लक्स कामना फिल्म अवार्डस्–२०७५: के भन्छन्  मनोनयमा परेकाहरू ?



विधा ः सम्पादन
सबैको काम राम्रो छ ः अर्जुन जीसी
फिल्म ः लिली बिली
अवार्ड कसले जित्छ त म भन्न सक्दिनँ, यसमा मभन्दा सिनियर दाइहरू पनि हुनुहुन्छ भने भाइहरू पनि हुनुहुन्छ। सबैको काम राम्रो छ, त्यसमा पनि जुरीहरूले कसरी निर्णय गर्नुभएको छ भन्ने कुरामा भर पर्छ। फिल्म चलेको आधारमा वा काम राम्रो भएको आधारमा अवार्डको घोषणा गर्नु फरक कुरा हो। नचलेको फिल्मको पनि प्राविधिक पक्ष राम्रो हुन सक्छ, त्यसमा व्यापारले फरक पर्दैन।
डिपेन अन जुरी ः विपीन मल्ल
फिल्म ः छक्का पञ्जा–२
विनरको डिसिजन गर्ने काम जुरीको हो। सबैको काम राम्रो छ। विनर डिपेन्डस अन जुरी।
यो गाह्रो कुरा हो ः बनिष शाह
फिल्म ः ए मेरो हजुर–२ (मिलन श्रेष्ठका साथ) र कान्छी (भूपेन्द्र अधिकारीका साथ)
अवार्ड कस्ले जित्छ भन्नु गार्हो कुरा हो। फिल्म हेर्दाखरी एउटाको नाम त लिन सकिँदैन। मेरो विचारमा छक्कापञ्जा २, लीलीबीली र कान्छीमध्ये एक फिल्मले जित्छ।
विधा ः ध्वनि मिश्रण 
जसले पाए पनि ठीक छ ः उत्तम न्यौपाने
फिल्म ः ए मेरो हजुर र कृ
अवार्ड कसले पाउँछ भन्ने कुरा त कसरी थाहा हुन्छ र? सबैजना आ–आफ्नो ठाउँमा अवार्डका लागि डिर्जभिङ हुनुहुन्छ। जसले पाए पनि ठीक छ।
कामना अवार्ड फेयर छ ः मुकेश शाह
फिल्म ः लिली बिल
साह्रै गाह्रो प्रश्न। मैले अवाडचाहिँ पाउँदिन। तर, नोमिनेसनमा राखिदिनुभएछ, कामनालाई धन्यवाद। सुनयमान श्रेष्ठ दाइ त मेरो गुरु हो। उत्तम न्यौपाने बेस्ट हुनुहुन्छ। उहाँहरू दुई–दुई वटा फिल्मबाट नोमिनेसनमा पर्नुभएको छ। जसले पाए पनि फेयर जर्जमेन्ट हुनेछ। मैले अवार्ड नजिते पनि अन्य फिल्म अवार्डभन्दा कामना फिल्म अवार्ड फेयर छ।
जसले जिते पनि रिसाउनु हुँदैन ः सुनयमान श्रेष्ठ
फिल्म ः संरक्षण र छक्का पञ्जा–
नोमिनेसनमा पर्नु भनेकैै अवार्ड जितेबराबर हो। सबैजना एक्सपिरियन्स भएका नै नोमिनेसनमा पर्नुभएको छ। अहिले सबै फिल्ममा इन्टरनेसनल लेभलकै काम गर्नुपर्छ। त्यस कारण सबैको काम राम्रो नै हुन्छ। अवार्ड जसले जिते पनि ठीक छ। एउटाले जित्यो भनेर रिसाउने भन्नेचाहिँ हुँदैन।
विधा ः पाश्र्व संगीत
कहिल्यै जित्दिन ः शैलेश श्रेष्ठ
फिल्म ः ए मेरो हजुर–२ र कृ
अवार्ड कसले जित्छ मलाई थाहा नै भएन। म सधैं नोमिनेसनमा परिरहेको हुन्छु। तर, कहिल्यै जित्दिनँ। सधैं एउटैले मात्र अवार्ड जितिरहेको हुन्छ। त्यसैले मलाई अवार्डको बारेमा केही बोल्नै मन लाग्दैन।
भन्नै सकिन्न ः सुजिल कर्मचार्य
फिल्म ः छक्का पञ्जा–२द
नोमिनेसनमा पर्ने सबैजना अवार्डको दाबेदार हुनुहुन्छ। त्यस कारण यसले जित्छ भन्नै सकिँदैन। जसले जिते पनि वेल। सबैको काम नहेरेका कारण पनि भन्नै सकिँदैन।
भन्न सकिएन ः एलिश कार्की
फिल्म ः लिली बिली
मैले सबै फिल्म हेरेको छैन। म यस्तो गीत गाउँछु चाहिँ हेरेको थिएँ ब्याकग्राउन्ड म्युजिक मन परेको थियो। सबै फिल्म नहेरेका कारण भन्न सकिएन। लिली बिलीमा चाहिँ मैले इन्टरनेसनल म्युजिकलाई नेपाली म्युजिकमा फ्युजन गर्ने कोशिस गरेको छु।
इन्ट्रेस्ट छैन ः शैलेन्द्र प्रधान
(मनोनयनमा सुजिल कर्माचार्यका साथमा)
फिल्म ः म यस्तो गीत गाउँछु
अवार्ड जसले पाए पनि ठीक छ। अवार्डप्रति खासै इन्ट्रेस्ट छैन।
विधा ः शृंगार  
मैले जित्छु कि? ः अमृत मरहठ्ठा
फिल्म ः पञ्चायत
नोमिनेसनमा परेको रहेछु, खुसी लाग्यो। यसपटक नोमिनेसनमा ह्याट्रिक भएकाले अवार्ड मैले नै पाउँछु कि जस्तो लाग्छ। सबैको काम राम्रो छ, तर किन–किन अवार्ड चाहिँ मैले जित्छु कि जस्तो लाग्यो।
श्याम बरालको काम राम्रो छ ः
निमा लामा, फिल्म ः कृ
अवार्ड कसले जित्छ त थाहा भएन। छक्का पञ्जा–२ मा श्याम बरालको कामचाहिँ मन परेको थियो। तर, सबै फिल्म हेरेको छैन। सबैलाई आफ्नो काम मन पर्छ। आफूले आफैंलाई अवार्ड पाउँछु भनेरचाहिँ कसुरी भन्नु?
अवार्ड पाउनेलाई बधाई ः शंकर थापा
फिल्म ः घामपानी
सबैको काम आ–आफ्नो ठाउँमा राम्रो छ। नोमिनेसनमा पर्ने श्याम बराल दाइ हाम्रो सिनियर हुनुहुन्छ। अरू त सबै साथीहरू एउटै ब्याचको हो। अवार्ड जसले पाए पनि एक–अर्कालाई बधाई दिन्छौं।
नेपालको अवार्ड चित्त बुझ्दैन ः
श्याम बराल
फिल्म ः छक्का पञ्जा–२
अवार्ड कसले पाउँछ भनेर हामीले बोल्ने कुरा होइन। नोमिनेसनमा पर्नु ठूलो कुरा भएन। सबैले राम्रो काम गर्न चाहन्छन्। नेपालको अवार्डमा जुरीहरूले काममा ध्यान दिँदैनन्। नोमिनेसनमा राख्नैपर्ने भएकाले राखिदिन्छन्। त्यस कारण मलाई नेपालको अवार्ड चित्त बुझ्दैन।

प्रतिक्रिया दिनुहोस्