काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक



नेपाल समाचारपत्र, काठमाडौं ।
काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मंसिर १ गतेलाई बोलाएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई समेत अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

बैठक मंसिर १ गते शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा विधान मस्यौदा समितिले तयार पारेको विधान, मंसिर २८ गतेबाट हुने महासमिति बैठक र नेविसंघको अधिवेशन र विधानका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्