१० बर्षदेखि सुनकोसीको खैरेनीघाट पुल अलपत्र



मधुसूदन रायमाझी
दस बर्ष अघि निर्माण कार्य सुरु भएको सिन्धुली काभ्रे जोडने सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल अलपत्र परेको छ । तीन बर्षभित्र सम्पन्न गर्ने सम्झौता भएपछि निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले पुल निर्माण गर्न सकेको छैन् । हरेक बर्ष सम्पन्न हुने आशामा रामेछापवासीले दस बर्ष विताइसकेका छन् । तर ठेकेदारले भने पुल बनाउने उद्यारो आश्वासन दिदै झुक्याउदै आएको छ । दस बर्षको अवधिमा निर्माण कम्पनीले पटक–पटक पुल निर्माण गर्ने लिखित सम्झौता गरेपनि कार्यान्वयन गरेको छैन् ।

निर्माण कार्यमा ढिलासुस्ती गरेको भन्दै स्थानीयले आन्दोलन नै गर्ने अवस्था सृजना भएपछि डिभिजन सडक कार्यालय खुर्कोटले पुल निर्माण जिम्मेवारी पाएको खम्पाचे÷लामा÷कन्काई जेभीलाई कालोसूचिमा राख्ने सूचना प्रकाशित गरेको थियो । सूचना प्रकाशित भएपछि निर्माणको जिम्मेवारी पाएको कम्पनीले काम अगाडि बढाएको थियो । बर्षाको समयमा सुनकोसी नदीमा पानीको बहाप बढी हुने भएको कारणले काम गर्न नसकिने र हिउदको समयमा पनि बर्षा लाग्ने बेलामा मात्र ठेकेदारले केही काम गरेर झारो टार्दै आएको गुनासो स्थानीयले गर्दै आएका छन् ।

स्थानीय तहमा सरकार गठन भएपछि रामेछापको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिकाका जनप्रतिनिधिहरुले निर्माण कम्पनीलाई पटक–पटक भेटर समयभित्र नै पुल निर्माण गर्न दबाब दिएका छन् । तर निर्माणको मुख्य जिम्मेवारी लिएको लामा÷खम्पाचे÷ कन्काई जेभी मध्येका कन्काई निर्माण सेवाका सञ्चालक राम मैलानीले भने एक कानले सुनेर अर्को कानले उडाउदै आएका छन् ।

दस बर्षको अवधिमा सुनकोसीतर्फ तीन वटा पिलर निर्माण भएर ढलान भएको छ भने रामेछातर्फ पिलर मात्र निर्माण गर्ने काम भएको छ । करिब ८ करोड रुपैयाँमा निर्माणाधिन पुल निर्माणको क्रममा डिजाई परिवर्तन हुँदा निर्माणमा ढिलाई भएको गुनासो निर्माण कम्पनीले गरेको छ । तर दस बर्ष वितिसक्दा समेत निर्माण कम्पनीले पुल निर्माण गर्नुको सट्टा बहानाबाजी गर्दै आएको छ ।

करिब ८३ मिटर लम्बाईको पुल सुनकोसी नदीमै छोटो पुलको रुपमा रहेको छ । रामेछाप जिल्ला प्रमुख नाकाको रुपमा रहेको निमार्णाधिन पक्की पुल समयमा नै निर्माण नहुँदा सास्ती झेल्दै आएको स्थानीय राज मैनालीले बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘धेरै बर्ष पुल निर्माण हुने आशा बोक्दै आएका छौ, अब बर्षा लाग्यो भन्दै ठेकेदार कम्पनी बहानाबाजी बनाउदै आएको छ ।’ राजधानी काठमाडौंबाट करिब ९० किलो मिटर दुरीमा रहेको सिन्धुली, काभ्रे र रामेछापको संगमस्थल कुशेश्वर दुम्जास्थित खैरनीघाटमा निर्माणाधिन पुल समयमा निर्माण नहुँदा रामेछापवासीले ठूलो सास्ती खेप्दै आएका छन् । ठेकेदार कम्पनीको पुल निर्माणमा ढिलाई गरेकोप्रति स्थानीयले आक्रोशित हुँदै आएका छन् ।

खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले समयमा नै पुल निर्माण नहुँदा रामेछापवासीले ठूलो हैरानी र सास्ती खेप्दै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘ठेकेदार राम मैनालीलाई पटक–पटक भेटर ध्यानाकर्षण गराएका छौ, हुँदैन कहिले भन्नुहुन्न, हुन्छ भनेर काम पनि सुरु गर्नुभएको छैन् ।’ रामेछापका स्थानीय तहका जनप्रतिनिधिहरुसँग दशै लगत्तै पुल निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका मैनालीले अहिलेसम्म निर्माणस्थलमा काम सुरु गरेका छैनन् । पुल नहुँदा रामेछापका नागरिकहरुले बर्षाको समयमा धेरै सास्ती झेल्दै आएका छन् ।

अहिले सञ्चालन भइरहेको विपी राजमार्गसंगै निर्माणाधिन पुल सम्पन्न भएपछि रामेछापका वासिन्दाले तराई र राजधानी काठमाडौं आवतजावत गर्न सहजो हुनेछ । पुल निर्माण भएपछि रामेछापका स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य उत्पादन विक्रिवितरण गर्न हुनुकै साथै पर्यटकीय सम्भावना बोकेर बसेका सुनापती गाल्वा र दोरम्बा लगायतका स्थानको विकासमा टेवा पुग्नेछ ।
खैरेनीघाटको पक्की पुल यस बर्षभित्र नै पूरा हुने पुल निर्माणको ठेक्का पाएको कन्काई÷लामा÷खम्पाचे जेभीले अन्तर्गतका कन्काई निर्माण सेवाका सञ्चालक राम मैनालीले दावी गर्नुभयो ।

हाल इन्काई निर्माण सेवाले पुल निर्माणको काम गरिरहेको छ । पिलर निर्माणको काम सम्पन्न भएको छ,सिन्धुली तर्फ पिल्लर निर्माण र पुलको ढलानको काम भइसकेको छ, ६६ मिटर ट्रष्ट जडान गर्नको लागि पुल निर्माणस्थलमा निर्माण सामाग्री पुगिसकेको, उहाँले भन्नुभयो । स्थानीयका अनुसार निर्माण कम्पनीले पुल निर्माणको लागि आवश्यक ट्रष्ट भने ल्याएको छैन् । स्थानीय र जनप्रतिनिधिहरुको दबाबपछि केही मात्र निर्माण सामाग्री ल्याएको बताइएको छ ।

विगतमा अरु साथीहरुले काम गरेको बताउदै मैनालीले डिजाइन परिवर्तन हुुनको साथै केही काम गरेर साथीहरुले छोडिदिएपछि आफूले जिम्मेवारी लिएर अहिले काम अगाडिढ बढाएको उहाँले बताउनुभयो । ‘स्ट्रिलको सबै सामान पुल निर्माणस्थलमा पुगेको छ । अब समयमा नै पुल निर्माण हुन्छ । गफ दिएको होइन । यस बर्ष पुल निर्माण हुन्छ’मैनालीले भन्नुभयो,‘यस बर्ष पुल बनाएर गाडी गुडाएर देखाउछु । उहाँका अनुसार स्ट्रील जडान गर्न करिब तीन महिना लाग्छ । समयमा नै पुल निर्माण नहुँदा रामेछापमा उत्पादन हुने कृषिजन्य उत्पादन बजारसम्म पु¥याउन समेत कठिनाई हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्