गुनगुन पारिवारिक



कात्तिक ३० मा रिलिज हुने फिल्म गुनगुनको निर्माण पक्षले फिल्मको विषयवस्तु खुलाएका छन्।

निर्माता, निर्देशक तथा कलाकार पुकार भट्टराई तथा कलाकारहरू सुवास मेचे र रविन्द्रप्रताप सेनले फिल्म उत्कृष्ट बनेको दाबी गरेका छन्। कलाकारहरूले फिल्मको कथा समसामयिक रहेको जनाउँदै फिल्म पारिवारिक प्रेमकथा रहेको बताए। फिल्ममा शीर्ष भूमिकामा अभिनेत्री सञ्चिता लुईंटेल छिन्।

प्रार्थना फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा नवीन श्रेष्ठ, गणेश जिसी , देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बाल्दिप राई, विपिन प्रसार्इं र स्वयम् निर्देशक भट्टराई प्रमूख भूमिकामा छन्। फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्