मुख्य व्यापारिक केन्द्र सोलाबाङमा फोन इन्टरनेट बिस्तार



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्थित सोलाबाङमा नेपाल टेलिकमले सेवा बिस्तार गरेको छ । रुकुमकै मुख्य व्यापारिक केन्द्र सोलाबाङ सदरमुकाम नजिकै भएर पनि हालै मात्र सो सेवा बिस्तार भएको हो । नेपाल टेलिकमले ल्याण्डलाईन फोन र एडिएसएल ईन्टरनेट लाईन बिस्तार गरेको छ ।

हि कार्तिक २० गतेदेखि फोन र ईन्टरनेट सेवा सुचारु गरेर ग्राहकहरुलाई बिस्तार गरेको नेपाल टेलिकम रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सोलाबाङ बजारमा नयाँ एक्सचेन्स मार्फत ल्याण्डलाईन बिस्तार गरिएको छ ।

१ सय २८ वटा टेलिफोन लाईन बिस्तारको क्षमता रहेको त्यस एक्सचेन्ज मार्फत हालसम्म २८ वटा टेलिफोन र ईन्टरनेट लाईन बिस्तार गरेर प्रयोगमा आईसकेको छ ।

‘सेवा सुचारु भएको केहि दिनमै तिहार बिदाका कारण थप ग्राहकहरुलाई बिस्तार गर्न सकिएन’ प्रमुख शर्माले भन्नुभयो ‘अफिस खुलेसँगै माग धेरै आएको छ, क्षमता अनुसारको लाईन माग भए अनुसार सबै ग्राहकलाई बिस्तार हुन्छ ।’

रुकुम पश्चिमको सोलाबाङ पनि जिल्लाकै प्रमुख ब्यापारिक केन्द्रको रुपमा रहेको भएपनि टेलिफोन लाईन बिस्तार गर्न व्यवसायीहरुले बेलाबेला माग गर्दै आएका थिए । टेलिफोन र ईन्टरनेट सेवा प्रभावकारी नहुँदा व्यापारीहरु सगै त्यहाँ स्थित सरकारी तथा गैरकारी कार्यालय, बित्तिय र शैक्षिक संस्थाहरु समस्या थिए ।

आफ्नो माग पुरा भएपनि व्यापारीहरु सगै त्यहाँका स्थानीयहरु खुसि भएका छन । नेपाल टेलिकम रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोट सँगै रुकुम पूर्वको जिल्ला पनि हेर्दै आएको छ । कार्यालय टेलिफोन सेवा नपुगेका र माग भएका अन्य बजारहरुमा पनि क्रमस बिस्तारको योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्