अनलाइन र कम्पनीका वित्तीय सूचकले लगानीकर्तालाई आकर्षित गरेन



नेपाल समाचारपत्र, काठमाडौं
अनलाइन कारोबार प्रणालीमा गएपछि हरेक दिनजस्तो समस्यासँग जुध्दै गएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्तिक महिनाको अन्तिम कारोबार दिन बिहीबार २ दशमलव ५६ अंकले घटेर १ हजार २ सय ५ दशमलव शँन्य २ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

बिहीबार नेप्सेमा कुल १५८ वटा कम्पनीको ८ लाख २७ हजार ८ सय ५६ कित्ता शेयर किनबेच हुँदा २३ करोड ९८ लाख ६८ हजार १ सय ४२ रुपियाँको कारोबार भएको छ । अघिल्ला दिनको तुलनामा नेप्सेमा केही सुधार देखिएको भए पनि लगानीकर्ता अझै ढुक्क हुन सकेका छन् ।

बैंक तथा वित्तलगायतका कम्पनीहरूले चालँ आर्थिक वर्षको पहिलो
तीन महिनाको वित्तीय विवरण सार्वजनिक गर्नुका साथै लाभांश घोषणा गर्ने क्रम जारी रहे पनि लगानीकर्ताले स्वीकार गर्न सकेका छैनन् ।

अधिकांश कम्पनीको वित्तीय विवरण गत वर्षको भन्दा उल्लेख सुधार देखिए पनि पुँजी बजारका लगानीकर्तालाई त्यसले आकर्षित गर्न सकेको छैन । बैंक तथा वित्तीय संस्गाहरुले बोनस शेयरभन्दा नगद लाभांशतर्फ जोड दिएका कारण लगानीकर्ता उत्साहित हुन नसकेको सरोकारवाला बताउँछन् ।

बिहीबार जम्मा ९ वटा उपसमँहको शेयर कारोबारमा आएको थियो । जसमध्ये विकास बैंक समँह शँन्य दशमलव ३४ अंक र निर्जीवन बीमा समँह ७ दशमलव ४२ अंकले बढेका छन भने बाँकी सबै उपसमँह घटेका छन् । यस दिन लघुवित्त समँह १४ दशमलव ६४ अंक, जीवन बीमा समँह १० दशमलव ९९ अंक, होटल समँह ७ दशमलव ५८ अंक, जलविद्युत् समँह ५ दशमलव १ अंक, वित्त समँह ४ दशमलव ४६ अंक, अन्य समँह ३ दशमलव शँन्य ६ अंक र बैकिङ समँह १ दशमलव अंकले घटेका छन् ।

यस दिन पनि सबैभन्दा बढी प्रभु बैंकको शेयर कारोबार भएको छ । यस बैंकको २ करोड ३१ लाख ८८ हजार ९ सय ८६ रुपियाँको कारोबार भएको छ ।
त्यस्तै सबैभन्दा बढी एभरेस्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतले कमाएका छन् भने गुमाउनेमा मेरो माइक्रोफाइनान्सका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ३ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

बिहीबार ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापन गर्ने सेन्सिटिभ परिसँचक पनि शँन्य दशमलव ६२ अंकले घटेर २ सय ५६ दशमलव २८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्