बत्तिसपुतलीको होटलबाट १३ जना करोडपति पक्राउ



काठमाडौं ।
काठमाडौं प्रहरीले बत्तिसपुतलीमा रहेको एक होटलमा छापा हानी ठूला व्यापारीहरुलाई पक्राउ गरेको छ । होटल मिराज लर्डस इनमा छापा हानी प्रहरीले १३ जना मारवाडी व्यवसायीलाई पक्राउ गरेको हो ।

महेश गोयल सञ्चालक रहेको होटलको पाँचौ तलाको कोठा नंम्बर ५०२ मा जुवा खेलिरहेका १३ जनालाई व्यापारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले त्यहाँ करोडौंको जुवा खेलिरहेका थिए । खालबाटै ७ लाख ६० हजार रुपैयाँ बरामद भएको एसएसपी बसन्त लामाले बताए ।

पेशेवर रुपमा त्यहाँ जुवा खेलाइने सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । होटल सञ्चालककै मिलेमतोमा जुवा खेलाइने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्