नेपालका चर्चित कलाकारको रोमाञ्चक भाइटीका (फोटो फिचर)



काठमाडौ । वर्षभरी व्यस्त रहने कलाकारहरुले समेत यो वर्षको तिहार उत्साहपूूर्वक मनाए। शुक्रबार अधिकांश कलाकारहरुले आफ्नो फेसबुुकमा दिदीभाइको तस्बिर पोष्ट गरे र भाइटीका मनाएको खुुशी उनीहरुले खुलेर साटे। अभिनेत्री रेखा थापाले आफूले दाई मानेका तीनजना फिल्मकर्मीसँग भाइटीका लगाइन्। फिल्म निर्देशक हिमग्याप लामा, कलाकार किरण थापा र निर्माता चन्द्र गौतमलाई उनले टीका लगाइदिइन्। त्यस्तै अभिनेता भुवन केसीेले आफ्ना दुुई दिदीहरुसँग टीका लगाएर भाइटीका मनाए। यता युवा पुुस्ताका लोकप्रिय अभिनेता अनमोल केसीलाई टीका लगाइदिनका लागि अमेरिकामा बस्दै आएकी उनकी दिदी काजोल नेपाल आएकी थिइन्। उनले अनमोललाई टीका लगाइदिएपछि खुुट्टा ढोग्दै गरेको तस्बिर अहिले फेसबुकमा हिट छ।

पछिल्लो समयकी लोकप्रिय अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो सानो भाइलाई भाइटीका लगाइदिइन्। त्यस्तै अभिनेत्री प्रियंका कार्कीले स्क्रिप्ट राइटर शान बस्न्यातलाई भाइटीका लगाइदिइन्। हास्य अभिनेता सिताराम कट्टेलले भाइहरु कुमार कट्टेल ९जिग्री० र प्रकाशको साथमा बहिनीहरु शान्ता र टीयाको हातबाट टीका थापे। कन्सर्टका लागि अमेरिका पुुगेका गायक प्रमोद खरेलले यसपल्टको तिहार उतै मनाए। पहिलोपल्ट देशबाहिर उनले भाइटीकाको अनुुभव गरे। बहिनीहरु रुविना र अलिको हातबाट टीका लगाएको तस्बिर उनले फेसबुकमा पोष्टेका छन्।

‘मेरो दाइसँग संसारकै सबैभन्दा राम्रा बहिनीहरु छन्’ लेख्दै अभिनेत्री नम्रता श्रेष्ठले दाइलाई टीका लगाइदिएको तस्बिर फेसबुुकमा राखेकी छिन्। त्यस्तै अभिनेत्री वर्षा शिवाकोटीले पनि थप तीनजना दिदीबहिनीसँग मिलेर दाइलाई टीका लगाइदिएको तस्बिर आफ्ना दर्शकमाझ सेयर गरेकी छिन्। ‘परदेशी गर्ल’ का रुपमा परिचित अभिनेत्री रजनी केसीले पनि दाजुुभाइसँग भाइटीका मनाएको खुशी सामाजिक संजालमा साटेकी छिन्।

प्रतिक्रिया दिनुहोस्