सिक्रि लुटपाट गर्ने एक जना पक्राउ



काठमाडौं ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले सिक्री लुटी फरार १ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौ तारकेश्वर नगरपालीका शान्तिटोल लामाबगर स्थित भगवती बानियाको किराना पसलमा समान किन्न आएको बहाना बनाई बानियाले लगाएको सिक्रि काभ्रेस्थली बस्ने सल्यानकोटका देव तामाङ लगाएत ३ जनाले लुटि फरार भएका थिय ।

घट्नाको सुचना पाउना साथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलिले लुटपाटमा संलग्न मध्येका १ जनालाई पक्राउ गरेको छ भने घट्नामा संलग्न अन्य व्यक्तीहरूलाई प्रहरीले खोजतलास गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्