आधुनिक शैलीको राधाकृष्ण मन्दिर बन्ने



काठमाडौँ ।
जगत्गुरु कृपालु प्रतिष्ठान (जेकेपी), नेपालले काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ७ मा धार्मिक पर्यटन प्रवद्र्धनका लागि आधुनिक शैलीको ऐतिहासिक राधाकृष्ण मन्दिर निर्माण गर्ने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष राजुप्रसाद कँडेलका अनुसार १२५ रोपनी क्षेत्रफलमा इटालियन मार्बलबाट मन्दिर निर्माण हुनेछ । मन्दिर परिसरमै सवारी साधनको पर्याप्त पार्किङ, तीन वटा ठूला सभाहल, विभिन्न फाउण्टेनसहितको आकर्षक बगैँचाको निर्माण हुनेछ । मन्दिरको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न हुने लक्ष्य लिइएको छ । सो कार्यमा नगरपालिकाले पनि सहयोग गर्ने जनाइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्