पर्यटक भित्र्याउन बाधा के ?



-दीपेन्द्र थापा

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । नेपालमा पर्यटक भित्याउने सम्भावना रहेको भएपनि सन् २०२० सम्म २० लाख पर्यटक भित्राउन भने सरकारको सानो तिनो कसरतले नपुग्ने देखिएको छ ।

पर्यटन विद प्रचन्डमान श्रेष्ठका अनुसार भारतिय क्षेत्रबाट आवतआवत गर्ने पर्यटकको संख्यामाको गठना गर्ने हो भने सरकारले लिएको २० लाख पर्यटक पु¥याउनको लागि कठिनाई नभएको बताउनु हुन्छ ।

हवाई मागबाट आउने पर्यटकको संख्या भने नपुग्ने देखिन्छ । श्रेष्ठ भन्नु हुन्छ– पूर्वाधार छैन् भएको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल समेतमा समेत अत्याधि हवाई चापका रहेको छ छ,हवाई मार्गबाट आउने पर्यटकले भने सरकारले लिएको २० लाख पर्यटक संख्यापुग्न भने प्राय असम्भव रहेको बताउनु हुन्छ ।

सरकारले सन् २०१९ लाई पूर्वाधारको विकास गरि सन् २०२० सम्म २० लाख पर्यटक पु¥याउने लक्ष्य रहेको छ । सरकारले वार्षिक दश लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको करिब डेढ दशकव्यतित गरिसकेको भएपनि सो पुरा हुन सकेको छैन् । नेपाल पर्यटन वर्ष सन् २०११ मा १० लाखको लक्ष्य राखिएकोमा ७ लाख ३६ हजार २ सय १५ पर्यटन आएका थिए। सन् १९९८ मा ५ लाख पर्यटनले नेपाल भ्रमण गर्ने लक्ष्य लिएकोमा ४ लाख ६३ हजार ६ सय ७४ ले नेपाल भ्रमण गरेका थिए । सन् २०१८को ९ महिनामा करिव ८ लाख पर्यटकले नेपाल भ्रमण गरिसेको छन् । दुई तिहाइ वलियो सरकारको गठन भए सँगै देशको आर्थिक क्षेत्रले नयाँ उचाई लिने आम जनामानसको अपेक्षा थियो । दशकैं पछिको राजनीति गतिरोधको अन्त्य भएसँगै देशले आर्थिक उन्त्तीको बाटोमा लम्किने समय थियो ।

स्रस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान पहिचान गर्नका लागि ‘स्याटलाइट अकाउन्टिङ सिस्टम’ चालु आर्थिक वर्षमानै लागू गर्ने जनाएको छ । उक्त प्रणाली लागू भएपछि अर्थतन्त्र र कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदानको पर्यटकको आगमन सही तथ्यांक प्राप्त हुने विभागिय मन्त्री रविन्द्र अधिकारिको भनाई रहेको छ ।

तर पूर्वाधारको कमि,शुरु गरिएको पूर्वाधार समयमानै पुरा नहुनु भएका पूर्वाधारको अवस्था कमजोर हुनु राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको व्यावस्थापन राम्रो नहुनु, समिसमत मात्र पर्यटकिय गन्तव्यहुन पनि पर्यटको आगमनमा बृद्धि गर्न नसक्नुका कारण रहेको श्रेष्ठको भनाई रहेको छ । यो सवै पक्षको सुदृढीकरण गरि नेपालको प्रचार प्रसार पनि उत्तिकै आवश्यक रहेको सरोकारवालाको भनाई रहेको छ ।

स्थानीय प्रदेश र प्रतिनीधि सभाको निर्वाचन पुराभए सँगै नेपालको राजनीति गतिरोधको अन्त्य भएर देशले आर्थिक उन्नीतीको फ्ड्को मार्ने तर्फ पाइला लक्षितहुनु पर्ने थियो । देशको प्रमुख आयको स्रोतमा रहेको पर्यटन व्यावसायले उल्येख्य गोरेटोहरु कोर्नु पर्ने थियो । देशको एकमात्र राष्ट्रिय ध्वजावहाक हवाई सेवा नेपाल वायुसेवा निगमले नेपालको पर्यटन विकासमा ठूलो टेवा पु¥याउनु पर्ने थियो ।तर यो सबै तिव्र रुपमा हुन सककेको छैन् ।
उपत्यकामा रहेको ट्राफिक जाम,सडकमा भएको धुलोका कारण पर्यटकलाई विमानस्थलबाट उपत्यकाकै नजि रहेका गन्तव्यमा सहज यात्रा गर्न गाह्रो रहेको होटल संघ नेपालका महासचिव विनायक शाहले बताउनु भयो ।

पर्यटन क्षेत्रका बाधक
–पूर्वाधारको पहँुचको कमी
–व्यवस्थापकीय कमजोरी
–सीमित गन्तव्य
–पर्यटनको संवाहक राष्ट्रिय ध्वजावाहक कमजोर उपस्थिति
–गन्तव्यको प्रचारप्रसारमा कमी

नेपालमा पर्यटकको अपेक्ष अनुसार नबढेको भए पनि पनि होटेलको संख्या भने तिव्र रुपमा वृदिृ भैरहेको छ । सन् २०२० सम्म निर्माणाधीन तारे होटेलमा करिब चार हजार कोठा थपिँदैछन् । सानारठूला व्यवसायीको होटेलमा ६० देखि ७० अर्ब रुपियाँ भन्दा बढि लगानी गरिरहेको छन् ,नेपालमा धेरै लगानकिो अवसर नभएकाले गर्दा होटलमा धेरै लगानी बढेर गएको पूर्वाधारकै अभाव हुदा र भएका पूर्वाधारको व्यावस्थापन गर्न सकिएन भने लगानी संकटमा पर्न सक्छ, हाल पर्यटकको आगमन अहिलेको समयमा राम्रो भए पनि अपेक्षा अनुसार हुन नसकेको महासचिव शाहाको भनाई रहेको छ ।

होटल क्षेत्रमा थप ३३ अर्ब लगानी हुँदैछ। सन् २०२० सम्म ४ हजार नयाँ बेड थपिँदै छन्। यसपछि कुल बेड क्षमता ४२ हजार पुग्नेछ । होटल एसोसिएसनका अनुसार ४ हजार बेडमध्ये २ हजार काठमाडौंमा थपिने छन्।
पूर्वाधारको विस्तार विना नेपालको पर्यटन उद्योग राम्रो हुन नसक्ने अवस्था छ हाल साना विमानकाम नेपालमा अवतरण गर्न सक्छन् ठूला विमान आउने गरि पूर्वाधारमा जोड दिन सकेको खण्डमा मात्र नेपालको पर्यटन उद्योगले गति लिने सरकारले लिएको लक्ष्य पुरा हुने शहाको भनाई छ । ‘विमानस्थल, सडक जस्ता पूर्वाधारको विकास गरेर पर्यटक आगजनमा जोड दिनु पर्छ ।’
छिमेकी मुलुक भारत र चीनमा स्थलमार्ग लाई सहज बनाउने र प्रयाप्त मात्रमा पर्यटकल्याउने वातवण स्रिर्जना गर्न अझ पनि सरकारले धेरै तयारि गर्न वाँकी रहेको छ ।

२८ वर्षसम्म राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्समा विमान खरिद गर्न सकेन नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकार भन्नु हुन्छ –निगमले प्रयाप्त विमान खरिद गरि पर्यटकलाई अरुको तुलनामा सस्तोमा टिकट बिक्री गरि पर्यटक भित्राउनु पर्छ ।लामो समय सम्म निमले विमान नथप्नुनै मुलुकको पर्यटन विकासमा बाधक बन्न पुगेको हो ।उहाँका अनुसार निगममा जहाज बढाएर विश्वका प्रमुख पर्यटकीय सहरबाट राष्ट्रिय ध्वजावाहकलेपर्यटक भित्राउनु पर्छ ।

६०वर्षे गर्भिलो इतिहास वोकेको निगम भने आन्तरिक कलह र गुठ गत राजनीतिबाट माथि उठ्न सकेको छैन् ।विमानको संख्यामा वृद्धि हुदै जानु पर्नेमा अझ निगमको साख र्गिदो रहेको छ ।यस वर्ष भित्राइएका दूई नयाँ एयरबस ३३० वाइडबडी विमानले पर्यात उडान भर्न सकेको छैन् ।साउन १०मा ल्याएको विमानले भदौं ८ व्यावसायीक उडान गरेको थियो भने उडान थालेको २१औं दिनमानै विमान ग्राउन्डेड भएको थियो ।

जापान,कोरिया,साउदी अरेवियामा नियमित उडान गर्ने भने ल्याएका विमान जुन दैनिक ८ घण्टा उडान भर्नु पर्ने वताइएको भएपनि छोटा रुटमा समेत नियमित उडान गर्न सकेको छैन् भने छोटो रुटमा उडानभर्दा सो उडान निगमको लागि घाटा बढाउने माध्यममात्र बन्न पुगेको छ ।

राष्ट्रिय ध्वाजवाहक बलियो भएर र पर्यटकिय क्षेत्रमा उडान भर्न नसके सम्म नेपालको पर्यटन क्षेत्रले सोचे जस्तो प्रतिफल दिने छैन् ।२०४६ यतामात्रै निगममा करिव ३८ पटक व्यवस्थापन हेरफेर भएको छ । छोटो समयको लागि गठन हुने नयाँ सरकारको गठन भए सँगै निगमको व्यावस्थापन प्राय परिवर्तन भएको छ । २ तिहाई बहुमतको वाम्पन्थी सरकारको आए सँगै महाप्रवन्धक सुगतरत्न कंसकारको नेतृत्वमा चलिरहेको निगममा असोजमा सरकारले महाप्रवन्धकर अध्यक्षको जिम्मेबारि सहित मदन खरेललाई दोश्रो पटक निगमको बागडोर समाल्न दिएको थियो । करिव ३ वर्षको आन्तरिक गृहकार्य पछि आएको निगमको २ विमान खरिद प्रकृयामा घोटला भएको भन्दै संसदीय समितीहरुले छानविन प्रकृया अगाडि बढाएका छन् ।

सरकाको सन् २०२० को नेपाल भ्रमण वर्षलाईटेवा पु¥याउने योजना सहित सन्२०१९मा छोटो रुटमा उडान गर्नको लागि निगमले २ न्यारोवडि विमान खरिदको लागि वोर्डबाट स्वीकृति लिएको छ भने अकाृ तर्फ आन्तरिक उडानमा बलियो उपस्थिती जनाउनमो लागि निगमले ६ ओटा टुईनअटर समेत खरिद गर्ने आन्तरिक तयारि थालिसेको छ । तर ७ गते प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले वाइड बडी प्रकरणबारे सम्बन्धित पक्षलाई छलफलमा सम्वोधन गदै विभागिय सचिव कृष्ण देभकोटाले विमान खरिदको निर्णय सीधै मन्त्रिपरिषद् निर्णयबाट हुने बताउनु भयो । यो खरिद प्रकृया नसेलादा सम्म नयाँ खरिदको बाटो नखुल्नेदेखिन्छ ।

विगतमा धेरै विवातमा फसेको निगम अझ विादबाट मुक्त हुन सकेको छैन् । २०४९ सालमा निगमको युरोपका जनरल सेल्स एजेन्ट(जिएसए) धमिजा प्रकरणको विादमा आयो ।

२०५४ मा विनाप्रतिस्पर्धा चाइना साउथ(वेष्टबाट जहाज भाडामा लिएपछिपनि निगम विादमा तानियो । २०५७ मा जहाज भाडामा लिने सम्झौताले लाउडा जहाज प्रकरणमा करिव १ वर्षको विवाद पछि तत्काली प्रधान्मन्त्री गिरिजा प्रसादकोइराले राजीनामा दिए पछि साम्य भयो । हाल निगम चिनीयाँको आयत र एयरबस ३३० वाइडबडी विमान खदि प्रकरण विवाद सम्म आई पुग्दा नेपालको राष्ट्रिय ध्वजवहाकले प्रगतिको पथमा लंम्कन सकेको छैन् ।

सरकारका उच्च पदस्त अधिकारिहरुले सन् २०१९ को जुन २८ सम्म सञ्चालनमा आउने जनाएको भएपनि विमानस्थलमा उडान भर्नको लागि एयर स्पेस मेनेजमेन्टमा सरकारले ध्यान दिएको छैन् । सो रुटमा उडान गर्नको लागि भारतीय पक्षले पनि हवाई रुट दिएको छैन् । विमानस्थल बन्दैमा पर्यटक नआउने भएकाले गर्दा सरकारले लिएको लक्ष्य पुरा गर्नको लागि मातहतका निकायलाई निकै कसरत गर्नु पर्ने सरोकार वालाहरुको भनाई छ ।पोखरामा पनि अन्तराष्ट्रिय विमानस्थल निर्माणधिन अवस्थामा छ भने सन् सन् २०२१मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।यता वारामा पनि अन्तराष्ट्रिय विमानस्थलको तयारि थालिसकेको छ । यता सरकारले भएका क्षेत्रिय विमानस्थलको पनि स्तर उन्नती गरि छिमेकी मुलुकका शहरमा उडान गर्ने लक्ष्य लिएको छ ।

यता सरकारले करिव १३ कहिना मात्र हुदा नेपाल भ्रमण वर्षको राष्ट्रिय संयोजकमा व्यावसायी सुरज वैधलाई नियुति गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत(सिईओ) दिपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तिव्र्र रुपमा काम अगाडि बढाएको बताउनु भएको छ ।
उहाँले पर्यटकहरू न्यून संख्यामा आउने मौसममा पनि पर्यटकलाई आकर्षित गर्ने योजना अघि सारिएको जनानकारि दिनु भयो । उहाँले,‘नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउनेगरि काम अघि बढाईसकेका छौं ।’

२० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित घोषणा भएको ‘नेपाल भ्रमण वर्ष’ लाई सफल बनाउनका लगि मातहतका निकाय सक्रियताका पर्यटनको लागि चाहिने पूर्वाधारहरु निर्माणको लागि पनि हामीले सरोकारवाला निकायहरुसँग समन्वय समेत गरेर काम अघि बढाएका छौं ।’ सन् २०१९ भित्र नै त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल मर्मतको काम सम्पन्न भएपछि र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा समयमानै संञ्चालनमा आएको खण्डमा भ्रमण वर्ष सफल बनाउन सकिनेमा सिइओ जोशीले बताउनु भयो ।भ्रमण वर्ष सफल पार्न सरकारले १० करोड रुपियाँ विनीयोजन समेत गरिसकेको छ । सरकारले आगामि २ वर्ष भित्र एक पर्यटक ले दैनिक ६५ डलर खर्च गर्ने र बसाई अवधि १४ दिन पुर्याउने लक्ष्य राखेको छ । हाल एक पर्यटकले दैनिक ५४ डलर खर्च गर्ने गरेको र १२ दिनको औसत वसाई रहेको तथ्याङक छ ।

 

प्रतिक्रिया दिनुहोस्