बिरालोको टोकाइबाट वेलायतीलाई रेविज



लन्डन,(एजेन्सी)
मोरोक्कोमा विदा मनाउन जाने क्रममा एकजना वेलायती नागरिकको रेविज संक्रमणको कारण मृत्यु भएको वेलायती स्वास्थ अधिकारीहरुले सोमवार बताएका छन् । पब्लिक हेल्थ इंगल्यान्ड ( पिएचइ ) ले बिरालोले टोकेपछि ति व्यक्तिलाई रेविज लागेको जनाएको छ ।

पिएचइले रेविज संक्रमण हुने राष्ट्रहरुको भ्रमण गर्ने क्रममा जनावरहरुबाट टाढा रहन वेलायतीहरुलाई सजग गराएको छ । वेलायतका पाल्तु वा बन्य जन्तुमा रेविज देखिएको छैन ।

तर सन् २००० देखि २०१७ बिच वेलायतमा पाँचजना वेलायतीलाई रेविज लागेको छ । संयुक्त अधिराज्यमा पनि केहि विशेष प्रकारका चमेरोमा रेविजको जस्तो भाइरस पाइने बताइएको छ ।

विश्व स्वास्थ संगठन ( डब्ल्युएचओ ) का अनुसार विश्वका करिव एक सय पचास वटा भन्दा बढि राष्ट्रमा रेविज भेटिने गरेको र यसको कारण वर्षेनी दसौं हजार मानिसको ज्यान जाने गरेको जनाएके छ ।

रेविजको विगविगी विशेष गरी एसिया र अफ्रिकामा रहेको र मानिसलाई रेविज सर्ने ९९ प्रतिशत घटनामा पाल्तु जनावर जिम्मेवार रहने गरेको पनि डब्ल्युएचओले जनाएको छ । भाइरल संक्रमणको रुपमा रहेको रेविजको कारण मानिसको मस्तिष्क र केन्दि«य स्नायु प्रणालीमा असर पर्ने गर्दछ ।

संक्रमित जनावरले टोकेको वा चिथोरेको खण्डमा मानिसमा रेविज सर्ने गर्दछ । तर अहिले सम्म मानिसबाटै मानिसमा रोविज सरेको घटना भेटिएको छैन । पछिल्लो समय सन् २०१२ दक्षिण एसियामा कुकुरले टोेकेको कारण एक वेलायती नागरिकलाई रेविज लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्