नायक विपिन कार्की चढेको मोटरसाइकल दुर्घटना



काठमाडाैं । सिनेमा ‘जात्रै जात्रा’ को छायांकनमा व्यस्त अभिनेता विपिन कार्की एकाबिहानै मोटरसाइकल दुर्घटनामा परेका छन् । सुटिङमा जाने क्रममा मंगलबार बिहान ७ः४५ बजे उनी दुर्घटनामा परेका हुन् ।

कालिमाटीमा अभिनेता कार्की चढेको मोटरसाइकललाई अर्को मोटरसाइलले ठक्कर दिँदा दुर्घटना भएको हो । अभिनेता कार्कीको खुटुटामा चोट लागेको छ ।

तर आत्तिहाल्नुपर्ने अवस्था नभएको निर्देशक प्रदीप भट्टराईले जानकारी दिएका छन् । अभिनेता कार्कीको उपचार बल्खुस्थित बयोधा हस्पिटलमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्