संसद् भवनको प्रबलीकरण र नवनिर्माण कहिले ?



सिंहदरबारस्थित पुरानो संसद् भवन (ग्यालरी बैठक) भत्काएर नयाँ बनाउने कि प्रबलीकरण गर्ने भन्ने विषय अझै अन्योलमै रहेको समाचार आइरहेको छ । न्युज अफ नेपालमा यो समाचार पढेपछि केही कुरा राख्न मन लाग्यो ।

मुलुकमा प्रजातन्त्रको संसदीय अभ्यासको इतिहास बोकेको भवन प्रबलीकरण वा नयाँ निर्माण भन्ने विषयमा राष्ट्रिय पुनः निर्माण प्राधिकरण र सङ्घीय संसद् सचिवालयबीच मतैक्यता हुन नसकेको कुराले नेपालको विकासको गति र समृद्धिको सपना बाँड्नेको कामको गति छर्लङ्ग देखिएको छ ।

पहिलो आमनिर्वाचनपछि मुलुकमा गठन भएको संसद्ले अभ्यास गरेको ऐतिहासिक भवन प्रबलीकरण गरी जोगाएर राख्नुपर्छ भन्ने मत संसद् सचिवालय रहेको छ । साथै प्राधिकरणले भने जसरी सिंहदरबारको पश्चिम मोहडाले ऐतिहासिक र पुरातात्विक महत्व बोकेको छ । त्यस्तो महत्व बोकेकोे हुँदा अहिलेकै स्वरुपमा संसद् भवनको नवनिर्माण गर्न उपयुक्त हुने तर्क अघि सारेको कुरा बाहिर आएको छ ।

भवनभित्र ऐतिहासिक महत्व र निकै कलात्मक पेन्टिङसमेत रहेको छ । भवनलाई जोगाएर लैजानुपर्छ, संसदीय सङ्ग्रहालय बनाएर राख्नुपर्छ भन्ने संसद् सचिवालयको मान्यतामा मेरो पनि सहमति छ । यो विषयलाई विवादको भन्दा पनि समाधानको दिशातर्फ लैजान सम्बन्धित सबैमा मेरो अनुरोध छ ।
– समीक्षा पोख्रेल, तनहुँ ।

प्रतिक्रिया दिनुहोस्