लक्स कामना फिल्म अवार्डस् २०७५: के भन्छन् मनोनयनमा परेकाहरू?



विधा: सहअभिनेत्री
नोमिनेसनमा आउने नै ठँलो कुरा हो ः मिथिला शर्मा
फिल्म: आधा लभ
नोमिनेसनमा आउनु नै काम राम्रो गरेको छ भन्नु हो। यसरी काउन्टमा आउनु नै ठँलो कुरा हो। नोमिनेसनमा परेर अवार्ड जित्नका लागि राम्रो काम गर्नुपर्छ। सबैको काम राम्रो छ। सबैजना उत्तिकै क्षमतावान् हुनुहुन्छ। मनोनयनमा पर्ने सबैलाई शुभ कामना⁄

 

मिथिलाले जित्नुुहुन्छ:रोजीषा शाही
फिल्म: ग्याङस्टर ब्लुज
बेस्ट सर्पोटिङ एक्ट्रेसको अवार्ड मिथिला शर्माले जित्नुहुन्छ। उहाँले धेरै राम्रो काम गर्नुभएको छ। शी इज एन गुड एक्ट्रेस। आफ्नो कुरा गर्दाखेरी म आफ्नो कामदेखि कहिल्यै ≈याप्पी हुन्नँ। म आफ्नो कामलाई जहिल्यै क्रिटिकल्ली हेर्छु। मैले अझ धेरै सुधार गर्नुपर्नेछ।

आफ्नै नाम लिँदा प्राउडी लाग्ला:अनु शाह
फिल्म: कान्छी
म आफैले अवार्ड जित्छु भन्दा प्राउडी लाग्ला। तर अवार्ड आफँले नै जितँँ भन्ने त लागिहाल्छ नि। धेरै फिल्मबाट छानिएर टप फाइभमा आउँदा आफँलाई लक्की ठान्छु। आफँले राम्रो काम गर्ने हो अवार्ड कसलाई दिने भन्ने कुरा जुरीको हो। नोमिनेसनमा पर्ने सबै मलाई मन पर्ने एक्ट्रेस हुनुहुन्छ। अवार्डचाहिँ कसले जित्छ भन्नै सक्दिनँ।

जित्न पाए हुन्थ्यो: वर्षा राउत
फिल्म: छक्का पञ्जा २
अवार्ड कसले जित्छ भन्न मिल्दैन। नोमिनेसनमा पर्ने सबैको फिल्म मैले हेरेको छु। सबैको काम राम्रो छ। अवार्ड डिजर्भिङले जित्नुप¥यो। कामको आधारमा अवार्ड जित्दा फेयर हुन्छ। नोमिनेसनमा परेपछि अवार्ड जित्न पाए हुन्थ्यो जस्तो त सबैलाई लागिहाल्छ। म लक्स स्टार अफ द इयरमा पनि परेको रहेछु। यसमा पर्नुहुने सबैलाई पब्लिकले निकै मन पराइरहनुभएको छ। उहाँहरूको सबै फिल्म चलिरहेको छ। यसमा पब्लिकको भोटको आधारमा विजेता हुने भएकाले जसलाई पब्लिकको भोट गर्नुहुन्छ, उसैले अवार्ड जित्नुहुन्छ जस्तो लाग्छ।

विधा: सर्वोत्कृष्ट खलपात्र
सबैजना अवार्डको दाबेदार: विपीन कार्की
फिल्म : नाका
सबैले आ आफ्नो ठाउँमा राम्रो काम गरेका छन्। काममा केही नै नभई त पक्कै नोमिनेसनमा पर्नुभएको हैन होला। त्यस कारण सबैजना अवार्डको दाबेदार हुनुहुन्छ। मैले नोमिनेसनमा पर्ने सबै जनाको काम हेर्ने मौका पाइनँ। आफ्नो मात्र काम हेरेर पनि भन्ने कुरा भएन। त्यस कारण अवार्ड यसैले जित्छ भन्न सकिँदैन।

जसले पाए पनि खुसी : प्रशान्त ताम्राकार
फिल्म : ऐश्वर्य
अवार्ड कसलाई दिने भन्ने कुरा त जुरीले डिसिजन गर्ने कुरा हो। काम गर्दा अवार्ड पाउँछु भनेर गरिँदैन। तर गरेको कामबाट रिकग्निेसन गरेर टप फाइभमा राखिदिनु नै राम्रो कुरा हो। जुरीले काम हेरेर नोमिनेसनमा राखिदिँदा खुसी लाग्छ। अवार्ड जसले पाए पनि एउटा नेपाली कलाकारले पाउने भएकाले जसले पाए पनि दःुख मन छैन।

जसले जिते पनि शुभकामना: पुकार भट्टराई
फिल्म ः पिँजडा ब्याक अगेन
आआफ्नो ठाउँमा सबैको काम राम्रो छ। अनुप भाइले पनि राम्रो काम गर्न‘ भएको छ भने प्रशान्त भाइको पनि काम राम्रो देखिन्छ। यसमा मैले नै अवार्ड जित्छुभन्दा अन्त असर पर्ला। जुरीले काम हेरेर विजेता छनोट गर्नुप¥यो। अवार्ड जसले जिते पनि शुभकामना।

सबैको काम राम्रो : रमेशरञ्जन झा
फिल्म : संरक्षण
अवार्ड कसले जित्छ भन्ने प्रश्नको जवाफ नै गाह्रो छ। स्वाभाविकरूपमा टप फाइभमा पर्नुहुने सबैजनाको काम राम्रो भएको कारण नै मनोनयनमा पर्नुभएको हो। सयांै फिल्मबाट टप फाइभमा आउनु भनेको एक किसिमले उत्कृष्ट हुनु हो। म कलाकार भएकाले जजको आँखा ममा छैन र जज गर्नका लागि सक्षम पनि छैन। त्यस कारण भन्न सक्दिनँ। आफ्नो कामको कुरा गर्ने हो भने मैले फिल्ममा धेरै मेहनत गरेर राम्रो काम गरेको छु। म मात्र नभएर टिमले नै निकै मेहनत गरेका छौं।

विधा : सर्वोत्कृष्ट हास्य कलाकार
केदार र शिवहरिको कमेडी राम्रो : जयनन्द लामा
फिल्म : छक्का पञ्जा २
मेरो विचारमा हास्य कलाकारमा केदार घिमिरे र शिवहरि पौडेलमध्ये एक जनाले अवार्ड जित्छन्। म पनि नोमिनेसनमा पर्नु छुट्टै कुरा हो। तर हामीले आफँलाई भन्दा पनि राम्रो काम गर्नेलाई मान्यता दिनुपर्छ। केदार र शिवहरिको कमेडी राम्रो छ। त्यस कारण उनीहरूमध्ये एकले अवार्ड पाउँछन् भन्ने लाग्छ।

केदारले पाउँछन् : बुद्धि तामाङ
फिल्म : दुई रुपियाँ
मेरो विचारमा केदार घिमिरेले अवार्ड पाउँछन्। अवार्डको बारेमा मलाई त्यति थाहा पनि छैन। अहिलेसम्म मैले अवार्डको नाममा एउटा किलो पनि पाएको छैन। त्यस कारण मलाई त्यति थाहा छैन।

राजारामले पाउनुहुन्छ : शिवहरि पौडेल
फिल्म : शत्रु गते
जुरीले निर्णय गर्ने कुरा हामीले भन्न मिल्दैन। मेरो विचारमा राजाराम पौडेलले अवार्ड जित्नुहुन्छ किनभने उहाँ सिनियर कलाकार हुनुहुन्छ। उहाँको एक्टिङ निकै राम्रो छ। यदि म जुरीमा थिएँ भने त राजाराम दाइलाई नै अवार्ड दिन्थें।

कामनाको अवार्डमा विश्वास छ : राजाराम पौडेल
फिल्म : म यस्तो गीत गाउँछु
मलाई अवार्डमा खासै इन्ट्रेस्ट लाग्दैन। अहिले अवार्डको नाममा पैसा कुम्ल्याउने काम मात्र भइरहेको देख्छु। तर कामनाको अवार्डमा भने मलाई विश्वास छ। यो पुरानो पत्रिका भएकाले यसमा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। अन्य अवार्डमा केदार घिमिरेले जितिरहेको कारण उसले अवार्ड जित्छ कि जस्तो लाग्छ। मलाई आफँले अवार्ड जित्छु जस्तो लाग्दैन। मैले आफँलाई कहिल्यै पनि भोट हालेको छैन र हाल्दिन पनि। तर म मेहनतको साथ राम्रो कर्म गर्छु। मेरो कामलाई दर्शकले मन पराइदिनुभएको छ। जुरीले सबैको काम हेरेर सही मँल्यांकन गर्नहुन्छ भन्ने लाग्छ।

म त बोल्दिनँ : केदार घिमिरे
फिल्म : छक्का पञ्जा २
म त यसका बारेमा केही भन्न सक्दिनँ। मैले पोहोर परार पनि नोमिनेसनमा हुँदा गरेको गेस मिलेन। एउटाले जित्छ भनेको अवार्ड अर्कैले जित्यो। त्यस कारण किन भन्ने जस्तो लाग्यो। अहिले पनि म केही बोल्दिनँ।

विधा : सर्वोत्कृष्ट बालकलाकार
मैले नै जिते हुन्थ्यो : कुशाग्र भट्टराई
फिल्म : पिँजडा ब्याक अगेन
पिँजडा ब्याक अगेन मेरो फस्ट मुभी हो। फस्ट मुभीबाट नै कामना फिल्म अवार्डमा नोमिनेसनमा पर्दा खुसी लागेको छ। नोमिनेसनमा परेको सबै फिल्म हेरेको जस्तो लाग्छ। तर अन्य बाल कलाकारले कस्तो काम गर्नुभएको छ याद भएन। अनुभव रेग्मीको कामचाहिँ राम्रो लागेको थियो। तर सबै जना इक्वेल जस्तो लाग्छ। मेरो फिल्म हेरेर ठँलो ममी र फ्यामिलीले धेरै राम्रो छ भन्नुभएको थियो। सबैले मन पराउनुभएको छ। अवार्ड जसले जिते पनि ठीक छ। अलिअलि चाहिँ मैले नै जिते पनि हुन्थ्यो भन्ने लागेको छ।

थाहा छैन : सौरभ शाह
फिल्म : कृ
मैले अनुभव रेग्मीको फिल्म ए मेरो हजुर २ मात्र हेरेको छु, अरू हेरेको छैन। अनुभव रेग्मीको काम मन परेको थियो। कृ मेरो पहिलो फिल्म हो। आफ्नो कामबाट म सन्तुष्ट छु। अवार्ड कसले जित्छ थाहा छैन।

प्रतिक्रिया दिनुहोस्