सबैभन्दा ठूलो कुकुर बधशाला भत्काइयो



सोल,(एजेन्सी)
दक्षिण कोरियाका अधिकारीहरूले शुक्रवार देखि सबैभन्दा ठूलो कुकुर वधशाला भत्काउन शुरू गरेका छन्। राजधानी सोल देखि दक्षिणमा पर्ने सियोंगनाम शहर स्थित तायप्येयोंग – डोंगमा रहेको यस वधशालालाई दुई दिनमा पुरा भत्काएर पार्कमा परिणत गरिने सरकारी संचार माध्यमले जनाएको छ।

दक्षिण कोरियामा वार्षेनी करिव दस लाखवटा कुकुर खपत हुने गरेको छ। जनावर संरक्षणवादी अभियन्ताहरूले कुकुरको मासु खाने परम्परा नै समाप्त गर्ने निर्णय गरेका छन्। कुन ैसमय दक्ष्ँिण कोरियामा कुकुरको मासु अत्यनतै स्वादिलो परिकार मानेर खाने गरिन्थ्यो।

तर पछिल्ला केहि वर्ष यता मानिसहरूको यस प्रतिको सोचमा परिवर्तन् आउन थालेको छ। कोरियाली जनावर अभिकारका लागि वकालत गर्ने संस्था ( कारा ) ले जारी गरेको विज्ञप्तिमा भनिएके छ , ‘ यो एक ऐतिहासिक क्षण हो। यस कदमबाट राष्ट्रका अन्य थुप्रै वधशालाहरू पनि धमाधम बन्द हुँदै जाने आशा गर्न सकिन्छ। फलत कुकुरको मासु उद्योग अन्तत बन्द नै हुनेछ। ’ तायप्येयोंग–डोंग कम्प्लेक्समा रहेका कम्तिमा छ वटा वधशालामा दिनहुँ सयौं संख्यामा काटिने कुकुरका मासु देशभरिका रेस्टुरेन्टमा जाने गरेको छ।

मानव समाज अन्तर्राष्ट्रिय ( एचएसआइ ) का अभियन्ताहरूले सो कम्प्लेक्समा रहेका कुकुर मार्न प्रयोग गरिने बिद्युतिय सामग्री , छुराहरू र रौं निकाल्ने मेसिनहरू निक ैभयावह रहेको बताएका छन्। स्थानिय वासिन्दा नारा किम भन्छन् , ‘ यो वधशाला सिओंगनाम शशहरकै कलँकको रूपमा रहेको थियो। यसमाथि बुलडोजर चलेको देख्दा हामीलाई खुशी लागेको छ। कुकुरको मासु खाने गरेकाले दक्षिण कोरियालीहरूलाई हेयको दृष्टिले पनि हेरिने गरेको छ। ’

प्रतिक्रिया दिनुहोस्