आगामी दशकमा आफूलाई विश्वकै महत्वपूर्ण वित्तीय केन्द्रमध्ये एक बनाउनु जलीय र उड्डयन क्षेत्रमा उदाहरणीय, प्रतिस्पर्धी र विश्वव्यापी बहुराष्ट्रिय कम्पनीहरूको क्षेत्रीय मुख्यालयका रूपमा विकास गर्नुजस्ता लक्ष्य सिंगापुरले बोकेको छ।

प्रतिक्रिया दिनुहोस्