३३ किलो सुनकाण्डः सिलवाल र खेतान धरौटीमा रिहा



मोरङ ।
३३ किलो सुनकाण्ड र मोरङ उर्लाबारीका सनम साक्य हत्याकाण्डका अभियुक्तहरु मदन सिलवाल र सञ्जय खेतान नामले चिनिने प्रभात अग्रवाल धरौटीमा रिहा भएका छन् ।

बिहीबार उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा र उमेशकुमार सिंहको इजलासले उनीहरु दवै जनालाई पाँच–पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

रिहा भएका अग्रवालमाथि सुन तस्करी प्रकरणका नाइके चुणामणि उप्रेती गोरेलाई सुन आयात गर्न सरयोग आरोप लागेको थियो ।

यसअघि जिल्ला अदालत मोरङले सुनकाण्ड तथा शाक्य हत्याकाण्ड मुद्दामा गत भदौ १३ गते खेतानसहित आरडी राजु भनिने राजकुमार दारुका, डब्बु भनिने इस्तियाज उद्दिन, अबु सलमान खान भनिने सैयाद अकवर साह र भारतीय नागरिक बिमल पोद्दारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गत असार २४ गते मदन सिलवालसहित राम तिवारी, मोतीराम श्रेष्ठ, र भुजुङ गुरुङका ड्राइभर लक्षुबहादुर गुरुङलाई पूपक्र्षका लागि कारागार चलानको आदेश दिएको थियो । उनीहरु मध्ये राम तिवारी धरौटीमा छुटिसकेका छन् भने बिहीबार सिलवाललाई पनि छाड्ने आदेश भएको हो ।

प्रतिक्रिया दिनुहोस्